Tuesday, December 15, 2009

जयरामघाटमा ड्रमसेट साचालन भएपछि ओखलढुङगा थाक्ले र खोटाङ जयरामका स्थानीयवासीविच विवाद

दमन राई/खोटाङ
मंसिर-२८/ओखलढुङगा थाक्ले-८ सोक्माटार र थाक्ले-९ जाक्माका स्थानीयवासीले दुधकोशीको जयरामघाटमा ड्रमसेट साचालन गरेपछि खोटाङ जयराम र थाक्लेका स्थानीयवासीविच विवाद बढेको छ । तिन हप्ताअघि थाक्लेका समुदायले जयरामघाटको पुल रहेको जिरो पईन्टभन्दा चार सय मिटर परवाट ड्रमसेट जडान गरेपछि जयराम वारी र पारीका स्थानीयवासीविच विवाद बढेको हो । खोटाङतर्फका स्थानीयवासीले जिरो पईन्टबाट ड्रमसेट चलाउनु पर्नेे माग गरेका छन् ।
उनीहरुले पुल हुदाहुदै जिरो पोईन्टदेखि पर राखिएको ड्रमसेटबाट सामान तार्न सामान दोहोरो ओसार पसार गर्नु पर्ने समस्य भएको भन्दै ड्रमसेट साचालनको विरोध गरेका जयराम वजार व्यवस्थापन समिति सचिव सुरेन्द्र राईले बताउनु भयो । । विवादले चर्को रुप लिएपछि जयरामवारीका स्थानीयवासीले गत मंसिर-१९ गते जयरामघाटमा राखिएको फेरी तत्काल साचालनमा ल्याईनु पर्ने शान्ती सुरक्षा पाउनु पर्ने माग सहित जिल्ला विकास समिति खोटाङमा डेलिगेसन गएका थिए ।
जल्ला विकास समितिमा मंसिर-२१ गतेको सर्वदलीय बैठकले जयरामघाटमा साचालनमा नल्याइएको फेरी साचालनमा ल्याउन पहल गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी बशन्तकुमार भण्डारीले जानकारी दिनु भयो । स्थानीय विकास भण्डारीले फेरी र पुल भएको ठाउमा ड्रमसेट चलाउन नमिल्ने पनि बताउनु भयो । उहाले फेरी साचालनमा नआएसम्म पुलवाटै सामान ओसार-पसार गर्नु पर्नेमा जोड दिनु भयो । गाडी तार्न र सडक कालोपत्रे गर्न आएका ठेकेदारको सामान तार्नलागि वनाइएको ड्रमसेटलाई ओखलढुङगा थाक्लेका सर्वसाधारणले सामान ओसार पसारमा प्रयोग गरेको बताईन्छ ।
ड्रमसेट साचालनले जयराम वारी र पारीका समुदायवीच अपि्रया घटना घटन सम्ने सम्भावना वढेको स्थानीय व्यपारीहरु बताउछन् । दुवैपक्षवीचको सम्भावित दुर्घटनाको सामाधान गर्न भने हालसम्म कसैको ध्यान नगएको उनीहरुको भनाई छ ।

No comments:

Post a Comment