Sunday, January 17, 2010

खोटाङमा टेलिफोन सेवाका नाममा ठगिन्छन् सर्वसाधारणहरु

दमन राई/खोटाङ
माघ-१ खोटाङका अधिकांश ग्रामिण भेगका सर्वसाधारणहरु टेलिफोन सेवाका नाममा ठगिने गरेका छन् । टेलिफोन मालिकले टेलिकमले निर्धारण गरेको महसुल भन्दा दोव्वर तेव्वर शुल्क लिएपछि सर्वसाधारण ठगिएका हुन् । ग्रामिणभेगमा टेलिफोन गर्दा शुल्क मनपरी लिने गरेको सर्वसाधारणहरुको गुनासो छ । टेलिकमले अाचल भरीका लागि लोकल बनाएको लामो समय वितिसक्दा पनि अझ टेलिकमले निर्धारण गरेभन्दा दोब्वर रकम लिने गरेको गाउँका सर्वसाधारण्को गुनासो छ । यस्तो समस्या जिल्ल्ााका गाउँ गाउँमा बढि छ । ग्रामिण भेगमा लोकलफोन गर्दा एक मिनेटको प्रतिमिनेट सातदेखि दश रुपैयासम्म तिर्नु परेको सर्वसाधारणको भनाई छ ।
जिल्लाको याम्खामा प्रति मिनेट सात देखि १० रुपैया समेत लिने गरेको पाइएको छ भने डाडाँगाउँमा लोकल फोनको प्रतिमिनेट आठ रुपैका दरले रकम लिने गरेको स्थानीय कृष्ण कार्कीले बताउनु भयो । यस्तै जिल्लाका सुन्तले फाक्टाङ पौवासेरा मौवाबोट देविस्थान छोरम्वु बतासे सुङ्देल दिप्सुङ बाकाचोल खाल्लेखार्मी पाथेकासप्तेश्वर छितापोखरी लगाएतका गाविसमा मनोमानी टेलिफोन शुल्क लिने गरिएको छ । खोटाङको ग्रामिण भेगमा त परै जाओस सदरमुकाम दिक्तेलमा समेत लोकल टेलिफोन गर्दा प्रतिमिनेट सात रुपैया लिने गरेको पाइएको छ । यसवारेमा कुरा उठाउदा फोन मालिकले उल्टै मन परे टेलिफोन गर्नूस मन नपरे नगर्नूस तपाईहरु जस्ता सयौ ग्राहकहरु आउछन् भन्दै धम्क्याउने गरेको सर्वसाधारणको गुनासो छ ।

No comments:

Post a Comment