Tuesday, January 26, 2010

अभियुक्तलाई निर्दोष सावित गरेपछि न्यायधिसमाथि नै कार्बाहीको माग

दमन राई/खोटाङ
माघ-११/सात बर्षपछि अभियुक्तलाई जिल्ला अदालत खोटाङले निर्दाेष सावित गरेपछि मृतकका छोराहरुले न्यायधिसमाथि नै कार्बाहीको माग गरेको छ । जिल्लास्थित बतासे वडानम्बर ८ का लिलानाथ दंगालको हत्याका अभियुक्त यज्ञकुमार राई र मुरारी भुजेललाई अदालतले निर्दाेष सावित गर्दै सफाई दिएपछि जिल्ला न्यायधिस दयानाथ खरेललाई आर्थिक प्रलोभनमा मुद्दा फैसला गरेको भन्दै कार्बाहीको माग गरेका छन् ।
मृतक दंगालका कान्छा छोरा इन्द्रप्रसाद दंगालले अभियुक्तले हत्या गरेको प्रसस्त प्रमाण हुदाँहुदै पनि निर्दोष सावित गरेर अदालतले न्यायिक क्षेत्रको खिल्ली उडाएको आरोप लगाउदै न्यायपरिषदमा कार्बाहीका लागि निवेदन दिएका छन् । हुलाकमार्फत न्यायपरिषदमा निवेदन दिएको आज पिडित दंगालले दिक्तेलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
२०५९ माघ २७ गते ५६ बर्षीय लिलानाथ दंगाललाई सोही गाविस वडानम्बर नौका राई र भुजेलले घाँस काट्न गएको बेला हत्या गरेको प्रमाणहरु खुलेपनि न्यायधिसले घुस खाएर निर्दाेष सावित गरेको पत्रकार सम्मेलनमा उनका छोराहरुले दावी गरका छन् । उनीहरुले न्यायधिस खरेलले ४० लाख रुपैयाँसम्म घुस लिएको हुन सक्ने ठोकुवा गरेका छन् । एमाले जिल्ला संगठन विभाग प्रमुख समेत रहेका जेठो छोरा रामप्रसाद दंगाल शिक्षक पेशामा आवद्ध माइला छोरा कासिनाथ दंगाल र एकीकृत माओवादीका जिल्ला सचिवालय सदस्य तथा दश नम्बर इलाका इन्चार्ज इन्द्र दंगाल आफ्नो बाबुको हत्यारालाई बचाएर न्यायिक क्षेत्रले नै आफुहरुलाई अन्याय गरेको पत्रकार सम्मेलनमा गुनासो गर्नु भएको छ ।
उहाहरुले पत्रकार सम्मेलनमा बाबुको हत्याको अभियोगमा अढाई बर्षअघि पक्राउ परेका राई र भुजेलले नै गरेको टेपरेकर्ड र अदालतमा पटक-पटक विभिन्न पक्षबाट दिइएको बयानसहितको प्रमाणहरु पत्रकार सामु प्रस्तुत गरेका छन् । दंगालको हत्या नै भएको डाक्टर रिपोट भएपनि प्रमाण नपुगेको भन्दै अदालतले विराटनगर कारागारमा रहेका अभियुक्त राई र तारिखमा रहेका भुजेलाई निर्दाेष सावित गर्दै हिजो आइतवार सफाई दिएपछि पिडितहरुले कार्बाहीका माग गरेका हुन्् ।
यता पिडितद्वारा घुस लिएको आरोप लागेका जिल्ला न्यायधिस खरेलले भने अभियुक्तलाई दोषी ठहर् याउने पर्याप्त र कानूनी प्रमाण जुट्न नसकेकाले सफाइ दिएको बताउनु भयो ।
दंगालको हत्याभएपछि ५ बर्षसम्म लगातार आफन्तहरुले १८ पटक प्रहरीमा अनुसन्धानका लागि निवेदन दिएपनि द्वन्द्वको समय भन्दै प्रहरी अनुसन्धानमा नगएको प्रमाण अदालतमा छ ।
न्यायाधिस खरेलले भन्नु भयो-घटनामा प्रभावकारी अनुसन्धान र वयान लिएको प्रमाण देखिदैन् । अभियुक्त राइले अर्का अभियुक्त भुजेलसंग गरेको टेपरेकर्डमा समेत राईले दंगाल मार्ने कुरा गरेको उल्लेख छैन्-न्यायधिसले भन्नु भयो ।
तर अभियुक्त राईले निर्दाेष सावितका लागि पुनरावेदन अदालतमा निवेदन दिएपछि पुनरावेदनले टेपरेडर्क संकास्पद भएको भन्दै राईलाई थुनामा नै राख्न र भुजेललाई तारिखमा छोड्न भनेको थियो ।
माओवादीद्वारा विस्थापित जेठा छोरा दंगालले ६४ सालमा टेप रेकर्डसहित निवेदन दिएपछि अभियुक्त राई र भुजेल ६४ साल साउनमा पक्राउ परेका थिए ।
त्यसबेला प्रहरी प्रशासनको उदासिनताकारण गाविस सचिवले नै मुचुल्का गरेको उहाले बताउनु भयो । न्यायधिस खरेल पनि डाक्टर रिर्पाेटबाट र अन्य प्रमाणहरुबाट दंगालको हत्या नै भएको स्वीकार गर्नु हुन्छ । उहाले भन्नु भयो -प्रहरीको फितलो अनुसन्धानले दोषी पत्ता लगाउन नसकिएको हो । मृतक दंगालका छोराहरुले विभिन्न पत्रपत्रिकामा ६ बर्षअघि प्रकाशित सामाग्रीहरु मानवअधिकार विभिन्न पक्षबाट हत्याबारेमा उल्लेख गरेका सामाग्री र टेपरेकर्डलाइ अदालतले लिपीवद्ध गरेको प्रमाणहरुसहित निवेदन दिएका छन् ।

No comments:

Post a Comment