Sunday, December 20, 2009

खम्बुवान राष्ट्रिय मोर्चाद्धारा एकीकृत माओवादीको किरात गणराज्य घोषणा फिर्ता लिन आग्रह

दमन राई/खोटाङ
पुस-५/खम्बुवान राष्ट्रिय मोर्चा खोटाङले एकीकृत नेकपा माओवादीको किरात गणराज्य घोषणालाई फिर्ता लिन आग्रह गरेको छ । मोर्चाले आज एक विज्ञाप्तीमार्फत माओवादीलाई हचुवाकोभरमा किरात गणराज्य घोषणा गरेको भन्दै गणराज्य घोषणा फिर्ता लिन आग्रह गरेको हो । मोर्चाले खम्वुवान स्वायत्त राज्यको प्रस्तावित भुगोलभित्र माओवादीले किरात गणराज्य घोषणा गरेको भन्दै आपत्ती जनाएको छ ।
मोर्चाका जिल्ला अध्यक्ष विश्वास सामपाङले हस्ताक्षर गर्नु भएको बिज्ञाप्तीमा पुर्वको १३ जिल्ला समेटेर घोषणा भइसकेको खमुवान राज्यलाई कसैले दावी गर्न नसक्ने जनाइएको छ ।

No comments:

Post a Comment