Tuesday, December 8, 2009

मदिरा निषेधित क्षेत्र घोषणा

दमन राई/खोटाङ
मंसिर-२४/खोटाङ च्यास्मीटार दाल्फुका युवाहरुले गाउमा मदिरा जन्य पदार्थ विकि्र वितरणमा रोक लगाएका छन् ।
गाउ भन्दा बाहिर गएर पनि यस्ता मदिराजन्य पदार्थहरु सेवन नगर्न आग्रह गरेका छन् । उनीहरुले यसै सातादेखि यस्तो अभियान थालेका हुन् ।
मदिरा सेवन गरी गाउघरमा झैझगडा हुन थालेपछि स्थानीय युवा समुहले यस्तो अभियान थालिएको समुहका अध्यक्ष रसकुमार राईले बताउनुभयो ।
राईका अनुसार यो अभियान सुरु भएपछि गाउमा हुने झैझगडाको संख्यामा कमी आउन थालेका छन् ।
यस्तै गाउँका वालवालिकाहरुलाई नियमित विद्यालय पठाउन घरदैलो अभियान समेत चलाएका छन् ।
गाउँका वालवालिका विद्यालय नगई त्यसै घरमा बस्न थालेको भन्दै समुहले अभियान थालेको हो ।
शिक्षुमा सबैको पहुच बढाउन अभियान थालिएको युवाहरुको भनाई छ ।

No comments:

Post a Comment