Sunday, January 10, 2010

दक्षिणी खोटाङका महिलाहरु थामखर्क विमानस्थलको टेवा पर्खाल निर्माणमा

दमन राई/खोटाङ

पुस-२५, पुरुषहरु रोजगारको लागि विदेशिने क्रम तिव्र रुपमा बढि रहँदा दक्षिणी खोटाङका युवति तथा महिलाहरु विमानस्थल निर्माणमा जुटेका छन् । जिल्लाको दोश्रो थामखर्क विमानस्थलको टेवा पर्खाल निर्माणमा स्थानीय महिलाहरु सकि्रयताका साथ कम्मर कसेर लागिपरेका हुन् ।

वड्कादियाले गाउँ विकास समितिमा रहेको विमानस्थलको टेवा पर्खाल निर्माण गर्न यतिबेला एक सय ६८ जना स्थानीय महिला तथा युवतीहरु सकि्रयताका साथ लागि परेका हुन् । नागरिक उड्यन प्राधिकरणको ६५ लाख रुपैया मध्ये टेवा पर्खाल निर्माणको लागि छुट्टिएको ६ लाख रुपैयाको बजेटबाट टेवा पर्खाल बनाउने काम भईरहेको ठेकेदार कर्ण आचार्यले जानकारी दिनुभयो ।

स्थानीय वड्कादियाले खोटाङबजार सावाकटहरे वाप्लुखा ईन्द्रेणीपोखरी र चिप्रीङ का अधिकांश महिलाहरु यसरी काम गरिरहेका छन् । उनीहरुले दैनिक ८ घण्टाको दरले काम गरिरहेका छन् । घरको आर्थिक स्थिती कमजोर भएर वर्ष दिन सम्म पनि राम्ररी खान नपुग्ने भएपछि काम गर्न आएका स्थानीय कमला राईले बताउनुभयो । दैनिक २५० रुपैया ज्यालामा काम लगाएको ठेकेदारले बताएपनि दुईसय मात्र दिएको प्रति कामदारले गुनासो गरेका छन् ।

पहिला काम लगाउँदा २५० रुपैया दिने भनेर काम लगाएको उनिहरुले आरोप लगाएका छन् । दैनिक उपभोग्य समान र घर खर्च चलाउनका लागि ज्यालादारीमा काम गर्नुपरेको स्थानीय रमा विश्वकर्माले बताउनुभयो । वर्षादको समायमा विमानस्थलको तत्लो भाग बगेपछि टेवा पर्खाल लगाउने काम भईरहेको छ । त्यहाँ विद्यार्थीहरु पनि काम गरिरहेका छन् ।

स्कुलमा जाडो विदाभएपछि पढाईखर्च जुटाउन भन्दै उनिहरु ज्यालादारीमा काम गरिरहेको कक्षा ६ मा पढ्दै गरेकी महिला सरीता कोईरालाले बताउनुभयो । विमानस्थलमा टेवा पर्खाल संगै टावर पनि बन्न लागेको छ । जसको लागि ५९ लाख रुपैया बजेट विनियोजन भएको छ । जिल्लाको तीनवटा विमानस्थल मध्ये यो दोश्रो विमानस्थल हो । यस विमानस्थलमा हप्तामा दुई पटक थामखर्क-काठमाडौ र थामखर्क-विराटनगर नेपाल वायुसेवा निगमले नियमित उडान भर्दै आएको छ ।

No comments:

Post a Comment