Saturday, December 12, 2009

एकीकृत घिमिरे कल्याण समिति खोटाङद्धारा आर्थिक स्तर कमजोर भएका घिमिरे छोराछोरीलाई आर्थिक सहयोग उपलव्ध गराउने

दमन राई/खोटाङ
मंसिर-२७/एकीकृत घिमिरे कल्याण समिति खोटाङले आर्थिक स्तर कमजोर भएका जिल्लाका घिमिरे परिवारका छोराछोरीको शैक्षिक प्रगातीकालागि आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । समितिको दिक्तेलमा आज भएको बैठकले यस्तो निर्णय गरेको हो । समितिले जिल्लाका घिमिरे समुदायका छ जना घिमिरे छोराछोरीलाई प्रतिव्याक्ती एक हजार एक सयका दरले आर्थिक सहयोग उपलव्ध गारउने भएको हो । यसकालागि समितिले जिल्लाका जलेश्वरी-महेश्वरी बुईपा डुम्रे-दुवेकोल खाल्ले-लफ्याङ-दिक्तेल टेम्मा-याम्खा र चिसापानी-लिच्कीराम्चे गारी छ वटा क्षेत्र निर्धारण गरेको छ । आर्थिक सहयोग प्रदान गर्नकालागि समितिले आगामी २२ गतेभित्र न्युन आर्थिक स्तर भएका जिल्लाका घिमिरे छोराछोरीको नामावली उपलव्ध गराउन सम्बन्धीत क्षेत्रका समिति सदस्यलाई जिम्मा दिएको छ ।

No comments:

Post a Comment