Sunday, January 3, 2010

उपस्वास्थ्यचौकी हलेसीलाई दश लाख बढी मूल्य पर्ने जग्गा निशुल्क

दमन राई/खोटाङ
पुस-१७/खोटाङ हलेसीका तीन जना स्थानीय समाजसेवीले उपस्वास्थ्यचौकी हलेसीका लागि सामुहिक रुपमा दश लाख बढि मूल्य पर्ने जग्गा निशुल्क दिनु भएको छ । हलेसी-४ का गोपाल गिरीले उपस्वस्थ्यचौकी हलेसीकालागि तीन रोपनी जग्गा निशुल्क दिनु भएको छ । उप स्वास्थ्यचौकीको स्तर बृद्धि भएको भन्दै गिरीले पाच लाख बराबरको जग्गा निशुल्क दिनु भएको हो । उहाले उप स्वास्थ्यचौकीका नाममा जग्गा पास गराई सक्नु भएको छ ।
यस्तै स्वास्थ्यचौकीकालागि दुगबहादुर केशीले तीन लाख बराबरको दुई रोपनी प्रकाशचन्द्र गिरीले एक लाख ५० हजार र शुक्र बिश्वकर्माले एक लाख बराबरको जग्गा निशुल्क दिनु भएको छ । निशुल्क जग्गा दाता दुगबहादुर प्रकाशचन्द र शुक्रले भने उपस्वास्थ्यचौकीको नाममा जग्गा पास गरिदिन वाकी रहेको सहयोग समितिका अध्यक्ष हरिश्चन्द्र गिरीले जानकारी दिनु भयो ।

No comments:

Post a Comment