Tuesday, January 26, 2010

अभियुक्तलाई निर्दोष सावित गरेपछि न्यायधिसमाथि नै कार्बाहीको माग

दमन राई/खोटाङ
माघ-११/सात बर्षपछि अभियुक्तलाई जिल्ला अदालत खोटाङले निर्दाेष सावित गरेपछि मृतकका छोराहरुले न्यायधिसमाथि नै कार्बाहीको माग गरेको छ । जिल्लास्थित बतासे वडानम्बर ८ का लिलानाथ दंगालको हत्याका अभियुक्त यज्ञकुमार राई र मुरारी भुजेललाई अदालतले निर्दाेष सावित गर्दै सफाई दिएपछि जिल्ला न्यायधिस दयानाथ खरेललाई आर्थिक प्रलोभनमा मुद्दा फैसला गरेको भन्दै कार्बाहीको माग गरेका छन् ।
मृतक दंगालका कान्छा छोरा इन्द्रप्रसाद दंगालले अभियुक्तले हत्या गरेको प्रसस्त प्रमाण हुदाँहुदै पनि निर्दोष सावित गरेर अदालतले न्यायिक क्षेत्रको खिल्ली उडाएको आरोप लगाउदै न्यायपरिषदमा कार्बाहीका लागि निवेदन दिएका छन् । हुलाकमार्फत न्यायपरिषदमा निवेदन दिएको आज पिडित दंगालले दिक्तेलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
२०५९ माघ २७ गते ५६ बर्षीय लिलानाथ दंगाललाई सोही गाविस वडानम्बर नौका राई र भुजेलले घाँस काट्न गएको बेला हत्या गरेको प्रमाणहरु खुलेपनि न्यायधिसले घुस खाएर निर्दाेष सावित गरेको पत्रकार सम्मेलनमा उनका छोराहरुले दावी गरका छन् । उनीहरुले न्यायधिस खरेलले ४० लाख रुपैयाँसम्म घुस लिएको हुन सक्ने ठोकुवा गरेका छन् । एमाले जिल्ला संगठन विभाग प्रमुख समेत रहेका जेठो छोरा रामप्रसाद दंगाल शिक्षक पेशामा आवद्ध माइला छोरा कासिनाथ दंगाल र एकीकृत माओवादीका जिल्ला सचिवालय सदस्य तथा दश नम्बर इलाका इन्चार्ज इन्द्र दंगाल आफ्नो बाबुको हत्यारालाई बचाएर न्यायिक क्षेत्रले नै आफुहरुलाई अन्याय गरेको पत्रकार सम्मेलनमा गुनासो गर्नु भएको छ ।
उहाहरुले पत्रकार सम्मेलनमा बाबुको हत्याको अभियोगमा अढाई बर्षअघि पक्राउ परेका राई र भुजेलले नै गरेको टेपरेकर्ड र अदालतमा पटक-पटक विभिन्न पक्षबाट दिइएको बयानसहितको प्रमाणहरु पत्रकार सामु प्रस्तुत गरेका छन् । दंगालको हत्या नै भएको डाक्टर रिपोट भएपनि प्रमाण नपुगेको भन्दै अदालतले विराटनगर कारागारमा रहेका अभियुक्त राई र तारिखमा रहेका भुजेलाई निर्दाेष सावित गर्दै हिजो आइतवार सफाई दिएपछि पिडितहरुले कार्बाहीका माग गरेका हुन्् ।
यता पिडितद्वारा घुस लिएको आरोप लागेका जिल्ला न्यायधिस खरेलले भने अभियुक्तलाई दोषी ठहर् याउने पर्याप्त र कानूनी प्रमाण जुट्न नसकेकाले सफाइ दिएको बताउनु भयो ।
दंगालको हत्याभएपछि ५ बर्षसम्म लगातार आफन्तहरुले १८ पटक प्रहरीमा अनुसन्धानका लागि निवेदन दिएपनि द्वन्द्वको समय भन्दै प्रहरी अनुसन्धानमा नगएको प्रमाण अदालतमा छ ।
न्यायाधिस खरेलले भन्नु भयो-घटनामा प्रभावकारी अनुसन्धान र वयान लिएको प्रमाण देखिदैन् । अभियुक्त राइले अर्का अभियुक्त भुजेलसंग गरेको टेपरेकर्डमा समेत राईले दंगाल मार्ने कुरा गरेको उल्लेख छैन्-न्यायधिसले भन्नु भयो ।
तर अभियुक्त राईले निर्दाेष सावितका लागि पुनरावेदन अदालतमा निवेदन दिएपछि पुनरावेदनले टेपरेडर्क संकास्पद भएको भन्दै राईलाई थुनामा नै राख्न र भुजेललाई तारिखमा छोड्न भनेको थियो ।
माओवादीद्वारा विस्थापित जेठा छोरा दंगालले ६४ सालमा टेप रेकर्डसहित निवेदन दिएपछि अभियुक्त राई र भुजेल ६४ साल साउनमा पक्राउ परेका थिए ।
त्यसबेला प्रहरी प्रशासनको उदासिनताकारण गाविस सचिवले नै मुचुल्का गरेको उहाले बताउनु भयो । न्यायधिस खरेल पनि डाक्टर रिर्पाेटबाट र अन्य प्रमाणहरुबाट दंगालको हत्या नै भएको स्वीकार गर्नु हुन्छ । उहाले भन्नु भयो -प्रहरीको फितलो अनुसन्धानले दोषी पत्ता लगाउन नसकिएको हो । मृतक दंगालका छोराहरुले विभिन्न पत्रपत्रिकामा ६ बर्षअघि प्रकाशित सामाग्रीहरु मानवअधिकार विभिन्न पक्षबाट हत्याबारेमा उल्लेख गरेका सामाग्री र टेपरेकर्डलाइ अदालतले लिपीवद्ध गरेको प्रमाणहरुसहित निवेदन दिएका छन् ।

Sunday, January 24, 2010

चार दललाई कुर्सी उपाहार

दमन राई/खोटाङ
माघ-१०, सत्ता प्राप्तीको हाना थाप र कुर्सीको लुछाचुडीमा लागेको भन्दै एमाले निकट अनेरास्ववियु खोटाङले प्रमुख चार दललाई कुर्सी उपाहार पठाएका छन् । अनेरास्ववियुले एकीकृत नेकपा माओवादी कांग्रेस एमाले र मधेसी जनअधिकार फोरमलाई चन्दा संकलन गरेको पैसाले किनेको चार थान कुर्सी उपाहार पठाएको हो । तोकिएको मितिमा संविधान नबन्दा आईपर्ने सम्भावित संकटलाई मुलकले थेग्न नसक्ने भन्दै अनेरास्ववियुले देशका प्रमुख चार दलहरुको ध्यानाकृष्ट गराउदै ज्ञापनपत्रका साथमा कुर्सी उपाहार पठाएको हो ।

Wednesday, January 20, 2010

खोटाङ हलेसीका महिलाहरुद्धारा तीन सरकारी कार्यलयमा ताला

दमन राई/खोटाङ
माघ- /निर्देशिकाअनुकार महिलालाई बजेट विनियोजन नभएको विरोधमा खोटाङ हलेसीका महिलाहरुले गाविसका स्थानीय तीन सरकारी कार्यलयमा ताला लगाएका छन्

निर्देशिका अनुशार बजेट नपाएको भन्दै हलेसीका महिलाहरुले ईलाका खाद्य संस्थान कृषि तथा गाविसको कार्यलयमा ताला लगाएका हुन् महिलाहरुले ताला लगाएपछि तीन ईलाका कार्यलयका दैनिक काम काज ठप्प भएको कार्यलयको कामकाज ठप्प्भएपछि गाविस तथा छिमेकी गाविसका सर्वसाधारण मारमा परेका छन् उनीहरुले गाउ परिषदको निर्णयसच्याउन माग गर्दै तीन ईलाका कार्यलयमा ताला लगाएको महिला अधिकार माचका उपाध्यक्ष गमिता राईले बताउनु भयो महिलाहरुले निर्देशिकाले तोकेको भन्दा कम रकम विनियोजन गरेको भन्दै गत पुस- २५ गतेको गाउपरिषदको निर्णय सच्याउन माग गर्दै आएका छन्

महिलालाई निर्देशिका अनुशार बजेट नछुट्टयाइएको भन्दै महिलाहरुले पुस-२८ गते बिज्ञाप्तीमार्फत परिषदको निर्णय सच्याउन माग गरेका थियो महिलाहरुले माघ गतेभित्रमा परिषदको निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने गाविसको काम काज समेत ठप्प पार्ने चेतावनी दिएका थिए तर समयसिमा नाघिसक्दा पनि निर्णय नसच्याएको भन्दै महिलाहरुले ईलाका कार्यलयमा ताला लगायका हुन् महिलाहरुले गत २५ गतेको गाउपरिषदले निर्देशिकाअनुशार आफ्नोलागि बजेट विनियोजन नभएको भन्दै गाउपरिषद बहिस्कार गरेका थिए महिलाहरु परिषद बहिस्कार गर्दै बाहिरिएपछि पनि परिषदसाचालन भएको थियो

Sunday, January 17, 2010

'जनताको एकताले मात्र संविधान निर्माण र शान्ति प्रक्रिया सफल हुन्छ' - प्रचण्ड

दमन राई/खोटाङ
माघ-३/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली जनताको एकताले मात्र संविधान निर्माण र शान्तीप्रकि्रया सफल हुने बताउनु भयो । १८ दिने प्रथम खोटाङ युवा महोत्सवको समापन कार्यक्रमलाई आज सदरमुकाम दिक्तेलस्थित माटिकोरेमा सम्बोधन गर्नु हुदै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकेा हो ।
उहाले संविधान निर्माण र शान्तीप्रकि्रयकाविरुद्ध भइरहेका गतिबिधिबिरुद्ध नेपाली जनताले एकता प्रदर्शन गर्न नसके देशमा ठूलो षडयन्त्र हुने खतरा भएको बताउनु भयो । अहिले देशी विदेशी शक्तीहरुले जनआन्दोलनको उपलव्धीहरुलाई असफल बनाउनमा लागेको बताउनुहुदै अध्यक्ष प्रचण्डले यसलाई तोड्नाकालागी सवैलाई आग्रह गर्नु भयो ।
एक अर्को प्रशंगमा उहाले शान्तीप्रकि्रयले माओवादीलाइ फाईदा पुग्ने देखेर कांग्रेस एमालेको नेतृत्वमा संविधानसभा बिघटनमा लागेको आरोप लगाउनु हुदै अध्यक्ष प्रचण्डले जनताले जसलाई हरायो उसैको सरकार बन्ने बिडम्बनाले देशमा प्रजातन्त्र र लोकतन्त्रको मजाक भएको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा माओवादी पोलिट व्युरो सदस्य गोपाल किराती राष्ट्रिय व्यपार महासंघका अध्यक्ष शिब कट्टेल जनमुक्ती सेनाका डिभिजन कमाण्डर पर्वानालगायतको उपस्थिति रहेको थियो ।
प्रतिभाले फुल्न फलन अव पाउनु पर्छ युवा जागे उठेमात्र नयाँ नेपाल बन्छ भन्ने मूलनाराकासाथ पुस-१५ गते शुरु भएको महोत्सवमा महिला तथा पुरुष भलिबल कराते तेक्वान्दो धनुकाण दौड गायन नृत्यलगायत २७ विधामा प्रतियोगीता भएको थियो । महोत्सवमा जिल्लाबाहेक उदयपुर ओखलढुङगालगायतका हजारौं खेलाडीहरुको सहभागीता रहेको खोटाङ युवा महोत्सवका संयोजक नूरकाजी शैंजुले बताउनु भयो ।

खोटाङमा टेलिफोन सेवाका नाममा ठगिन्छन् सर्वसाधारणहरु

दमन राई/खोटाङ
माघ-१ खोटाङका अधिकांश ग्रामिण भेगका सर्वसाधारणहरु टेलिफोन सेवाका नाममा ठगिने गरेका छन् । टेलिफोन मालिकले टेलिकमले निर्धारण गरेको महसुल भन्दा दोव्वर तेव्वर शुल्क लिएपछि सर्वसाधारण ठगिएका हुन् । ग्रामिणभेगमा टेलिफोन गर्दा शुल्क मनपरी लिने गरेको सर्वसाधारणहरुको गुनासो छ । टेलिकमले अाचल भरीका लागि लोकल बनाएको लामो समय वितिसक्दा पनि अझ टेलिकमले निर्धारण गरेभन्दा दोब्वर रकम लिने गरेको गाउँका सर्वसाधारण्को गुनासो छ । यस्तो समस्या जिल्ल्ााका गाउँ गाउँमा बढि छ । ग्रामिण भेगमा लोकलफोन गर्दा एक मिनेटको प्रतिमिनेट सातदेखि दश रुपैयासम्म तिर्नु परेको सर्वसाधारणको भनाई छ ।
जिल्लाको याम्खामा प्रति मिनेट सात देखि १० रुपैया समेत लिने गरेको पाइएको छ भने डाडाँगाउँमा लोकल फोनको प्रतिमिनेट आठ रुपैका दरले रकम लिने गरेको स्थानीय कृष्ण कार्कीले बताउनु भयो । यस्तै जिल्लाका सुन्तले फाक्टाङ पौवासेरा मौवाबोट देविस्थान छोरम्वु बतासे सुङ्देल दिप्सुङ बाकाचोल खाल्लेखार्मी पाथेकासप्तेश्वर छितापोखरी लगाएतका गाविसमा मनोमानी टेलिफोन शुल्क लिने गरिएको छ । खोटाङको ग्रामिण भेगमा त परै जाओस सदरमुकाम दिक्तेलमा समेत लोकल टेलिफोन गर्दा प्रतिमिनेट सात रुपैया लिने गरेको पाइएको छ । यसवारेमा कुरा उठाउदा फोन मालिकले उल्टै मन परे टेलिफोन गर्नूस मन नपरे नगर्नूस तपाईहरु जस्ता सयौ ग्राहकहरु आउछन् भन्दै धम्क्याउने गरेको सर्वसाधारणको गुनासो छ ।

दुव्र्यवहारप्रति नेपाल महिला संघ खोटाङको ध्यानाकर्षण

पुस-३०/खोटाङ/लिकुवापोखरीका नीरा राईलाई मात्तिम-२ का यादव राईले दुव्र्यवहार गरेका घटनाप्रति नेपाल महिला संघ खोटाङले ध्यानाकर्षण भएको जनाएको छ । सप्तकन्य प्रावि लिकुवापोखरीका प्रधानाध्यापक समेत रहनु भएका राईलाई यादव राईले गत २६ गते मनपरी गाली गलौज गर्दै मार्ने धम्की दिएकोप्रति नेपाल महिला संघले गम्भी ध्यानाकर्षण भएको जनाएको हो ।
संघले आज विज्ञाप्तीमार्फत यस्तो जनाएको हो । नेपाल महिला संघ खोटाङकी सभापती सरस्वति बजिमयले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा मानिसको स्वन्तत्र पुर्वक बाच्न पाउने अधिकारलाई कण्ठीत पार्ने अराजक व्यवहारको भत्स्रना गर्दै दोषीलाई कार्वाही र पिडितलाई न्याय दिलाउन सम्न्धीत निकायसंग माग गरेको छ । पिडित नीरा राई स्थानीय सावित्री अशल शासन क्लवमा आवद्ध हुनु हुन्छ ।
यसअघि घटनाप्रति महिला मानव अधिकार रक्षक साजाल खोटाङ गैरसरकारी संस्था महासंंघ महिला बिभाग अशल शासन जिल्ल्ाा समन्वय समित खोटाङले ध्यनाकर्षण भएको जनाइसकेको छ । गत २८ गते छुट्टाछुट्टै बिज्ञाप्ती प्रकाशित गरी यी संग संगठनले यादव राईलाई कडा कार्बाहीको माग गरेको छ । यी संघसंगठनले दोषीलाई कार्वाही नभए शशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । पिडित महिलाले आफु पिडामा परेको उजुरी प्रहरीचौकी छितापोखरीमा दिए पनि दोषीलाई अहिलेसम्म कार्वाही नभएको गुनासो गर्नु भएको छ । दोषीको खोजी भइरको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

विभिन्न गाविसको गाउ परिषद सम्पन्न

पुस-३०/खोटाङ खार्ताम्छाको गाउ परिषद सकिएको छ । पषिदले विद्युतलाई १२ लाख शिक्षालाई तीन लाख ९२ हजार सडकलाई एक लाख बजेट छुट्याएको छ । यस्तै खानेपानीलाई ९६ हजार सिचाईकालागि ४० हजार गाणतान्त्रीक भ्यु टावर निर्माणकालागि ३ हजार बजेट विनियोजन भएको छ । परिषदले रुपाकोट र हलेसी एफएमलाई समेत बजेट छुट्याएको छ ।
परिषदले खोटाङ युवा महोत्सवमा तेश्रो स्थान प्राप्त गर्ने खार्ताम्छाका महिला भलिबल खेलाडीहरुलाई कदर पत्रसहित सम्मान गर्ने एसएलसि पक्षिामा प्रथम स्थान प्राप्त गर्ने गाविसका छात्रछात्रहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यस्तै दुःखकासाथ छोराहरुलाई डिग्री तह अध्यायन गराउनु हुने खार्ताम्छा-६ का देहेरीलाल बिष्ट र लिला बिष्टलाई सम्मान गर्ने निर्णय भएको गाविस सचिव लेखप्रसाद आचार्यले जानकारी दिनु भयो ।
यसैवीच बुईपाको गाउपरिषद सकिएको छ । परिषदले ग्रामिण सडकलाई १५ लाख शिक्षालाई तीन लाख खोपानीलाई एक लाख लगायतका बजेट विनियोजन गरेको छ ।
यस्तै विद्युतलाई एक लाख संघसस्थालाई दुई लाख ३६ हजार दलित महिलालाई ५० हजार लगायतका बजेट विनियोजन गरेको गाविस सचिव धनबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उता विजयखर्कको गाउ परिषद पनि सकिएको छ । गाविस सचिव केदारनाथ खनालको अध्यक्षतामा योजना अनुगमन समिति निर्माण गर्दै परिषद सकिएको हो । २८ गते नै योजना बाफफाड गरीसकेको पषिदले आज प्रेम खनालको अध्यक्षतामा १५ सदस्यीय ग्रामिण सडक निर्माण उपभोक्ता समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा जैसरी राई सचिव टंक पोखरेल र कोषाध्यक्षमा प्रेम राई रहनु भएको सहकर्मी गोविन्द कटुवालले जनाएका छन् । परिष दगत २६ गतेदेखि शुरु भएको थियो ।

Thursday, January 14, 2010

माउ कुखुराले आधाकेजी ठूलो अण्डा पार् यो

पुस-२९/खोटाङ बुईपा-२ का धनकुमारी राईको माउ कुखुराले आधाकेजी ठूलो अण्डा पारेको छ । अहिले राईको घरमा अचम्मको अण्डा हेर्न आउनेहरुको भीड लागेको छ । पोथी कुखुराले आधा केजीभन्दा ठूलो अण्डा पारेपछि गाउलेहरु चकित भएका छन् । स्थानीय बुढापाकाहरुले घरमा लक्ष्मी भित्रिएको बताएका छन् । यसअघि राईको पोथी कुखुराले ऋषीको आकृति भएको अण्डा पारेको स्थानीय सुनिल राईलाई उधृद गर्दै सहकर्मी उमेत राईले जनाएका छन् ।

हलेसीका महिलाहरुद्धार गाउ परिषदको निर्णय सच्याउन माग

पुस-२९/निर्देशिकाअनुकार बजेट विनियोजन नभएको भन्दै खोटाङ हलेसीका महिलाहरुले गाउ परिषदको निर्णय सच्याउन माग गरेको छ । महिलाहरुले हिजो बिज्ञाप्तीमार्फत महिलाकालागि छुट्टिनु पर्ने वजेट नछुट्टाएको भन्दै परिषदको निर्णय सच्याउन माग गरेको हो । महिला अधिकार माचका उपाध्यक्ष गमिता राईले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा महिलाहरुले आगामी माघ ३ गतेभित्रमा परिषदको निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने र गाविसको काम काज समेत ठप्प पार्ने चेतावनी दिएका छन् । महिलाहरुले गत २५ गतेको गाउपरिषदले निर्देशिकाअनुशार आफ्नोलागि बजेट विनियोजन नभएको भन्दै गाउपरिषद बहिस्कार गरेका हाम्रा सहयोगी सन्देश नाछिरिङले जनाएका छन् । उनीहरु परिषद बहिस्कार गर्दै बाहिरिएपछि पनि परिषदसाचालन भएको थियो ।

अनेरास्ववियु खोटाङको बैठक सम्पन्न

पुस-२९/शहिद मुक्सन किरात स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्दै एमाले निकट अनेरास्ववियु खोटाङको दोश्रो बैठक सकिएको छ । बैठकले माघ महिनाभित्र विद्यालयमा हुने गरेका बिकृति बिसङगतीको अनुगमनकालागि जिल्लाका दश विद्यालयको निरिक्षण गर्ने आउदो शैक्षिक सत्रदेखि नमूना विद्यालय सचालन गर्ने निर्णय गरेको छ । नमूना विद्यँलय साचालनकालागि बैठकले अनेरास्वविुका जिल्ला अध्यक्ष दीपक ठटालको अध्यक्षतामा ७ सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलका सचिवमा अनेरास्ववियुका सदस्य मिलन राई रहनु भएको छ । यस्तै माघ २० गते संविधान निर्माणकालागि दवाव आन्दोलन गर्ने फागुन २२ देखि खुल्ल्ाा अखिल कप भलिबल एकल गायन म्युजिकल प्रतियोगीता गर्ने निर्णय गरेको छ । बैठकले पाच सदस्यीय सल्लाहकार समिति तथा दश १५ सदस्यीय सचिवालय निर्माण भएको अनेरास्ववियुले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको बन्दले पूर्वााचलको जनजीवन प्रभावित

पुस-२९/संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आज आह्वान गरेको बन्दले पूर्वााचलको जनजीवन प्रभावित बनेको छ । जनमोर्चाले संघीयताको बिरोधमा गरेको बन्दले पुवी जिल्ला सुनसरी मोरङ झापा धनकुटा तेर् हथुम भोजपुर उदयपुरलगायतका जनजीवन प्रभावित भएको हो । बन्दले आज बिहानैदेखि पुर्वी जिल्लाका बजार पसल यातायात कलकारखाना ठप्प भएका छन् । आज उदयपुरको सदरमुकाम गाईघाटमा बन्द आह्वानकर्ता र बन्द विरोधीबीच सामान्य झडप भएको छ । दुई पक्षबीच झडप हुन नदिन प्रहरी परिचालन गरिएको सहकर्मी उजुर राईले जनाएका छन् । यसैबीच बन्द आह्वान गर्दै हिँडेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले बिहान विराटनगरबाट पक्रेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

उद्योग बाणिज्य संघ खोटाङद्धारा अर्थ बाणिज्य पत्रकारिता पुरस्कारको घोषणा

पुस-२९/उद्योग बाणिज्य खोटाङले अर्थ बाणिज्य पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बाणिज्य संघको कार्यलयमा पत्रकार भेटघाट गरी संघले पाच हजार राशीको पुरस्कार घोषणा गरेको हो । गएको बैसाखदेखि आगामी फागुन मसान्तसम्ममा जिल्लाका पत्रकारहरुले प्रकाशन/प्रशारण गरेका अर्थ र बाणिज्यसम्बन्धी समाचारका आधारमा पुरस्कार प्रदान गरिने छ । जिल्लाको पत्रकारिता पेशालाई व्यवस्थीत र व्यवसायीक बनाउनकालागि पत्रकारिता पुरस्कार घोषाणा गरेको उद्योग बाणिज्य संघका अध्यक्षँ खुसनारायण शैजुले जानकारी दिनु भयो । हरेक बर्ष दिने पत्रकारिता पुरस्कार सुचना तथा प्रकाशन समितिले छनौट गरी पुरस्कार प्रदान गर्ने छ । कार्यक्रममा उद्योग बाणिज्यसंघ तथा जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको सहकर्मी रकेट राईले जनाएका छन् ।

अर्खौलेमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पुस-२९, जिल्ला बिकास समिति खोटाङले अर्खौलेमा ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सकेको छ । जिल्ला बिकास समितिले ईलाका नम्बर ५ र ८ को संयुक्त योजना तर्जुमा गोष्ठीकासाथै सार्वजनिक सुनुवाई कायक्रम सकेको हॊ । गोष्ठीले सडकलाई प्रमुख योजनाकारुपमा छनौट गरेको छ । यस्तै सिचाई खानेपानीलगायतका योजनालाई पनि प्रमुख योजनाकारुपमा छनौट गरेको छ ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा ईलाका पशु सेवा केन्द्रबाट औषधि नपाएको कृषि सेवा केन्द्रबाट समयमा मल बीउ नपाएको खोटाङको पश्चिमी क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी राहतको माग गर्नु पर्ने गुनासो उठेका थिए । कार्यक्रममा उपस्थित हुन भएका नेकपा माओवादीका धर्मराज राई कांग्रेसका कुलदीप राई एमालेका उदयबहादुर कार्की र नेकपा एकीकृतका कुमार राईगायतले उठेका जनगुनासोलाई सम्बन्धीत निकायमा पुर् याउने प्रतिबद्धता गर्नु भएको छ । कार्यक्रममा कृषि सेवा केन्द्र हलेसीका प्रमुखबाहेक अन्य ईलाका कार्यलयका प्रतिनिधिहरुको उपस्थिति नरहेको हाम्रा सहकर्मी गोविन्द कटुवालले जनाएका छन् । कार्यक्रको सहजीकरण जिल्ला बिकास समितका कार्यक्रम अधिकृत रबिकिरण आचार्य र नायव सुव्वा नाराण खवासले गर्नु भएको थियो ।

तावाखोला लधु जलविद्युत आयोजना दोस्रोको डिटेल सर्वेक्षण

पुस-२९, खोटाङ तावाखोला लधु जलविद्युत उपभोक्ता संस्था दोस्रो मात्तिमको डिटेल सर्वेक्षण सर्वे सकिएको छ । एक सय ५० उपभोक्ता रहेको संस्थाको बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ईसापको २३ लाख २५ हजार र उपभोक्ताको २७ लाखको लागतमा बिद्युत पुरा हुने उपभोक्ता समितिले जनाएको छ । १८ किलोवाट क्षमता उत्पादन हुने विद्युतको २७ गतेदेखि सर्वे शुरु भएको सचिव अमृत खड्काले जानकारी दिनु भयो । नर्थ ईन्जीनियरिङ काठामाडौंका ईन्जीनयर कृष्ण शर्माले संस्थाको सर्वे गर्नु भएको सहकर्मी पर्शु धिमालले जनाएका छन् ।

ओखलढुङगामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

पुस-२९. ओखलढुङगा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराती सदरमुकामबाट हर्कपुरतर्फ जादै गरेको ट्रकको ठक्करबाट ठुलाछाप-६ केउरेनीका ४० वर्षीय कुमार परियारको ओखलढुङगा सदरमुकामस्थित गोरुमारे भाज्याङमा ज्यान गएको हो । मृतक परियारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाटोमा हिडिरहेका परियारलाई खुट्टामा ठक्कर दिएपछि ट्रक व्याक गरी किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रक चालक भने फरार रहेको छ । स्थानीयवासीले दोषीलाई कार्वाहीको माग गर्दै सडक बन्द गराएका छन् । सडक बन्द भएपछि ओखलढुङगामा यातायात सेवा ठप्प भएको छ । उनीहरुले सडकमा ढुङगा मुढा र ट्रक राखेर बाटोमा अवरोध गरिरहेका सहकर्मी राजनकुमार राईले जनाएका छन् ।

Monday, January 11, 2010

राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरेकोमा किरात जनवादी वर्कसको ध्यनाकर्षण

दमन राई/खोटाङ
पुस-,२७ राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरेकोमा किरात जनवादी वर्कसको गम्भीर ध्यनाकर्षण भएको जनाएको छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चाको संघीयताबिरुद्धको गतिबिधिप्रति वर्कसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वर्कसका केन्द्रीय सदस्य तथा प्रबक्ता आदिमले आज दिउसो टेलिफोन सम्पर्क गरी राष्ट्रिय जनमोर्चाको संघीयताको बिरोधले देश र देशवासी कसैको हित नगर्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले आफ्नो संघीयताको विरोधलाई नसच्याए किरात गणराज्यभित्रबाट विस्थापित गराउने वर्कसका केन्द्रीय सदस्य तथा प्रबक्ता आदिमले चेतावनी दिनु भयो ।

मल ल्याउने प्रतिबद्धता गरेको हप्ता दिन बितिसक्दा पनि खोटाङमा मल आएन

दमन राई/खोटाङ
पुस-२६, मल ल्याउने प्रतिबद्धता गरेको हप्ता दिन बितिसक्दा पनि खोटाङमा मल आएका छैनन् । जिल्लामा १५ दिनभित्र मल ल्याउने प्रतिवद्धता गरेको हप्ता दिन वितिसक्दा पनि मल नहाएका हुन् । जिल्लाका राजनितिक दल प्रशासन जिल्ला विकास समिति शिक्षा कृषि स्वास्थ्य तथा मालपोतगरी छ वटा कार्यलयले १५ दिनभित्र मल ल्याउने प्रतिबद्धता गरेको मिति नाघिसकेपनि जिल्लामा मल आइपुगेका छैनन् । गएको मंसिर ४ गते दिक्तेलमा भएको गुनस्तरिय विकास योजना र प्रभावकारि सार्वजानिक सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यी कार्यालयहरुले १५ दिनभित्र जिल्लामा रासायनीक मल ल्याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । ४ गते गरिएको।प्रतिवद्धताअनुशार गत १९ गते नै जिल्लामा मल आईपुग्नु पर्ने थियो । तर प्रतिबद्धता गरिएको हप्ता दिन वितिसक्दा पनि खोटाङमा मल ल्याइएको छैन ।
मल केही हप्तामै जिल्लामा आईपुग्ने जिल्ला कृषि बिकास कार्यलयमका प्रमुख श्यामप्रसाद घिमिरेले बताउनु भएको छ । बन्द भौगोलिक बिकटतालगायतका विविध मन्त्रालयको नितीगत समस्यले पनि समयमा मल ल्याउन नसकिएको कार्यलय प्रमुख घिमिरेले बताउनु भयो । बिराटनगरबाट ठेकेदारमार्फत मल ढुवानी शुरु भएकोले केही दिनमै मल आई पुग्ने उहाको भनाई छ ।

Sunday, January 10, 2010

दक्षिणी खोटाङका महिलाहरु थामखर्क विमानस्थलको टेवा पर्खाल निर्माणमा

दमन राई/खोटाङ

पुस-२५, पुरुषहरु रोजगारको लागि विदेशिने क्रम तिव्र रुपमा बढि रहँदा दक्षिणी खोटाङका युवति तथा महिलाहरु विमानस्थल निर्माणमा जुटेका छन् । जिल्लाको दोश्रो थामखर्क विमानस्थलको टेवा पर्खाल निर्माणमा स्थानीय महिलाहरु सकि्रयताका साथ कम्मर कसेर लागिपरेका हुन् ।

वड्कादियाले गाउँ विकास समितिमा रहेको विमानस्थलको टेवा पर्खाल निर्माण गर्न यतिबेला एक सय ६८ जना स्थानीय महिला तथा युवतीहरु सकि्रयताका साथ लागि परेका हुन् । नागरिक उड्यन प्राधिकरणको ६५ लाख रुपैया मध्ये टेवा पर्खाल निर्माणको लागि छुट्टिएको ६ लाख रुपैयाको बजेटबाट टेवा पर्खाल बनाउने काम भईरहेको ठेकेदार कर्ण आचार्यले जानकारी दिनुभयो ।

स्थानीय वड्कादियाले खोटाङबजार सावाकटहरे वाप्लुखा ईन्द्रेणीपोखरी र चिप्रीङ का अधिकांश महिलाहरु यसरी काम गरिरहेका छन् । उनीहरुले दैनिक ८ घण्टाको दरले काम गरिरहेका छन् । घरको आर्थिक स्थिती कमजोर भएर वर्ष दिन सम्म पनि राम्ररी खान नपुग्ने भएपछि काम गर्न आएका स्थानीय कमला राईले बताउनुभयो । दैनिक २५० रुपैया ज्यालामा काम लगाएको ठेकेदारले बताएपनि दुईसय मात्र दिएको प्रति कामदारले गुनासो गरेका छन् ।

पहिला काम लगाउँदा २५० रुपैया दिने भनेर काम लगाएको उनिहरुले आरोप लगाएका छन् । दैनिक उपभोग्य समान र घर खर्च चलाउनका लागि ज्यालादारीमा काम गर्नुपरेको स्थानीय रमा विश्वकर्माले बताउनुभयो । वर्षादको समायमा विमानस्थलको तत्लो भाग बगेपछि टेवा पर्खाल लगाउने काम भईरहेको छ । त्यहाँ विद्यार्थीहरु पनि काम गरिरहेका छन् ।

स्कुलमा जाडो विदाभएपछि पढाईखर्च जुटाउन भन्दै उनिहरु ज्यालादारीमा काम गरिरहेको कक्षा ६ मा पढ्दै गरेकी महिला सरीता कोईरालाले बताउनुभयो । विमानस्थलमा टेवा पर्खाल संगै टावर पनि बन्न लागेको छ । जसको लागि ५९ लाख रुपैया बजेट विनियोजन भएको छ । जिल्लाको तीनवटा विमानस्थल मध्ये यो दोश्रो विमानस्थल हो । यस विमानस्थलमा हप्तामा दुई पटक थामखर्क-काठमाडौ र थामखर्क-विराटनगर नेपाल वायुसेवा निगमले नियमित उडान भर्दै आएको छ ।

खोटाङ दोर्पा चिउरीडाडाका समुदाय कुलो निर्माणमा

खोटाङ दोर्पाचिउरीडाडाका समुदायले जनश्रमदानबाट कुलो निर्माण गरिरहेका छन् । वीना कसैको सहयोग गाविसका ५०/६० जनाको समुहलॆ कुलो खनिरहेका छन् । विकास निर्माणकालागि अरुको मुख ताक्ने प्रवित्तिलाई छाडेर दोर्पाका समुदायले उदाहरणीय काम गरेको स्थानीय टंक कटुवालले बताउनु भयो ।

प्रतेक घरका एक जना अनिवार्यरुपमा कुलो बनाउने काममा लगीरहेका दोर्पाका समुदायले दश किलो मिटर लामो कुलोको आधा काम सकिसके छन् । कुलो निर्माण भएपछि दोर्पाका ढिकुरे कात्तिके चिलाउने वालिङ पिप्ले छिताताल काहुलेलगायत नेर्पाका केहीभागमा समेत सिचाई सुबिधा पुग्ने स्थानीय कटुवालले बताउनु भयो ।

उहकाअनुशार कुलो बनेपछि झण्डै चार सय रोपनी खेतलाई सिचाई गर्न पुग्ने छ ।

Thursday, January 7, 2010

खोटाङ दिक्तेल बजारको रत्नपार्क क्षेत्रको व्यवस्थापन कार्य शुरु

दमन राई/खोटाङ
महिनौंंदेखि अस्तव्यस्त बनेको खोटाङ दिक्तेल बजारको रत्नपार्क क्षेत्रको व्यवस्थापन कार्य शुरु भएको छ । बजारमा गुड्ने सवारी साधनले ढल र खानेपानीको पाईप फुटाएपछि अव्यवस्थित बनेको दिक्तेलको रत्नपार्क क्षेत्रको बजार व्यवस्थित गर्ने काम शुरु भएको हो । जिल्ला बिकास समितिको तीन लाख ८० हजार आर्थिक सहयोगमा काम शुरु भएको निर्माण उपभोक्ता समिति अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । अहिले बसपार्कदेखि बालमन्दीरसम्मको खानेपानी पाईपको व्यवस्थापनको काम भइरहेको छ । एक सय ७० मिटरमात्र काम गर्न पुग्ने रकमले अहिले त्यो भन्दा ६० मिटर वढि काम भइरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । जिल्ला विकास समितिको ईस्टीमेटअनुशार दुई सय ५० मिटर काम पुरा गर्नु पर्ने हुन्छ । तर यसकालागि ११ लाख बराबर रकमको आवश्यकता पर्ने अध्यक्ष श्रेष्ठको भनाइछ । फेरी-फेरी पनि बजारलाई हिलाम्मे हुन नदिन सडकको किनाराबाट खानेपानी पाईपलाई राख्ने काम भइरहेको छ । यस्तै सडकको छेउमा राखिने पाईपलाई ड्रेनभित्र सुरक्षित पुर्ने काम भइरहेको निर्माण समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । निर्माण समितिले सडक सोलिङ गर्ने र ढल तथा खानेपानीलाई व्यवस्थित गर्नेछ ।

Tuesday, January 5, 2010

आगलागी हुदा खोटाङमा पाच लाख बराबरको धन माल नष्ट

दमन राई÷खोटाङ
पुस-२१ ख्ााेटाङको खार्मी-४ का रामबहादुर खत्रीको घरमा आगलागी हुदा पाच लाख बराबरको धन माल नष्ट भएको छ । हिजो लागेको आगोले खत्रीको अन्न लत्ताकपडा काठपात मालमत्ता दुई वटा बाख्राको पाठा दुई वटा कुखुरा नगद १३ सय ६० जलेको स्थानीय प्रहरीचौकी तालखर्कका हवल्दार बाबुराम बास्तोलाले जानकारी दिनु भयो । अगेनमा भएको दाउरा सल्किएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएका छन् ।

Monday, January 4, 2010

किरात जनवादी वर्कसका पाच कार्यकर्ताद्धारा पार्टी परित्याग

दमन राई÷खोटाङ
पुस-१९ किरात जनवादी वर्कसका सस्थापक सदस्य कुमार राई विजयले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । सस्थापक सदस्य राईसहित वर्कसका पाच जना कार्यकर्ताले आज एक विज्ञाप्तीमार्फत साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्यगको घोषण गर्नु भएको हो ।
पार्टीलाई सामुहिक वा एकल नेतृत्वमा लैजाने भन्ने विषयमा पार्टी अध्यक्ष विद्रोही विवस र हाङछा किरातीसंग कुरो नमिलेपछि पार्टी परित्याग गरेको सस्थापक सदस्य विजयले केहीवेरअघि टेलिफोन सम्पर्क गरी जानकारी दिनु भयो । पार्टीलाई सामुहिक नेतृत्वमा लैजानु पर्ने प्रस्ताव राखेपछि अफुलाई नेतृत्व पङतीले पार्टी छोड्न दवावसमेत दिएको विज्ञाप्तीमा जनाईएको छ ।
टेलिफोन सम्पर्कमा उहाले अव वर्कस पार्टीसंग कुनैसम्बन्ध नरहने र स्वतन्त्र नागरिकसरह बस्ने जानकारी दिनु भयो । उहाले पार्टी परित्यागपछि प्रशासन वा पार्टीले निगरानी राखे वाच्नकालागि जस्तोसुकै कदम चाल्ने चेतावनी दिनु भयो ।

Sunday, January 3, 2010

उपस्वास्थ्यचौकी हलेसीलाई दश लाख बढी मूल्य पर्ने जग्गा निशुल्क

दमन राई/खोटाङ
पुस-१७/खोटाङ हलेसीका तीन जना स्थानीय समाजसेवीले उपस्वास्थ्यचौकी हलेसीका लागि सामुहिक रुपमा दश लाख बढि मूल्य पर्ने जग्गा निशुल्क दिनु भएको छ । हलेसी-४ का गोपाल गिरीले उपस्वस्थ्यचौकी हलेसीकालागि तीन रोपनी जग्गा निशुल्क दिनु भएको छ । उप स्वास्थ्यचौकीको स्तर बृद्धि भएको भन्दै गिरीले पाच लाख बराबरको जग्गा निशुल्क दिनु भएको हो । उहाले उप स्वास्थ्यचौकीका नाममा जग्गा पास गराई सक्नु भएको छ ।
यस्तै स्वास्थ्यचौकीकालागि दुगबहादुर केशीले तीन लाख बराबरको दुई रोपनी प्रकाशचन्द्र गिरीले एक लाख ५० हजार र शुक्र बिश्वकर्माले एक लाख बराबरको जग्गा निशुल्क दिनु भएको छ । निशुल्क जग्गा दाता दुगबहादुर प्रकाशचन्द र शुक्रले भने उपस्वास्थ्यचौकीको नाममा जग्गा पास गरिदिन वाकी रहेको सहयोग समितिका अध्यक्ष हरिश्चन्द्र गिरीले जानकारी दिनु भयो ।

तोकिएको समयमा नयाँ संविधान निर्माण गर्न कांग्रेस खोटाङद्धारा सवै पक्षलाई आव्ह्ान

दमन राई/खोटाङ
पुस-१७ नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङले तोकिएको समयमा नयाँ संविधान निर्माण गर्न सवै पक्षलाई आव्ह्ान गरेको छ । समयमै संविधान बन्न नसके राजनितीक अस्थिरता बढ्ने र जनआन्दोलन भाग २ को उपलव्धी गुम्ने खतराप्रति चिन्ता व्याक्त गर्दै कांग्रेसले तोकिएकै समयमा संविधान निर्माण गर्न सवैलाई आव्ह्ान गरेको हो । कांग्रेस खोटाङले आज एक विज्ञाप्तीमार्फत यस्तो जनाएको हो । कांग्रेसका जिल्ला सचिव तथा प्रवक्ता महेन्द्र कटुवालले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा मुलुकको असमझदारीलाई हल गर्दै शान्ती प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउन र समयमै संविधान निर्माण गर्न पहल गर्ने जनाइएको छ ।
कांग्रेसले हिजो सकिएको दुई दिने बैठकले गरेको चार बुदे निर्णय पनि आज सार्वजनिक गरेको छ । पार्टीको संगठन सुढृडिकरणकालागि कार्य समितीले गरेका चार बुदे निर्णय पनि सार्वजनिक गरेको कांग्रेस सभापती विष्णुकुमार राईले जानकारी दिनु भयो ।