Saturday, November 28, 2009

खोटाङमा खोलामा विष र करेन्ट हालेर माछा मार्न बन्द

दमन राई/खोटाङ
मंसिर-१४/खोटाङका दक्षीणी क्षेत्रमा समुदायले खोलामा विष र करेन्ट हालेर माछा मार्न बन्द गरेका छन् । प्राकृतिक सम्पदाको संरक्षण गर्न खोटाङका मात्तिम टेम्मा लफ्याङ रतन्छा याम्खा राजापानी नेर्पा दोर्पाका समुदायले खोलामा विष र केरन्ट लगाउन बन्देज लगाएको संरक्षण समितिका अध्यक्ष रिपबहादुर राईले बताउनु भयो । विष र करेन्ट लगाएर माछालगायत सवैखालका जलचर मार्नेक्रम बढेपछि जिल्लाका मेवा साप्सु र तावा खोलामा विष र करेन्ट लगाएर माछा मार्न बन्देज लगाएको हो । समितिको नियमविवपरित खोलामा विष वा करेन्ट लगाएको भेटिएमा कडा कार्वाही हुने अक्ष्यक्ष राईले बताउनु भयो । जिल्लाका दर्जनौं खोलामा विषेसगरी रातको समयमा लुकीछिपी विष हालेर माछा मार्ने गरिएको समितिको भनाई छ । विष हालेर मारिएको माछा स्वास्थ्यका लागि समेत हानीकारक हुने स्वास्थ्यकर्मीको भनाई छ ।

Tuesday, November 24, 2009

खोटाङको खानीडाडा विमानस्थलमा नियमित उडान शुरु

दमन राई/खोटाङ
मंसिर-९/खाल्लेस्थित मनमाया राई खानीडाडाँ विमानस्थलमा नियमित उडान शुरु भएको छ । विभिन्न दाताको सहयोगमा समुदायले बनाएको विमानस्थलमा आजदेखि नियामित उडान शुरु भएको हो । आज विहान ८ वजे नेपाल एयर लाईन्सको विमानले उडान भरेको छ ।गत आईतवारदेखि नै नियमित उडान हुने भनिएपनि प्राविधिक कारण देखाउदै नेपाल वायु सेवा निगमले उडान रद्ध गरेको थियो । निगमले प्रत्येक साताको आईतवार खानीडाडाँमा नियमित उडान भर्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाले बताउनुभयो । समुदायले बनाएको त्यस विमानस्थलको असोज तीन गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरदिसंह भण्डारीले उद्घाटन गर्नुभएको थियो । उहाले उद्घाटन गर्दै दशैं अघि देखि नै नियमित उडान भर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । चार पटकको परीक्षण उडानपछि नियमित उडान शुरु भएको विमानस्थल निर्माणमा समुदायको सहित झण्डै ९ करोड खर्च भईसकेको छ । निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरेका अनुसार विमानस्थलमा निर्माणमा समुदायको ३ करोड ५० लाख र प्राधिकरणको ५ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । २०५९ साल भदौदेखि समुदायले निर्माण शुरु गरेको बिमानस्थलमा विमान अवतरणका लागि ९० प्रतिशत काम सकिएको छ । बाँकी काम सक्नका लागि अझै ५ करोड ७ लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ । त्यहाँ टेवा पर्खाल कर्मचारी आवास सुरक्षा आवासलगायतका काम हुन बाँकी रहेको समितिले जनाएको छ । जिल्लामा अन्य दुई बिमानस्थल साचालनमा रहेपनि सदरमुकाम नजिक यो बिमानस्थल रहेकाले यहाँबाट बढी सेवाग्राही लाभान्वित हुनेछन् । जिल्लामा साचालित दुवै बिमानस्थल सदरमुकाम भन्दा टाढा रहेकाले विषेश गरी जिल्ला अस्पतालले रिफर गरेका विरामीलाई सास्ती हुने गरेको थियो ।

Sunday, November 22, 2009

खोटाङको आव २०६७/६८ को योजना तर्जुमा गोष्ठी सम्पन्न

दमन राई/खोटाङ
मंसिर-७/खोटाङको आर्थिक वर्ष २०६७/६८ सालको योजना तर्जुमा गोष्ठी सकिएको छ । साना तिना विकास योजनालाईभन्दा ठूला र दिर्घकालिन विकास निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गर्दै गोष्ठी सकिएको हो । सदरमुकाम दिक्तेलको समिक्षुलय हलमा भएको कार्यक्रमका बक्ताहरुले जिल्लाको भविष्य उज्ज्वल बनाउन यहाँको आवश्यकता र सम्भावनाको आधारमा विकासे योजना तर्जुमा गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ल्ाा सह-सचिव मुक्तीले गाउँ ठाउको प्रमुख आवश्यकतालाई पहिचान गरी विकासका योजना निर्माण गर्नु पर्ने बताउनु भयो । उहाँले यस वर्षको गाउँ परिषदमा दलहरुबाट मसलको प्रयोग हुने सम्भावना बढेको बताउनु भयो । दलहरुले आफ्नो प्रभाव जमाउन शक्तीको समुह परिचालन गर्ने प्रबृत्ति मौलाउदै गएकाकारण यस्तो सम्भावना बढेको बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापती बिष्णुकुमार राईले राज्यले अन्तर मनले काम गर्ने वातावरण नबनाएसम्म विकासले गती नपाउने बताउनु भयो । उहाँले २०६३ साल यता जिल्लाको विकासको गती आशा लाग्दो भएको टिप्पणी गर्दै खोटाङको राजधानी दिक्तेललाई सुन्दर बनाउनु पर्नेमा जोड दिनु भयो । यस्तै नेकपा एमालेका जिल्ला सचिव बिशाल भट्टराईले देशमा राजनितिक स्थायीत्व कायम नभएसम्म विकास सम्भव नभएको बताउनु भयो । उहाँले योजना निर्माणमा कुनै शक्ती वा समुहलाई प्रयोग गर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो । राप्रपा नेपालका अध्यक्षँ जीवन श्रेष्ठले दलीय आधारमा गरिने कर्मचारी नियुक्तीले विकास ठप्प हुने बताउनु भयो । वजेटको दुरुपयोग हुनुभन्दा विभिन्न चन्दा माग गर्ने समुहलाई पनि चन्दा दिए फरक नपर्ने बताउनु भयो । यस्तै राष्ट्रिय जनशक्तीका सचिव ललित राईले दलहरुले स्वर्थपुर्तीकालागि विकास निर्माणको योजना बनाउन नहुनेमा जोड दिनृु भयो । यस्तै नेकपा एकीकृतका सचिव सनबहादुर राईले दलीयपक्षपोषणका आधारमा नभइ समावेशी तरिकाले योजना निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जिल्ल्ाास्थित सरकारी तथा गैर सरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधिले योजना तर्जुमा गर्नु पर्ने आ-आफ्ना सुझाव दिएका थिए । कार्यक्रममा अध्यक्षँ तथा स्थानीय विकास अधिकारी बशन्त कुमार भण्डारीले सरकारको निर्देशिका अनुशार गाविसको परिषद गर्न सचिवहरुलाई निर्देशन दिनु भयो ।

Saturday, November 21, 2009

ओखलढुङगाका आमाहरु ढाकाको चोली लगाउने अभियानमा

मंसिर-६/परम्परागत ढाकाको चोली लोप हुदैं गएपछि ओखलढुङगाका आमाहरु ढाकाको चोली लगाउने अभियान शुरु गरेका छन् । ओखलढुङगाका पोकली गाम्नाङटार रगनी टारकेरावारस्ीलगायतका आमाहरुले ढाकाको चोली लगाउने अभियान शुरु गरेका हुन् । लोप हुदै गइरहेको ढाकाको चोलीलाई बचाउन जिल्लाभरी नै यो अभियानलाई साचालन गर्ने उमादेवी आमा समुह पोकलीकी अध्यक्ष लक्ष्मी गौतमले बताउनु भयो । हाल एक दर्जन गाविसमा यो ढाका चोली अभियान लागू भइसकेको छ । उनीहरुले महिलासम्वन्धी कार्यक्रम गोष्ठी बैठक छलफल विहे पास्नीजस्ता कार्यक्रममा अनिवार्यरुपमा ढाकाको चोली लगाउनु पर्ने नियम बताएका छन् । आमाहरुको यो अभियानले जिल्लाका सास्कृतिक पहिरनको जगेर्नामात्र हैन ढाकाचोली उत्पादन र घरेलु उद्योग विकास गर्नसमेत सहयोग पुर्याएका छन् । ढाकाको चोली अनिवार्य लगाउनु पर्ने यो अभियानले गाउँमा ढाकाको कपडा निकै खपत बढेको सरस्वति आमा समुहकी अध्यक्षँ गोमा अधिकारीले बताउनु भयो । ढाकाको चोली र फरियामा ठाँटिएर हिड्ने आमाहरु पुरुषहरुलाईसमेत ढाकाको दौरा सुरुवाल र टोपी लगाउन सुझाव दिने गरेको आमा समुहकी अध्यक्ष अधिकारीले बताउनु भयो ।

रिपिटर टावरमा माईक्रोस्टिक उपकरण जडान कार्य सम्पन्न

दमन राई/खोटाङ
मंसिर-४ खोटाङ डिकुवास्थित भुम्जुडाँडामा सिडिएमए स्काई टेलिफोनको निर्माणाधिन रिपिटर टावरमा माईक्रोस्टिक उपकरण जडान कार्य सकिएको छ ।
रिपिटर टावरमा खम्वा सोलार व्याट्रीलगायतका माईक्रोस्टिक उपकरण जडान गर्ने काम सकिएको प्राविधिक टंक कठेतले बताउनु भयो ।
रिपिटर टावरमा एक करोड ५० लाख बराबरको उपकरण जोड्ने काम आज सकिएको निर्माण समितिका अध्यक्ष जसराज राईले बताउनु भयो । टावरको रेडियो लिङक पनि आगामी १५ दिनभित्रमा जडान गरिने निर्माण समितिका अध्यक्ष राईले बताउनु भयो ।
एक किलो वाट क्षमता भएको टावरमा उपकरण जडान भएपछि खोटाङका पश्चिमी क्षेत्रका गाविस र छिमेकी जिल्ल्ाा उदयपुर तथा ओखलढुङगाका सर्वसाधारण लाभान्वीत हुने प्राविधिक कठेतले बताउनु भयो ।
८३ हजार रुपैंयाँको लागतमा असोजअघि नै रिपिटर टावरको भवन निर्माण भईसकेको छ ।

Saturday, November 14, 2009

रुपाकोट रेडियोका हालका गतिविधि

रुपाकोट सूचना तथा साचार सहकारी संस्थाद्वारा संचालित रुपाकोट रेडियोले आपुनै भवन निर्माण गर्दै छ । दिक्तेल मुढे स्थित स्थानीयबासीले निःशुल्क दिएको जग्गामा ५ कोठे एक तल्ले भवनको निर्मण कार्य अन्तिम चरणमा पुगेको छ । वीरबहादुर तामाङ साङमाया तामाङ धनबहादुर तामाङ र कर्णबहादुर तामाङले दिनुभएको ३ रोपनी जग्गामा बनिरहेको भवन निर्माणका लागि संसदीय विकास कोषअन्तर्गत ५ लाख अनुदान प्राप्त भएको छ । आ.व.०६५/६६ मा संविधानसभाका सभासद्हरु अर्जुनकुमार राईबाट रु.५० हजार उषाकला राईबाट रु.५० हजार रामकुमार राईबाट रु.१ लाख दुर्गाजयन्ती राईबाट रु.१ लाख र हरि रोकाबाट रु.१ लाख प्राप्त भएको हो । निर्माणधीन भवन पूरा भएपछि १ महिनाभित्र हात भाडामा रहेको स्थानबाट रेडियो स्टेसन सार्ने तयारी भइरहेको छ ।यसैगरी दिक्तेल बजारमा रहेका सम्पर्क कार्यायलयको काम पनि सार्ने गरी तथा स्टुडियो निर्माण गर्नका लागि अर्को भवन निर्माण कार्यको अभियान सुरु भएको छ । यस भवनका लागि रेडियोका सल्लाहकार मनदुकुमार राईबाट आधा रोपनी जग्गा प्राप्त भइसकेको छ । भवन निर्मण कार्य यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी समुदायबाट सहयोग संकलन कार्य थालिएको छ । समुदायद्वारा संचालित रेडियो भएको हुनाले समुदायको सहयोगमा यो भवन निर्माण हुँदैछ । भवन निर्माणका लागि रु।१ हजार वा सोभन्दामाथि रकम सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम ताम्रपत्रमा लेख्ने र रु।५ सय भन्दा माथि रु।९९९ सहयोग दिनेको नाम माउन्ट प्रेुमिङ गरेर भवनमा राख्ने र सहयोग दिनेको नाम र रकम रेडियोबाट तीन पटकसम्म प्रसारण गरिने भएको छ । यो सहयोग संकलनको कार्य अगाडि बढाउन संचालक समितिका अध्यक्ष बागधन राईको संयोजकतवमा भवन निर्माण सहयोग संकलन मूल समिति गठन भएको छ र डा।विष्णु राईको संयोजकत्वमा काठमाडौंमा पनि सहयोग संकलन समिति गठन भएको छ । यसरी समुदायको सहयोगले नै अर्को भवन निर्माण गर्ने कार्य रुप्ाकोट रेडियोको हालको पहिलो काम बनेको छ ।भवन निर्माण कार्यको साथै विषयगत र भाषागत कार्यक्रम अनुगमन तथा प्रवद्र्धन समितिहरुको गठन जनशक्ति विकासका लागि तालिमहरु भई रहेका छन् । सामुदायिक रेडियो प्रसारक संघले काठमाडौंमा उत्पादन गरेको साझा खबर रुपाकोट रेडियोले भदौ ३ गतेबाट प्रसारण गरिरहेको छ । देशभरिका २२ वटा रेडियोहरुसँग समाचार उत्पादन तथा बजार प्रवद्र्धनका लागिसंलग्न रहेको छ । सामुदायिक रेडियो सहयोग केन्द्र÷नेवापससँग सहकार्य गरी सामुदायिक रेडयोका मापनका आधारहरु बनाउन रुपाकोट रेडियोको सकि्रय रुपमा सहभागी भएको छ र सामुदायिक रेडियो सहयोग केन्द्रको सहकार्यमा रेडियोका रणनीति योजना तथा नीति निर्माण गर्ने काममा पनि जुटेको छ ।यसरी रुपाकोट रेडियो भौतिक र नीतिगत रुपमा आपुनै खुट्टामा उभिनका लागि सकि्रया रहेको छ ।
-रुपाकोट रेडियोको मासिक मुखपत्रको पहलो अंकबाट