Sunday, January 17, 2010

'जनताको एकताले मात्र संविधान निर्माण र शान्ति प्रक्रिया सफल हुन्छ' - प्रचण्ड

दमन राई/खोटाङ
माघ-३/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली जनताको एकताले मात्र संविधान निर्माण र शान्तीप्रकि्रया सफल हुने बताउनु भयो । १८ दिने प्रथम खोटाङ युवा महोत्सवको समापन कार्यक्रमलाई आज सदरमुकाम दिक्तेलस्थित माटिकोरेमा सम्बोधन गर्नु हुदै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकेा हो ।
उहाले संविधान निर्माण र शान्तीप्रकि्रयकाविरुद्ध भइरहेका गतिबिधिबिरुद्ध नेपाली जनताले एकता प्रदर्शन गर्न नसके देशमा ठूलो षडयन्त्र हुने खतरा भएको बताउनु भयो । अहिले देशी विदेशी शक्तीहरुले जनआन्दोलनको उपलव्धीहरुलाई असफल बनाउनमा लागेको बताउनुहुदै अध्यक्ष प्रचण्डले यसलाई तोड्नाकालागी सवैलाई आग्रह गर्नु भयो ।
एक अर्को प्रशंगमा उहाले शान्तीप्रकि्रयले माओवादीलाइ फाईदा पुग्ने देखेर कांग्रेस एमालेको नेतृत्वमा संविधानसभा बिघटनमा लागेको आरोप लगाउनु हुदै अध्यक्ष प्रचण्डले जनताले जसलाई हरायो उसैको सरकार बन्ने बिडम्बनाले देशमा प्रजातन्त्र र लोकतन्त्रको मजाक भएको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा माओवादी पोलिट व्युरो सदस्य गोपाल किराती राष्ट्रिय व्यपार महासंघका अध्यक्ष शिब कट्टेल जनमुक्ती सेनाका डिभिजन कमाण्डर पर्वानालगायतको उपस्थिति रहेको थियो ।
प्रतिभाले फुल्न फलन अव पाउनु पर्छ युवा जागे उठेमात्र नयाँ नेपाल बन्छ भन्ने मूलनाराकासाथ पुस-१५ गते शुरु भएको महोत्सवमा महिला तथा पुरुष भलिबल कराते तेक्वान्दो धनुकाण दौड गायन नृत्यलगायत २७ विधामा प्रतियोगीता भएको थियो । महोत्सवमा जिल्लाबाहेक उदयपुर ओखलढुङगालगायतका हजारौं खेलाडीहरुको सहभागीता रहेको खोटाङ युवा महोत्सवका संयोजक नूरकाजी शैंजुले बताउनु भयो ।

No comments:

Post a Comment