Thursday, January 7, 2010

खोटाङ दिक्तेल बजारको रत्नपार्क क्षेत्रको व्यवस्थापन कार्य शुरु

दमन राई/खोटाङ
महिनौंंदेखि अस्तव्यस्त बनेको खोटाङ दिक्तेल बजारको रत्नपार्क क्षेत्रको व्यवस्थापन कार्य शुरु भएको छ । बजारमा गुड्ने सवारी साधनले ढल र खानेपानीको पाईप फुटाएपछि अव्यवस्थित बनेको दिक्तेलको रत्नपार्क क्षेत्रको बजार व्यवस्थित गर्ने काम शुरु भएको हो । जिल्ला बिकास समितिको तीन लाख ८० हजार आर्थिक सहयोगमा काम शुरु भएको निर्माण उपभोक्ता समिति अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । अहिले बसपार्कदेखि बालमन्दीरसम्मको खानेपानी पाईपको व्यवस्थापनको काम भइरहेको छ । एक सय ७० मिटरमात्र काम गर्न पुग्ने रकमले अहिले त्यो भन्दा ६० मिटर वढि काम भइरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । जिल्ला विकास समितिको ईस्टीमेटअनुशार दुई सय ५० मिटर काम पुरा गर्नु पर्ने हुन्छ । तर यसकालागि ११ लाख बराबर रकमको आवश्यकता पर्ने अध्यक्ष श्रेष्ठको भनाइछ । फेरी-फेरी पनि बजारलाई हिलाम्मे हुन नदिन सडकको किनाराबाट खानेपानी पाईपलाई राख्ने काम भइरहेको छ । यस्तै सडकको छेउमा राखिने पाईपलाई ड्रेनभित्र सुरक्षित पुर्ने काम भइरहेको निर्माण समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । निर्माण समितिले सडक सोलिङ गर्ने र ढल तथा खानेपानीलाई व्यवस्थित गर्नेछ ।

No comments:

Post a Comment