Wednesday, December 30, 2009

प्रथम खोटाङ युवा महोत्सव २०६६ शुरु

दमन राई/खोटाङ
पुस-१५/'प्रतिभाले फूल्न फल्न अव पाउनुपर्छ युवा जागे उठे मात्र नया नेपाल बन्छ' भन्ने मूला नाराका साथ आजदेखि प्रथम खोटाङ युवा महोत्सव २०६६ शुरु भएको छ । युवाहरुमा भएका प्रतिभालाई हिचान गरी अवशरबाट बिाचत युवाहरुलाई अवशर प्रदान गर्नु खेलकुद गीतसंगीत र साहित्यका माध्यायमबाट आपसी सदभावको विकास गर्ने उद्धेश्य रहेको महोत्सव १७ दिन अर्थात माघ ३ गतेसम्म साचालन हुने छ । महोत्सवअवधिभर महिला-भलिवल फुटवल तथा भलिवल सितोरिय कराते तेक्वान्दो म्याराथुन नृत्य गायन साहित्यलगायतका २७ विद्यामा प्रतियोगीता हुने छन् । प्रतियोगीतामा जिल्लाका हजारौं युवाहरुको सहभागीता रहेको युवा महोत्सव आयोजक समितिका सचिव सुमन श्रेष्ठले बताउनु भयो । यसैवीच नयाँ नेपाल ऐतिहासिक ठाउँ घुमी फिरी रुम्जाटार हेर्न जाउँ भन्ने नाराकासाथ गत १० गते शुरु भएको ओदलढुङगा रुम्जाटार महोत्सव आज सम्पन्न भएको छ ।

बेवारिसे शव भेटियो

दमन राई/खोटाङ
पुस-१५/खोटाङको खार्मी-३ स्थित लुम्जु खोलामा पुरुषको बेवारिसे शव भेटिएको छ । सडेगलेको अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरिक्षक रुपम लामाले जानकारी दिनु भयो । शव बाटोमुनी भेटिएकाले भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Sunday, December 27, 2009

ज्यान मारेको पाच वर्षपछि खोटाङमा दुई जना पक्राउ

दमन राई/खोटाङ
पुस-१२/ज्यान मारेको पाच वर्षपछि खोटाङ राखाबाङदेल-३ का दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काम गर्न सोलुखुम्बुमा आएका ताप्लेजुङका निर्मल बिश्वकर्माको हत्यमा संलग्न राखाबाङदेल-३ का जाङबु शेर्पा र खोँडे भन्ने काईला शेर्पालाई पाच वर्षपछि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक कृष्णप्रसाद शर्माले जानकी दिनु भयो ।
२०६२ साल माघ ६ गते ताप्लेजुङका बिश्वकर्माको हत्यागरी विदेश गएका शेर्पाद्धयलाई विदेशबाट फर्किएपछि प्रहरीले राखाबाङदेलको तोरीवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका हत्यरा शेर्पाद्धयलाई जिल्ला प्रहरी कार्यलय सोलुखुम्वु पठाईकॊ ईलाका प्रहरी कार्यलय ऐसेलुखर्कका प्रहरी निरिक्षक शर्माले बताउनु भयो ।

Saturday, December 26, 2009

रुम्जटार पर्यटकीय सास्कृतिक महोत्सवको तयारी पूरा

दमन राई/खोटाङ
पुस-९ नयाँ नेपाल ऐतिहासिक ठाउँ घुमी फिरी रुम्जाटार हेर्न जाउँ भन्ने नाराकासाथ भोलीदेखि शुरु हुने ओखालढुङगा रुम्जटार पर्यटकीय सास्कृतिक महोत्सवको तयारी पूरा भएको छ ।
भोली प्रधानमन्त्री माधबकुमार नेपालले महोत्सवको उदघाटन गर्नु हुने छ । स्थानीय हस्तकलाका सामान राडी पाखी ढाका खाँडी जातीय भेषभुषा स्थानीय परिकारलगायतका सामाग्रीहरु महोत्सवका मूख्य आकर्षण रहने छ ।
सय वटा स्टल रहने महोत्सवमा ५१ लाख रुपैंयाको कारोवार हुने ओखालढुङगा रुम्जटार पर्यटकीय सास्कृतिक महोत्सव आयोजक समितिका सचिव प्रताप श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानीय जातजातीको पहिचान झल्कने भेष भुषा तथा झाकी प्रदर्शन गरिने महोत्सवमा ओखलढुङगावाहेक सोलुखुम्वु खोटाङ दोलखा सिन्धुली उदयपुरका ३५ हजार दर्शकले अवलोकन गर्ने आयोजक समिति सचिव श्रेष्ठले बताउनु भयो । महोत्सवमा विभिन्न खेल तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने छन् ।

Monday, December 21, 2009

बिहे गरेको रातदेखि बेहुला बेपत्ता

दमन राई/खोटाङ
पुस-७/ओखलढुङगा माधवपुर गाविस-९ थलहरीका दलबहादुर श्रेष्ठ बिहे गरेको रातदेखि बेपत्ता भएका छन् । गत मंसिर २६ गते मागी विवाह गरेका श्रेष्ठ त्यसै रातदेखि बेपत्ता भएको स्थानीय शिक्षक काजीमान श्रेष्ठले बताउनु भयो । बेहुला श्रेष्ठ हराएपछि बेहुली बालकुमारी श्रेष्ठ बेहुलाको बाबु र आमा चिन्ताले बेहोस भएका छन् । सबैतिर खोजी गर्दा पनि श्रेष्ठकोवारेमा पत्ता लाग्न नसकेको परिवारिक श्रोतले बताएको छ । श्रेष्ठ परिवार धामी झांक्री र ज्योतिषलाई हेराउंदै बसिरहेको शिक्षक श्रेष्ठले बताउनु भयो ।

नवजात शिशुको शव भेटियो

दमन राई/खोटाङ
पुस-७/खोटाङको खार्मी तुर्खाको ठाडेमा नवजात शिशुको शव भेटिएको छ । हालसम्म कसको शिशु भन्नेवारे थाहा हुन नसेको स्थानीय धनचन्द्र राईले बताउनु भयो । नवजात शिशुको शवलाई स्थानीयवासीले पर्खिराखेका छन् । घटनाकावारेमा प्रहरीलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

जयराम वजार व्यावस्थापन समितिले जयराममा राखिएको फेरी साचालनमा ल्याउन जिल्ला विकास समिति खोटाङलाई १५ दिने समयसिमा

दमन राई/खोटाङ
पुस-७ /खोटाङ जयराम वजारका व्यावस्थापन समितिले दुधकोशीको जयराममा राखिएको फेरी पुःन साचालनमा ल्याउन र ड्रमसेट साचालन हटाउन जिल्ला विकास समितिलाई १५ दिने समयसीमा दिनुकासाथै १५ दिनसम्मकालागि दिक्तेल-जयरामघाट सडक बन्दको घोषणा गरेको छ ।
ओखलढुङगा थाक्ले-८ सोक्माटार र फूलवारी युवा क्लव थाक्ले-९ जाक्माका स्थानीयवासीसंग दुधकोशीको जयरामघाटमा ड्रमसेट साचालन गर्ने विषयमा विवाद भएपछि समितिले समयसीमा दिनुकासाथै बन्दको घोषणा गरेको वजार व्यवस्थापन समितिका सचिव सुरेन्द्र राईले जानकारी दिनु भयो ।
उनीहरुको विवादले हप्ता दिनअघिदेखि दिक्तेल-जयरामघाट सडक खण्डअनतरगत च्यास्मीटार-जयरामघाट सडक खण्डमा मालवाहक तथा यात्रुबाहक सवारीसाधन साचालन हुन सकेका छैनन् । वजार व्यवस्थापन समितिले सदरमुकाम दिक्तेलबाट जयरामतर्फ जाने सवै खाले सवारी साधनलाई बाहुनीडाडाको डङ्ठे खोलामा रोकेका स्थानीय देशकुमार राईले बताउनु भयो । हप्तादिनअघिदेखिको त्यस सडक बन्दले सदरमुकाम दित्तःेलमा दैनिक उपभोग्यवस्तु भित्रन नसकेको यातायात व्यवसायीसंघका अध्यक्ष गोपी उदासले बताउनु भयो ।
ओखलढुङगा थाक्लेका स्थानीयवासीले जयरामघाटमा ड्रम सेट साचालन गरेपछि जयराम वारी र पारीका स्थानीयवासीविच विवाद भएको हो ।