Friday, December 18, 2009

शान्ति सुरक्षा नभएसम्म संविधान बन्दैन् : गृहमन्त्री

दमन राई/खोटाङ पुस-२/गृहमन्त्री भिम रावलले शान्ति सुरक्षाको बातावरण तय नभएसम्म संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन नसकिने बताउनु भएको छ । सुरक्षा अवस्था बुझ्ने क्रममा खोटाङ आउनु भएको गृहमन्त्री रावलले साचारकर्मीहरुसंग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाले सुरक्षाको वातावरण तय गर्न सवैसंग सहयोगको आग्रह गर्नु भयॊ ।
मन्त्री रावललसरकारले शान्ति सुरक्षाको प्रभावकारिता दण्डहिनताको अन्त्य र मानवअधिकारको रक्षाका लागि विषेश सुरक्षा कार्यक्रम २०६६ लागू गरेपछि देशमा शान्ति सुरक्षामा उल्लेख्यनीय सुधार आएको दावी गर्नुभयो । उहाले कानुन अनुसार जनताले ढुक्क भएर सेवा लिने बातावरण तय गर्न सुरक्षा र प्रहरीलाई कडा निर्देशन दिनु भयो । गृहमन्त्री रावलले विषेश सुरक्षा कार्यक्रम कसैलाई दमन गर्ने उद्देश्यले नभएको जिकिर गर्नुभयो ।
गृहमन्त्री रावल विषेश सुरक्षा कार्यक्रम लागु भएका उदयपुर ओखलढुङ्गाको सुरक्षावेस क्याम्पको अनुगमन गर्दै दिक्तेल आउनु भएको हो । गृहमन्त्री रावलले आज जिल्ल्ाा प्रहरी कार्यलय सुरक्षा वेस क्याम्प दिक्तेल र चिसापानी वेसक्याम्पको अनुगमन गर्नु भएको छ ।

No comments:

Post a Comment