Tuesday, December 15, 2009

चोरीमा संलग्न दुई जना पक्राउ

दमन राई/खोटाङ
मंसिर-३०/चोरीमा संलग्न भएको आरोपमा ओखलढुङगाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको हलेसी-७ गैरीगोठका कुल बहादुर राईको घरबाट ११ तोला सुन चोरी गरेर भाग्दै गरेका ओखलढुङगा प्राप्चा-२ का ३१ वर्षीय नुरे बहादुर मगर र पात्ले-९ का २० वर्षीय टिकाराम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङ र मगरलाई ओखलढुङगा र खोटाङको सिमानामा पर्ने मुलघाटबाट आज प्रहरीले पक्राउ गरेको प्रहरीचौकी हलेसीका प्रहरी सहायक निरिक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो । उनीहरुले चोरी गरेकॊ स्वीकार गरॆको प्रहरीको भनाइ छ । चोरीमा संलग्न अन्य तीन जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
पाच जनाको संख्यमा आएका उनीहरुले हिजो राती राईको घरबाट ११ तोला सुन चोरी गरेका प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment