Wednesday, April 21, 2010

शब्दशिखाको फेसबूक विशेष चैत अङ्क प्रकाशित

प्रभास साहित्यिक समूहको मासिक प्रकाशन 'शब्दशिखा'को चैत अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले स्व.स्वप्निल स्मृति, दीपा एवाई राई, मनु लोहोरुङ र विष्णु नेम्वाङ सुब्बाको कविता, राजन मुकारुङ र नदीशको गीत, सरिता राई, कृष्णपक्ष र श्रवण खनालको गजल, यल्जी विवशको हाइकू, साहित्यिक समाचार, पुस्तक परिचयको अलवा पदम राईद्वारा अनुदित रुसी लोककथा, विशदबाट कविताकृति, 'धारिला मानिसहरु'को चर्चा र सुमन तण्डुकारद्वारा अनुदित नाकिमाको नेपाल भाषाको कविता पढ्न पाउनुहुनेछ । फेसबूक विशेष यस नवौँ अङ्कका अधिकांश सामगि्रहरु फेसबूकबाट साभार गरिएका हुन् ।

Sunday, April 18, 2010

१७ औँ पारिजात दिवस मनाइयो

नाकिमा/काठमाडौं
५ बैशाख । काठमाडौंको म्हेपीस्थित पारिजात निवासमा स्मृतिसभा गरेर १७ औँ पारिजात दिवस मनाइएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा सम्पन्न सो कार्यक्रममा लक्ष्मी मालीले पारिजातको 'मृत्यु' शीर्षकको कविता वाचन गर्नुभएको थियो भने पद्मरत्न तुलाधर, घनश्याम ढकाल, निनु चपागाई र डा.महेश मास्केले नेपाली साहित्यको मूर्धन्य प्रतिभा पारिजातको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । स्मृतिसभा समापनपछि निर्माणाधिन पारिजातभवनमा राखिएको पारिजातको शालिकमा सुकन्या वाइबा लगायत उपस्थितहरुले माल्यार्पण गरेका थिए ।

भाउजुको ज्यान मारेको आरोपमा एक जना पक्राउ

दमन राई/खोटाङ
बैसाख-५ आफ्नै भाउजुको ज्यान मारेको आरोपमा कुभिन्डेका ताराकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ४५ बर्षीय भाउजु चन्द्रमायाँ तामाङको हत्य गरेको आरोपमा प्रहरीले कुभिन्डे-१ का आरोपित तामाङलाई हिजो पक्राउ गरेको हो । रक्सी पोखिएको निहुमा ताराकुमारले गत ३ गते बेलुका भाउजु चन्द्रमायाँको हत्य गरेका थिए । अभियुक्तलाई नियान्त्रणमा लिइ घटनाकाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसहित कविता वाचन

४ बैशाख । नव वर्ष २०६७ सालको शुभकामना आदानप्रदान कार्यक्रमसहित खोटाङ महासमाजले कवि गोष्ठी सम्पन्न गरेको छ । सो कार्यक्रममा विश्व दर्शन, चन्द्र चाम्लिङ, मंजु मार्मिका र नाकिमा लगायतका थुप्रै कविहरुले कविता वाचन गरे भने सभासदहरु अस्मिता कार्की, हिरा गुरुङ साहित्यकारहरु डा.विष्णु राई, धनप्रसाद सुवेदी 'श्रमिक' लगायतका विभिन्न खोटाङ्गे महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासमाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको साचालन सो संस्थाका महासचिव मनिप्रसाद राईले गरेका थिए ।

शुभकामना आदान प्रदान गर्दै रुपाकोट सामुदायीक रेडियोद्धारा तेश्रो बार्षिकोत्सव मनाउदै

दमन राई/खोटाङ
बैसाख- ख्ााेटाङको रुपाकोट सामुदायीक रेडियोले एक आपसमा शुभकामना आदान प्रदान गर्दै आफ्नो तेश्रो बार्षिकोत्सवको मनाइरहेको बार्षिकोत्सवको अवशरमा रेडियोले दिक्तेलको समिक्षालयमा आज शुभकामना आदान प्रदान कार्याक्रम गरेको कार्यक्रममा शुभकामना शन्देशमार्फत
बक्ताहरुले सुचना तथा साचारका क्षेत्रमा रेडियोले पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा रेडियोले चाल्नु पर्ने कदमकावारेमा बोल्नु भएको थियो कार्यक्रममा एकीकृत नेकपा माओवालीका जिल्ला सेक्रेटरी बिक्रम नेपाली कांग्रेसका महेन्द्र कटुवाल नेकपा एमालेका रामप्रसाद दंगाल नेकपा एकीकृतका राम बजगाईलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो कार्यक्रममा रुपाकोट रेडियोले पूर्णकालिन तथा स्वयं सेवक रेडियोकर्मीहरुलाई मायाँको चिनो प्रदान गरेको यस्तै हिजो भएको लोक गीत सम्मेलनमा पहिलो स्थान प्राप्त गर्नुहुने बाम्राङकी प्रमिला राई सर्मिला राई दोश्रो हुनु हुने राजापानीका लालकुमारी राई तेश्रो हुनु हुने सप्तेश्वर छितापोखरीकी कुमारी थापालाई क्रमशः तीन हजार दुई हजार एक हजार नगदकासाथमा प्रमाणपत्र प्रदान गरिएको उहाँहरुलाई रेडियो साचालक समितिका उपाध्यक्ष हरि राजभण्डारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो जिल्ला बिकास समितिको समिक्षालयमा भएको शुभकामना आदान प्रदान कार्यक्रम सकिएपछि सदरमुकाम दिक्तेलका सर्वसाधारणको शुभकामनालाई सन्देशलाई रेडियोले प्रत्यक्ष प्रशारण गरिरहेको

तीन वर्षअघि स्थापना भएको रुपाकोट रेडियोले बिभिन्न समाचार तथा मनोराजनात्मक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको दक्षिण एसियमै सबैभन्दा बढि शेयर सदस्य भएको रेडियो समुदायको आफ्नै लगानीमा स्थापना भएको हो

Tuesday, April 13, 2010

नयाँ वर्षको नयाँ बिहानीमा प्रचण्ड निवासमा कविहरु

१ बैशाख । संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि दवाव स्वरुप पारिजात स्मृति केन्द्रले काठमाडौं नयाँबजारस्थित एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड निवासमा स्वयम् प्रचण्डकै उपस्थितिमा कविता वाचन सम्पन्न गरेको छ । बिहान ७ बजेदेखि एक घण्टा चलेको उक्त कविता वाचनमा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्शी, लक्ष्मी माली, बिमला तुम्खेवा लगायतका १५ जना कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम र कविताहरुको प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने संविधान निर्माणको निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेको कुरा बताउनु भयो । साथै उहाँले नयाँ वर्षलाई साँच्चै नयाँ बनाइदिएकोमा पारिजात स्मृति केन्द्रलाई धन्यवाद दिनुभयो । स्मृति केन्द्रले भोलि बिहान एमाले अध्यक्ष झलनाथ खनालको निवासमा कविता सुनाउने कार्यक्रम तय गरेको छ ।

पानी माग गर्दै खोटाङ रतन्छाका कृषकद्धारा नाग पुजा

दमन राई/खोटाङ
चैत्र-३१ लामो समयसम्म पानी नपरेपछि खोटाङ रतन्छाका कृषकहरुले खोलामा गएर नाग पुजा गरेका छन् । उनीहरुले पानीको माग गर्दै बोरीया खोलाको फराँके दहमा पाँच जना नक्छुङहरुद्धारा नागको पुजा गरेका हुन् । उनीहरुले राई संस्कृति अनुशार नागलाई जाँड रक्सी चढाएर पुजा गरेको स्थानीय राजेन्द्र राईले जानकारी दिनु भयो । नाग पुजा गर्नकालागि रतन्छाका दुई सय बढि किसानहरु सहभागी थिए । लामो समयसम्मको खडेरीले त्यस क्षेत्रका हजारौं हेक्टर कृषि योग्य जमिनमा खेती लगाउन सकिएको छैन ।

Saturday, April 10, 2010

खोटाङका साहित्यकर्मीहरुद्धारा सडक साहित्य प्रस्तुत

दमन राई/खोटाङ
चैत्र-२८ तोकिएको समयमा संविधान बनाउन दबाब दिन खोटाङका साहित्यकर्मीहरुले सदरमुकाम दिक्तेलमा सडक साहित्य प्रस्तुत गरेका छन् । राष्ट्रिय वाङमय कला प्रतिष्ठानले आयोजना गरेको सडक साहित्य आन्दोलन अन्तर्गत जिल्लाका डेढ दर्जन साहित्यकर्मीले रचना प्रस्तुत गरेका छन् । सदरमुकाम दिक्तेलको त्रिवेणी चौकमा आयोजित साहित्यिक आन्दोलनमा साहित्यकार विष्णु आभुषण चमा थुलुङ वेदीकुमार राई लगायतका साहित्यकर्मीहरुले रचना सुनाउनु भएको थियो । जनताले चुनेका नेताहरुले संविधान बनाउन बिर्सिएकाले आन्दोलन सुरु गरिएको साहित्यकर्मीहरुले बताएका छन् ।