Thursday, December 10, 2009

नेकपा माओवादी मातृका यादवद्धारा खोटाङकॊ सयौं विघा जग्गा कव्जा

दमन राई/खोटाङ
मंसिर-२५/नेकपा माओवादी मातृका यादव समुहले खोटाङको धार्मिक गुठी विवादित जग्गा र व्याक्तीको नाममा रहेको सयौं विघा जग्गा कव्जा गरेको छ । मातृका यादव समुहले हलेसी महादेव गुठीको नाममा रहेको दुर्छिमको लुभुखहरे सल्लेको महादेववेंशी राजापानीको सँप्सु र लैकु खोलामा रहेको सयौं विघा जग्गा कब्जा गरेको हो । यस्तै दुर्छिम-५ का काशीराज राईको घर र ५० पाथी वीउ जाने खेत कब्जा गरेको छ । शोषक र सामन्तीको नाममा पुःन गठीत माओवादी मातृका यादव समुहले राईको घरमा ताला समेत लगाएको पारिवारिक श्रोतले बताएको छ । एकीकृत नेकपा माओवादीले कब्जापछि फिर्ता गरेको छ महिना नवित्दै राईको घर र जग्गा फेरी मातृका यादवसमुहको कब्जामा परेको हो । उसले खार्पाको पहलमान मगरले कमाइरहेको रावा खोलामा रहेको खेत समेत कब्जा गरेको छ । सार्वजनिक जग्गालाई आफ्नो बनाएको भन्दै मगरले कमाइरहेको जग्गा कब्जा गरेको नेकपा माओवादी मातृका यादवका केन्द्रिय सदस्य तथा किरात राज्य समिति ईन्चार्ज दर्शनले जानकारी दिनु भयो । जनताको आग्रहमा त्यी जग्गा कब्जा गरेको बताउनु हुदै दर्शनले कब्जा गरेको जग्गा भुमीहिनलाई बाँडेर दिने बताउनु भयो ।

No comments:

Post a Comment