Friday, December 18, 2009

खोटाङको मात्तिम आमा समुहद्धारा विकृति विसङगती विरुद्ध गाउमा अभियान साचालन

दमन राई/खोटाङ
पुस-३/खोटाङको मात्तिम-९ स्थित नवज्याती आमा समुहले वडामा विकृति विसङगती विरुद्ध अभियान साचालन शुरु गरेका छन् । वडामा जुवा तास खेल्ने र जाड रक्सीजस्ता मादक पदार्थको प्रयोग वढेपछि आमा समुहले त्यसको विरुद्धमा अभियान साचालन शुरु गरेको हो । आमा समुहले गाउमा जुवा तास खेल्न र खेलाउन नपाईने जाडरक्सी विक्रीवितरण र सेवन गर्न नपाईने तथा प्रतेक घरमा चर्पी र सुधारिएको चुल्हो बनाउनु पर्नेलगायतका अभियान साचालन गरेको आमा समुहकी अध्यक्ष सरिता खडकाले बताउनु भयो ।
आमा समुहका ३० जना पदाधिकारहरु तीन समुहमा विभाजित गरी विकृतिविरुद्ध अभियान साचालन गरेका हुन् । समुहले आज ईलाका हुलाक कार्यलयमा जुवातास खेल्न नपाईने स्थानीय सरकारी कार्यलयका कर्मचारीलाई समयमा कार्यलयमा आउन र जानु पर्नेलगायतका अनुरोधपत्र समेत टास गरेका छन् । अध्यक्ष खड्काअनुशार आमा समुहको नियम उल्लङघन गरेको पाइएमा पहिलो पल्ट पाच सय दोश्रो पल्ट भए एक हजार र तेश्रो पल्ट भए दुई हजार जरिवाना गरिने छ । तेश्रो पल्ट पनि आमा समुहको नियम उल्लङघन गरेमा जाडरक्सी पशलको सामान जफत गरी नियमअनुशार कार्वाही गर्ने आमा समुहले जनाएको छ ।

No comments:

Post a Comment