Monday, December 21, 2009

बिहे गरेको रातदेखि बेहुला बेपत्ता

दमन राई/खोटाङ
पुस-७/ओखलढुङगा माधवपुर गाविस-९ थलहरीका दलबहादुर श्रेष्ठ बिहे गरेको रातदेखि बेपत्ता भएका छन् । गत मंसिर २६ गते मागी विवाह गरेका श्रेष्ठ त्यसै रातदेखि बेपत्ता भएको स्थानीय शिक्षक काजीमान श्रेष्ठले बताउनु भयो । बेहुला श्रेष्ठ हराएपछि बेहुली बालकुमारी श्रेष्ठ बेहुलाको बाबु र आमा चिन्ताले बेहोस भएका छन् । सबैतिर खोजी गर्दा पनि श्रेष्ठकोवारेमा पत्ता लाग्न नसकेको परिवारिक श्रोतले बताएको छ । श्रेष्ठ परिवार धामी झांक्री र ज्योतिषलाई हेराउंदै बसिरहेको शिक्षक श्रेष्ठले बताउनु भयो ।

No comments:

Post a Comment