Friday, February 26, 2010

ट्याक्टरले किचेर खोटाङमा एक बालकको ज्यान गयो

दमन राई/खोटाङ
फागुन-१३ ट्याक्टरले किचेर खोटाङमा एक बालकको ज्यान गएको छ । भोजपुरबाट सामान लिएर दिक्तेलतर्फ आउदै गरेको को १ त ५०४८ नम्बरको ट्रयाक्टरले किचेर दोर्पा-३ खिरिमतुङका १४ बर्षीय बालम सरोज परियारको ज्यान गएकॊ हो ।

हिजो साँझ भएको दुर्घटनामा कक्षा ३ मा अध्यायनरत बालकको घट्नास्थलमै ज्यान गएको हो । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Wednesday, February 24, 2010

खोटाङका अयोग्य २३ लडाकु मध्ये एक मात्र पार्टी सम्पर्कमा

दमन राई/खोटाङ
फागुन-११, अनमिनको प्रमाणिकरणमा अयोग्य ठहरिएका खोटाङका एक जना लडाकुमात्र माओवादी पार्टी कार्यालयको सम्पर्कमा आएका छन् । प्रमाणीकरणमा ठहरिएका खोटाङका २३ अयोग्य माओवादी लगाकुममध्ये बतासेका अर्जुन नेपालीमात्र पार्टीको सम्पर्कमा आएको माओवादी खोटाङले जनाएको छ ।
उदयपुरको वेलसोतस्थित माओवादी शिबिरमा रहेका खोटाङका २३ जना लडाकु अयोग्य ठहरिएका थिए ।

Monday, February 15, 2010

खोटाङ सेवा समाज हङकङद्धारा पत्रकार सम्मानित

फागुन-३/खोटाङ सेवा समाज हङकङले खोटाङका पत्रकार दमन राईलाई सम्मान गरेको छ । जिल्लामा रहेर ग्रामिण पत्रकारितामा पुर् याएको योगदानलाई कदर गर्दै समाजले पत्रकार राईलाई सम्मान गरेको हो । आफ्नो बार्षिकोत्सवको अवशरमा समाजले पत्रकार राईलाई सम्मान गरेको हो । समाजले पत्रकार राईलाई प्रमाणपत्रकासाथमा पत्रकारलाई आवश्यकीय सामग्रीहरु प्रदान गरेको छ । राई नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सदस्य रुपकोट सामुदायीक रेडियोको समाचार शाखालगायत छापा तथा बिद्युती साचार माध्याममा आवद्ध हुनुहुन्छ ।

Saturday, February 13, 2010

खोटाङमा पनि प्रभास

खोटाङ/यही माघ २३ गते समूह केन्द्रीय सदस्य मुना निश्चलको उपस्थितिमा ११ सदस्यीय प्रभास साहित्यिक समूह खोटाङ गठन भएको छ । कोपिला थुलुङ 'आशुतोष'को संयोजकत्व तथा नवराज गाउँलेको सह-संयोजकत्वमा गठित उक्त समूहको सदस्यहरुमा तारा थुलुङ 'अथाह', ममिता मर्मस्पर्शी, शान्ता सन्ध्या, बिनादेवी राई, सरिता राई, कविराज दुःखी, सम्झना भुजेल, लिला पौडेल र युगसन किरात रहेका छन् । यसैगरी समूहले गायक/संगीतकार भीमसेना राई, साहित्यकार बिमला केयरलेस र कलाकार प्रदीप माइलालाई सल्लाहकार समितिमा चयन गरेको छ ।

अपमान गरेको भन्दै खोटाङ बाक्सिलाका दलीतहरुद्धारा आपत्ती

दमन राई/खोटाङ
म्ााघ-२९ सार्वजनिक स्थलमा दलितहरुलाई अपमान गरेकोभन्दै खोटाङ बाक्सिलाका दलीतहरुले आपत्ती जनाएको छ । दलीतहरुले आज एक विज्ञाप्तीमार्फत सार्वजनिक स्थलमा आफुहरुलाई भेलभाव गरेको भन्दै आपत्ती जनाएको हो । दलीतहरुले हिजो बाक्सिला फुटबल क्लवको अधिबेशनमा खाजा खानेक्रममा अपमान गरेको भन्दै आपत्ती जनाएको हो । दलित राष्ट्रिय मुक्ती मोर्चा बाक्सिलाका उपाध्यक्ष कुमार परियार सचिव रमेश परियार तथा कोषाध्यक्ष चन्द्र परियारले संयुक्त हस्ताक्षर गर्नु भएको बिज्ञप्तीमा गाविसका बुद्धिजिवी बर्गले नै दलितलाई भेदभाब र घृणा गरेको जनाइएको छ । उनीहरुले दलीतलाई आगमी दिनमा पनि भेलभावको प्रयास गरेमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको राजु बस्नेतले जानकारी दिनु भयो ।

Saturday, February 6, 2010

खोटाङ दोर्पाचिउरीडाडाका आमाहरु बिद्यालय स्थापना गर्ने अभियानमा

दमन राई/खोटाङ
माघ-२४, खोटाङ/दोर्पाचिउरीडाडाका आमाहरु गाउँमा बिद्यालय स्थापना गर्न जुट्ने भएका छन् । शिक्षामा लगानी हाम्रो अभियान भन्ने मूल नाराकासाथ नव प्रगतीशिल आमा समुह दोर्पा चिउरीडाडा-२ दुम्लीले आफ्नो गाउमा बिद्यालय निर्माण गर्ने भएको हो । विद्यालय स्थापनाकालागि आमा समुहले चार वर्ष अघिदेखि मासिक प्रतिव्याक्ती पाचका दरले उठाएर जम्मा भएको ७० हजारको लगानी गर्ने भएको छ । आगामी शैक्षिकसत्रदेखि साचालन हुनेगरी आमा समुहले प्रावि तहको विद्यालय स्थापना गर्ने भएका हुन् । मसिना बालबच्चालाई टाढाको विद्यालयमा पठाउन समस्य भएको भन्दै महिलाहरु आफ्नै गाउमा बिद्यालय स्थापना गर्ने अभियानमा जुटेका आमा समुहका अध्यक्ष माया खड्काले बताउनु भयो । विद्यालय स्थापना गर्नकालागि दोर्पाचिउरीडाडा-२ का कृष्णकुमार राई र तेजबहादुर बुढाथोकीले संयुक्त एक रोपनी जग्गा निशुल्क दिनु भएको छ । आमा समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

आमा समुहमा संगठीत दोर्पाका आमाहरुले आफ्नो कोषमा जम्मा भएको रकम सस्तो व्याजमा लगानी गरिरहेका छन् । समुहमा आवद्ध सदस्यलाई आर्थिक समस्य परेकोबेला त्यही कोषमा जम्मा भएको ऋण दिने व्यवस्था मिलाएको िसंहदेवी प्राबि दोर्पाका प्रधानाध्यपक श्रीराम राईले जानकारी दिनु भयो । गाउमा बाटोघाटो मर्मत तथ सरसफाई गर्दै आएका आमा समुहले सुत्केरी मुटु र मृगौलाका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको आमा समुहका सचिव अंजना राईले बताउनु भयो ।

Friday, February 5, 2010

बन्दकर्ताद्धारा पाँच दिनपछि जयरामघाट-दिक्तेल सडक बन्द फिर्ता

दमन राई/खोटाङ
माघ-२२ बन्दकर्ताले पाँच दिनपछि खोटाङको जयरामघाट-दिक्तेल सडक बन्द फिर्ता लिएका छन् । जयरामघाटका बन्दकर्ता र यातायात व्यवसायी संघ खोटाङका प्रतिनिधिवीच आउदो एक गतेसम्ममा बार्ताका माध्यायमबाट समस्यको निकास निकाल्ने सहमती भएपछि बन्द यातायात खुलेको हो । बन्द फिर्ता लिइएपछि जयरामबाट सामान ढुवानी शुरु भएको छ ।

सिन्डीकेटको माग गर्दै १६ गतेदेखि जयरामघाटका यातायात व्यवसायीले यातायात बन्द गरेका थिए । यातायात व्यवसायी संघ खोटाङले अवरुद्ध जयरामघाट-दिक्तेल सडक खुलाउनकालागि बन्दकर्तालाई छलफलका माध्यायमबाट निकास निकाल्नकालागि बुधबार पत्र पठाएको थियो ।

उनीहरुको सडक बन्दले १६ गतेदेखि जयरामघाटबाट दिक्तेलमा कुनै पनि समान ढुवानी हुन सकेको थिएन । खोटाङ उद्योग बाणिज्य संघ र यातायात व्यवसायी संघले सिन्डीकेट प्रणालीको बिरोध गर्दै आएको छ ।

Thursday, February 4, 2010

पाँच दिनपछि खोटाङको जयरामघाट-दिक्तेल सडक सुचारु

दमन राई/खोटाङ
माघ-२१/पाँच दिनपछि खोटाङको जयरामघाट-दिक्तेल सडक खुलेको छ । बन्दकर्ता र यातायात व्यवसायी संघ खोटाङका प्रतिनिधिवीच आउदो एक गतेभित्र बार्ताका माध्यायमबाट समस्यको निकास निकाल्ने सहमती भएपछि बन्द यातायात खुलेको हो । बन्द फिर्ता लिइएपछि आजदेखि जयरामबाट सदरमुकाम दिक्तेलमा चामल नुन तेलजस्ता दैनिक उपभोग्यबस्तुको ढुवानी शुरु भएको छ । सिन्डीकेटको माग गर्दै १६ गतेदेखि जयरामघाटका यातायात व्यवसायीले दिक्तेल-जयरामघाट सडक बन्द गरेका थिए । यातायात व्यवसायी संघ खोटाङले अवरुद्ध जयरामघाट-दिक्तेल सडक खुलाउनकालागि बन्दकर्तालाई छलफलका माध्यायमबाट निकास निकाल्नकालागि पत्र पठाएको थियो ।

उनीहरुको सडक बन्दले १६ गतेदेखि जयरामघाटबाट दिक्तेलमा कुनै पनि समान ढुवानी हुन सकेको थिएन । खोटाङ उद्योग बाणिज्य संघ र यातायात व्यवसायी संघले सिन्डीकेट प्रणालीको बिरोध गर्दै आएको छ ।