Monday, December 21, 2009

खोटाङ च्यास्मीटारमा धारामा नुहाउने र लुगा धुनेलाई जरिवाना

दमन राई/खोटाङ
पुस-७/खानेपानीको अभावभएपछि खोटाङ च्यास्मीटारको स्थानीय धारामा नुहाउन र लुगा धुन बन्द गरिएको छ । पिउने पानीको आपुर्ती गर्नकालागि टोल स्वास्थ्य सुधार समिति र खानेपानी उपभोक्ता समिति च्यास्मीटारले चिलाउनेबोटे र धारापानीमा रहेको धारामा नुहाउन र लुगा धुन बन्द गरेको हो ।
दुवै समितिको नियामविपरित धारामा नुहाउनेलाई पाच सय र लुगा धुनेलाई एक हजार रुपैया जरिवाना गर्ने टोल स्वास्थ्य सुधार समिति च्यास्मीटारका सदस्य अमृता राईले बताउनु भयो । समितिले धाराबाट पिउने पानी लैजानवाहेक नुहाउन र लुगा धुन बन्द गरेको छ । पिउने पानीको व्यवस्था गर्न र त्यसकॊ अभावमा फैलिने झाडापखाला आउ हैजाजस्ता सरुवा रोग नियान्त्रणगर्नकालागि समितिले यस्तो नियाम लागु गर्नु परेको समिति सदस्य राईले बताउनु भयो । हाल च्यास्मीटार-१ ५ र ८ का डेढ सय घरपरिवारलाई घण्टौं हिडेर सिमपानी र कैंजलेमा नहाउन र लुगा धुन गइरहेका छन् ।

No comments:

Post a Comment