Tuesday, December 15, 2009

शिक्षक संगठनद्धारा दुर्घटनामा घाईते भएका शिक्षकलाई आर्थिक सहयोग उपलव्ध गराउने

दमन राई/खोटाङ
मंसिर-२९/खोटाङका छ वटा शिक्षक संगठनहरुले मोटर साईकल दुर्घटनामा घाईते भएका बुलापन्थे मावि धितुङका शिक्षक नवीन ढुङगानालाई आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।
गत भदौ १७ गते काठमाडौंमा भएको मोटर साईकल दुर्घटनामा सख्त घाईते भएका शिक्षक ढुङगानाको उपचारकालागि जिल्लाका प्रावि तहका शिक्षक/शिक्षिकाले प्रति चौमासिक एक सय ५० निमावि तहका शिक्षक/शिक्षिकले प्रतिचौमासिक दुई सय र मावि तहका शिक्षक/शिक्षिकाहरुले प्रति चौमासिक दुई सय ५० का दरले आर्थिक सहयोग उपलव्ध गराउने भएको हो ।
जिल्ल्ााका नेपाल शिक्षक युनियन शैक्षिक गणतान्त्रिक माच नेपाल राष्ट्रिय शिक्षक संगठन नेपाल शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठन र प्रगतिशिल शिक्षक संगठनले शिक्षक ढुङगानालाई उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका अध्यक्ष मेघनाथ घिमिरेले जानकारी दिनु भयो । सहयोग रकम तलव निकासा भएकोवेला जिल्ला शिक्षा कार्यलयमै कटाएर जम्मा गरी शिक्षक ढुङगानालाई दिईने जनाइएको छ । दुर्घटनामा परी टाउका गहिरो चोट लागेका शिक्षक ढुङगानाको न्युरो अस्पताल वासवारी काठमाडौमा उपचार भइरहेको छ । लामो समयदेखि उपचार गराइरहनु भएका शिक्षक ढुङगानालाई उपचार खर्चको अभाव भएपछि शिक्षक संगठनहरुले एक चौमासिकको तलव काटेर सहयोग गरेको हो ।

No comments:

Post a Comment