Saturday, December 12, 2009

खोटाङ बुइपाका दलित समुदाय एक घर एक चर्पी अभियानमा

दमन राई/खोटाङ
मंसिर-२७/खोटाङ बुइपाका दलित समुदाय एक घर एक चर्पी अभियानमा लागेका छन् । झण्डै सय दलित घर परिवार रहेको बुईपाका दुई दर्जन घर परिवारले चर्पी निर्माण गरिसकेका छन् ।
गाउको सरसफाई र सामाजिक स्वस्थ्यप्रति ध्यान दिदै आफुहरु प्रतेक घरमा भर्पी निर्माण गर्ने अभियानमा लागेको स्थानीय शिरामाया विश्वकर्माले बताउनु भयो । केही महिनाभित्रै प्रतेक घरमा चर्पी बनाईने विश्वकर्माले बताउनु भयो ।
दलित समुदायलाई चर्पी अभियानमा उत्साहित पार्न बुईपा गाविसले ४३ हजार विएनएमटी खोटाङ र जनसेवा समाज नेपाल नेर्पाले सात हजारर रुपैंया आर्थिक सहयोग गरेका छन् ।

No comments:

Post a Comment