Wednesday, December 30, 2009

प्रथम खोटाङ युवा महोत्सव २०६६ शुरु

दमन राई/खोटाङ
पुस-१५/'प्रतिभाले फूल्न फल्न अव पाउनुपर्छ युवा जागे उठे मात्र नया नेपाल बन्छ' भन्ने मूला नाराका साथ आजदेखि प्रथम खोटाङ युवा महोत्सव २०६६ शुरु भएको छ । युवाहरुमा भएका प्रतिभालाई हिचान गरी अवशरबाट बिाचत युवाहरुलाई अवशर प्रदान गर्नु खेलकुद गीतसंगीत र साहित्यका माध्यायमबाट आपसी सदभावको विकास गर्ने उद्धेश्य रहेको महोत्सव १७ दिन अर्थात माघ ३ गतेसम्म साचालन हुने छ । महोत्सवअवधिभर महिला-भलिवल फुटवल तथा भलिवल सितोरिय कराते तेक्वान्दो म्याराथुन नृत्य गायन साहित्यलगायतका २७ विद्यामा प्रतियोगीता हुने छन् । प्रतियोगीतामा जिल्लाका हजारौं युवाहरुको सहभागीता रहेको युवा महोत्सव आयोजक समितिका सचिव सुमन श्रेष्ठले बताउनु भयो । यसैवीच नयाँ नेपाल ऐतिहासिक ठाउँ घुमी फिरी रुम्जाटार हेर्न जाउँ भन्ने नाराकासाथ गत १० गते शुरु भएको ओदलढुङगा रुम्जाटार महोत्सव आज सम्पन्न भएको छ ।

1 comment: