Saturday, December 26, 2009

रुम्जटार पर्यटकीय सास्कृतिक महोत्सवको तयारी पूरा

दमन राई/खोटाङ
पुस-९ नयाँ नेपाल ऐतिहासिक ठाउँ घुमी फिरी रुम्जाटार हेर्न जाउँ भन्ने नाराकासाथ भोलीदेखि शुरु हुने ओखालढुङगा रुम्जटार पर्यटकीय सास्कृतिक महोत्सवको तयारी पूरा भएको छ ।
भोली प्रधानमन्त्री माधबकुमार नेपालले महोत्सवको उदघाटन गर्नु हुने छ । स्थानीय हस्तकलाका सामान राडी पाखी ढाका खाँडी जातीय भेषभुषा स्थानीय परिकारलगायतका सामाग्रीहरु महोत्सवका मूख्य आकर्षण रहने छ ।
सय वटा स्टल रहने महोत्सवमा ५१ लाख रुपैंयाको कारोवार हुने ओखालढुङगा रुम्जटार पर्यटकीय सास्कृतिक महोत्सव आयोजक समितिका सचिव प्रताप श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानीय जातजातीको पहिचान झल्कने भेष भुषा तथा झाकी प्रदर्शन गरिने महोत्सवमा ओखलढुङगावाहेक सोलुखुम्वु खोटाङ दोलखा सिन्धुली उदयपुरका ३५ हजार दर्शकले अवलोकन गर्ने आयोजक समिति सचिव श्रेष्ठले बताउनु भयो । महोत्सवमा विभिन्न खेल तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने छन् ।

No comments:

Post a Comment