Sunday, May 16, 2010

सुर्यबहादुर जिल्लाकै नमूना कफी व्यवसायी

दमन राई/खोटाङ
बैसाख-३१, खोटाङ चिसापानी-२ का सुर्यबहादुर राई जिल्लाकै नमूना कफी व्यवसायी बन्नु भएको छ । राई आफ्नो दुई रोपनी जग्गामा कफी खेती गरेर नमूना कफी व्यवसायी बन्नु भएको हो । एक बोटमा बार्षिक सात देखि आठ किलो उत्पादन हुने कफी बिक्री गरेर राईले आफ्नै ठाउँमा राम्रो कमाई गरिरहनु भएको छ । ईलामबाट कफीको बीउ ल्याएर खेती शुरु गर्नु भएका राईले आफ्नो आठ जनाको परिवार धानीरहनु भएको छ । कफीको सुकाएको ड्रईचेरी दाना प्रतिकिलो ५० र बोक्रा छोडाइएको पार्चमेन्ट दाना प्रतिकिलो डेढ सयमा बिक्री हुने गरेको राईले बताउनु भयो । राईकोअनुशार पुर्वको ईटहरी काठकाडौं कफीको मुख्य बजार हो । कफी अन्य बालीभन्दा उत्पादनमूलक भएको बताउनुहुने राईले यसको बेर्ना समेत उत्पादन गर्दै आउनु भएको छ । पाँचथर र ईलाममा कफी खेती गरेको देख्नु भएका प्रहरीका पेन्सनर राईले गाउँ फर्किएर कफी खेती गर्नु भएको हो । यस क्षेत्रमा अहिले रोपेको तीन वर्षपछि फल दिने कफी खेती गर्नेहरुको लहर नै चलेको छ । राईको सिको गर्दै चिसापानी-७ का चन्द्र प्रधान भोला प्रधान देवीबहादुर प्रधान लक्ष्मण प्रधान देबीबहादुर कार्की एकराज कोईराला सम्झना राई दिप्लुङका दिपक राई सावकटहरेका हाङदीप खम्बुलगायतले कफी खेती शुरु गर्नु भएको छ ।
बालसेवा समाज नेपाल नेर्पा कृषि तथा नाहिमा कृषि श्रोत केन्द्रबाट हौसला पाईरहेका राईले कफीबाहेक चिया खेती समेत शुरु गरेको बताउनु भयो ।

No comments:

Post a Comment