Tuesday, November 24, 2009

खोटाङको खानीडाडा विमानस्थलमा नियमित उडान शुरु

दमन राई/खोटाङ
मंसिर-९/खाल्लेस्थित मनमाया राई खानीडाडाँ विमानस्थलमा नियमित उडान शुरु भएको छ । विभिन्न दाताको सहयोगमा समुदायले बनाएको विमानस्थलमा आजदेखि नियामित उडान शुरु भएको हो । आज विहान ८ वजे नेपाल एयर लाईन्सको विमानले उडान भरेको छ ।गत आईतवारदेखि नै नियमित उडान हुने भनिएपनि प्राविधिक कारण देखाउदै नेपाल वायु सेवा निगमले उडान रद्ध गरेको थियो । निगमले प्रत्येक साताको आईतवार खानीडाडाँमा नियमित उडान भर्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाले बताउनुभयो । समुदायले बनाएको त्यस विमानस्थलको असोज तीन गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरदिसंह भण्डारीले उद्घाटन गर्नुभएको थियो । उहाले उद्घाटन गर्दै दशैं अघि देखि नै नियमित उडान भर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । चार पटकको परीक्षण उडानपछि नियमित उडान शुरु भएको विमानस्थल निर्माणमा समुदायको सहित झण्डै ९ करोड खर्च भईसकेको छ । निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरेका अनुसार विमानस्थलमा निर्माणमा समुदायको ३ करोड ५० लाख र प्राधिकरणको ५ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । २०५९ साल भदौदेखि समुदायले निर्माण शुरु गरेको बिमानस्थलमा विमान अवतरणका लागि ९० प्रतिशत काम सकिएको छ । बाँकी काम सक्नका लागि अझै ५ करोड ७ लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ । त्यहाँ टेवा पर्खाल कर्मचारी आवास सुरक्षा आवासलगायतका काम हुन बाँकी रहेको समितिले जनाएको छ । जिल्लामा अन्य दुई बिमानस्थल साचालनमा रहेपनि सदरमुकाम नजिक यो बिमानस्थल रहेकाले यहाँबाट बढी सेवाग्राही लाभान्वित हुनेछन् । जिल्लामा साचालित दुवै बिमानस्थल सदरमुकाम भन्दा टाढा रहेकाले विषेश गरी जिल्ला अस्पतालले रिफर गरेका विरामीलाई सास्ती हुने गरेको थियो ।

No comments:

Post a Comment