Saturday, December 12, 2009

खोटाङमा सात वर्षअघिदेखि एक किशोरी बेपत्ता

दमन राई/खोटाङ
मंसिर-२६/खोटाङ दिप्लङ- ६ की किशोरी निरकमला राई सात वर्षअघिदेखि बेपत्ता छिन् । काठमाडौमा वस्दै आएका मौवाबोटे-१ का किशोर राई र मनीका राईको बच्चा हेरचाहकालागि लगिएकी १६ वर्षिय राई २०५९ साल असार २० गतेदेखि वेपत्ता भएकी हुन् । राईलाई किशोर राई र मनीकाको बच्चा हेरचाह गराउन भन्दै मौवाबोटे-१ का शिवधन राईले २०५४ साल कार्तिक १ गते काठमाडौं लगेका थिए । शिवधन राईले वेपत्ता किशोरी विद्यालयबाट फर्कदा हराएको बताएको छ । मनिका र उनका ससुरा काजीबहादु राईले वेपत्ताका वुवा दिलबहादुर राई र आमा धनमाया राईसंग २०६२ साल कार्तिक-१५ गते र २०६६ कार्तिक ५ गतेदेखि एक महिना भित्रमा वेपत्ता किशोरीलाई ल्याउने कागज गरेको भएपनि वेपत्ता किरोशीलाई नल्याइएको वावु दिलबहादुर राईले बताउनु भयो । वेपत्ता छोरीको खोजीकालागि उनका वेपत्ता किशोरीका परिवारले जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएका छन् । वेपत्ता किशोरीका बाबु-आमाले छोरी निरकमलाको अवस्थावारे जानकारी पाउनु पर्ने र उद्धारकोलागि सवैसंग सहयोगको आग्रह गरेका छन् । आफ्नी छोरी बेचिएको हुन सक्ने उनीहरुको आशंका छ ।

No comments:

Post a Comment