Monday, December 21, 2009

जयराम वजार व्यावस्थापन समितिले जयराममा राखिएको फेरी साचालनमा ल्याउन जिल्ला विकास समिति खोटाङलाई १५ दिने समयसिमा

दमन राई/खोटाङ
पुस-७ /खोटाङ जयराम वजारका व्यावस्थापन समितिले दुधकोशीको जयराममा राखिएको फेरी पुःन साचालनमा ल्याउन र ड्रमसेट साचालन हटाउन जिल्ला विकास समितिलाई १५ दिने समयसीमा दिनुकासाथै १५ दिनसम्मकालागि दिक्तेल-जयरामघाट सडक बन्दको घोषणा गरेको छ ।
ओखलढुङगा थाक्ले-८ सोक्माटार र फूलवारी युवा क्लव थाक्ले-९ जाक्माका स्थानीयवासीसंग दुधकोशीको जयरामघाटमा ड्रमसेट साचालन गर्ने विषयमा विवाद भएपछि समितिले समयसीमा दिनुकासाथै बन्दको घोषणा गरेको वजार व्यवस्थापन समितिका सचिव सुरेन्द्र राईले जानकारी दिनु भयो ।
उनीहरुको विवादले हप्ता दिनअघिदेखि दिक्तेल-जयरामघाट सडक खण्डअनतरगत च्यास्मीटार-जयरामघाट सडक खण्डमा मालवाहक तथा यात्रुबाहक सवारीसाधन साचालन हुन सकेका छैनन् । वजार व्यवस्थापन समितिले सदरमुकाम दिक्तेलबाट जयरामतर्फ जाने सवै खाले सवारी साधनलाई बाहुनीडाडाको डङ्ठे खोलामा रोकेका स्थानीय देशकुमार राईले बताउनु भयो । हप्तादिनअघिदेखिको त्यस सडक बन्दले सदरमुकाम दित्तःेलमा दैनिक उपभोग्यवस्तु भित्रन नसकेको यातायात व्यवसायीसंघका अध्यक्ष गोपी उदासले बताउनु भयो ।
ओखलढुङगा थाक्लेका स्थानीयवासीले जयरामघाटमा ड्रम सेट साचालन गरेपछि जयराम वारी र पारीका स्थानीयवासीविच विवाद भएको हो ।

No comments:

Post a Comment