Thursday, January 14, 2010

अर्खौलेमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पुस-२९, जिल्ला बिकास समिति खोटाङले अर्खौलेमा ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सकेको छ । जिल्ला बिकास समितिले ईलाका नम्बर ५ र ८ को संयुक्त योजना तर्जुमा गोष्ठीकासाथै सार्वजनिक सुनुवाई कायक्रम सकेको हॊ । गोष्ठीले सडकलाई प्रमुख योजनाकारुपमा छनौट गरेको छ । यस्तै सिचाई खानेपानीलगायतका योजनालाई पनि प्रमुख योजनाकारुपमा छनौट गरेको छ ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा ईलाका पशु सेवा केन्द्रबाट औषधि नपाएको कृषि सेवा केन्द्रबाट समयमा मल बीउ नपाएको खोटाङको पश्चिमी क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी राहतको माग गर्नु पर्ने गुनासो उठेका थिए । कार्यक्रममा उपस्थित हुन भएका नेकपा माओवादीका धर्मराज राई कांग्रेसका कुलदीप राई एमालेका उदयबहादुर कार्की र नेकपा एकीकृतका कुमार राईगायतले उठेका जनगुनासोलाई सम्बन्धीत निकायमा पुर् याउने प्रतिबद्धता गर्नु भएको छ । कार्यक्रममा कृषि सेवा केन्द्र हलेसीका प्रमुखबाहेक अन्य ईलाका कार्यलयका प्रतिनिधिहरुको उपस्थिति नरहेको हाम्रा सहकर्मी गोविन्द कटुवालले जनाएका छन् । कार्यक्रको सहजीकरण जिल्ला बिकास समितका कार्यक्रम अधिकृत रबिकिरण आचार्य र नायव सुव्वा नाराण खवासले गर्नु भएको थियो ।

No comments:

Post a Comment