Friday, May 7, 2010

चट्याङ लागेर खोटाङमा दुई जनाको ज्यान गयो

दमन राई/खोटाङ
बैसाख-२४, चट्याङ लागेर खोटाङमा दुई जनाको ज्यान गएको छ । हावा हुरीसँगै परेको चट्याङले नेर्पा-८ रामपुरका केदार बास्तोला र जालपा-४ साम्वारेका बालिका प्रकृति राईको ज्यान गएको हो । चट्याङ लागेर दुई जना घाईते भएका छन् । आज दिउसो परेको चट्याङ लागेर नेर्पाका १९ वर्षीय बास्तोलाको ज्यान गएको हो । छिमेकी अम्बरबहादुर मगरको घरमा गएकोबेला बिद्युत मिटर बक्समा चट्याङ परेको चट्याङ लागेर बास्तोलाको ज्यान गएको हो । चट्याङ लागेर घाईते भएका बास्तोलाको उपचारकोलागि जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी सहायक निरिक्षक भोजराज रखालले जानकारी दिनु भयो । यस्तै चट्याङ लागेर जालपामा बालिका प्रकृतीको ज्यान गएको छ । हिजो परेको दिउसो परेको चट्याङ लागेर खार्मी-९ कुम्देलका निर वाहादुर राईको ७ वर्षिय छोरी प्रकृतीको ज्यान गएको हो । यस्तै समला राई र केशर राई घाईते भएका छन् । मृत बालिका पढाईको क्रममा जालपामा आफन्त कहाँ वस्दै आएका थिए ।

No comments:

Post a Comment