Thursday, January 14, 2010

ओखलढुङगामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

पुस-२९. ओखलढुङगा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराती सदरमुकामबाट हर्कपुरतर्फ जादै गरेको ट्रकको ठक्करबाट ठुलाछाप-६ केउरेनीका ४० वर्षीय कुमार परियारको ओखलढुङगा सदरमुकामस्थित गोरुमारे भाज्याङमा ज्यान गएको हो । मृतक परियारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाटोमा हिडिरहेका परियारलाई खुट्टामा ठक्कर दिएपछि ट्रक व्याक गरी किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रक चालक भने फरार रहेको छ । स्थानीयवासीले दोषीलाई कार्वाहीको माग गर्दै सडक बन्द गराएका छन् । सडक बन्द भएपछि ओखलढुङगामा यातायात सेवा ठप्प भएको छ । उनीहरुले सडकमा ढुङगा मुढा र ट्रक राखेर बाटोमा अवरोध गरिरहेका सहकर्मी राजनकुमार राईले जनाएका छन् ।

No comments:

Post a Comment