Sunday, December 27, 2009

ज्यान मारेको पाच वर्षपछि खोटाङमा दुई जना पक्राउ

दमन राई/खोटाङ
पुस-१२/ज्यान मारेको पाच वर्षपछि खोटाङ राखाबाङदेल-३ का दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काम गर्न सोलुखुम्बुमा आएका ताप्लेजुङका निर्मल बिश्वकर्माको हत्यमा संलग्न राखाबाङदेल-३ का जाङबु शेर्पा र खोँडे भन्ने काईला शेर्पालाई पाच वर्षपछि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक कृष्णप्रसाद शर्माले जानकी दिनु भयो ।
२०६२ साल माघ ६ गते ताप्लेजुङका बिश्वकर्माको हत्यागरी विदेश गएका शेर्पाद्धयलाई विदेशबाट फर्किएपछि प्रहरीले राखाबाङदेलको तोरीवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका हत्यरा शेर्पाद्धयलाई जिल्ला प्रहरी कार्यलय सोलुखुम्वु पठाईकॊ ईलाका प्रहरी कार्यलय ऐसेलुखर्कका प्रहरी निरिक्षक शर्माले बताउनु भयो ।

No comments:

Post a Comment