Sunday, May 16, 2010

फरक जातको केटीसंग बिबाह गरेको भन्दै दाजुभाईद्धारा बहिस्कार

दमन राई/खोटाङ
बैसाख-३१, तल्ला जातको केटीसंग बिबाह गरेको भन्दै खोटाङ च्यास्मीटार-७ का हिरालाल राईलाई दाजुभाईले अलग बनाएका छन् । आफुभन्दा तल्ला जातको छिताहार केटीसंग बिबाह गरेको भन्दै दाजुभाईले राईलाई अलग गरेका हुन् । दाजुभाईले आफ्नो कुलपित्री गरेकोबेला आवत-जावतमा रोक लगाएको राईले बताउनु भयो । दाजु भाईले आफ्नो घरमा आउन नदिने र उनको घरमा पनि नजाने बताएका छन् । नआउने हिरालालले डिकुवा-७ ओफ्लाङका छिताहार जातका केटीसंग बिबाह गर्नु भएको छ । डिकुवामा नौ घर संख्यमा बस्दै आएका छिताहारलाई तल्लो जातकोरुपमा भेदभाव गरिदै आइएको छ । स्थानीय सामाजिक परम्पराअनुशार राई र बिश्वकर्माबाट जन्मीएका सन्तानलाई छिताहार भनिन्छ । उता उदयपुरको मादलेमा पनि तीन दर्जन छिताहार परिवारको बसोबास रहेको छ । उनीहरुले भने गत २०६२ साल मंसिरमै यस्तो कुप्रथाको सामुहिक अन्त्यको घोषणा गरिसकेका छन् ।

No comments:

Post a Comment