Sunday, November 22, 2009

खोटाङको आव २०६७/६८ को योजना तर्जुमा गोष्ठी सम्पन्न

दमन राई/खोटाङ
मंसिर-७/खोटाङको आर्थिक वर्ष २०६७/६८ सालको योजना तर्जुमा गोष्ठी सकिएको छ । साना तिना विकास योजनालाईभन्दा ठूला र दिर्घकालिन विकास निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गर्दै गोष्ठी सकिएको हो । सदरमुकाम दिक्तेलको समिक्षुलय हलमा भएको कार्यक्रमका बक्ताहरुले जिल्लाको भविष्य उज्ज्वल बनाउन यहाँको आवश्यकता र सम्भावनाको आधारमा विकासे योजना तर्जुमा गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ल्ाा सह-सचिव मुक्तीले गाउँ ठाउको प्रमुख आवश्यकतालाई पहिचान गरी विकासका योजना निर्माण गर्नु पर्ने बताउनु भयो । उहाँले यस वर्षको गाउँ परिषदमा दलहरुबाट मसलको प्रयोग हुने सम्भावना बढेको बताउनु भयो । दलहरुले आफ्नो प्रभाव जमाउन शक्तीको समुह परिचालन गर्ने प्रबृत्ति मौलाउदै गएकाकारण यस्तो सम्भावना बढेको बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापती बिष्णुकुमार राईले राज्यले अन्तर मनले काम गर्ने वातावरण नबनाएसम्म विकासले गती नपाउने बताउनु भयो । उहाँले २०६३ साल यता जिल्लाको विकासको गती आशा लाग्दो भएको टिप्पणी गर्दै खोटाङको राजधानी दिक्तेललाई सुन्दर बनाउनु पर्नेमा जोड दिनु भयो । यस्तै नेकपा एमालेका जिल्ला सचिव बिशाल भट्टराईले देशमा राजनितिक स्थायीत्व कायम नभएसम्म विकास सम्भव नभएको बताउनु भयो । उहाँले योजना निर्माणमा कुनै शक्ती वा समुहलाई प्रयोग गर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो । राप्रपा नेपालका अध्यक्षँ जीवन श्रेष्ठले दलीय आधारमा गरिने कर्मचारी नियुक्तीले विकास ठप्प हुने बताउनु भयो । वजेटको दुरुपयोग हुनुभन्दा विभिन्न चन्दा माग गर्ने समुहलाई पनि चन्दा दिए फरक नपर्ने बताउनु भयो । यस्तै राष्ट्रिय जनशक्तीका सचिव ललित राईले दलहरुले स्वर्थपुर्तीकालागि विकास निर्माणको योजना बनाउन नहुनेमा जोड दिनृु भयो । यस्तै नेकपा एकीकृतका सचिव सनबहादुर राईले दलीयपक्षपोषणका आधारमा नभइ समावेशी तरिकाले योजना निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जिल्ल्ाास्थित सरकारी तथा गैर सरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधिले योजना तर्जुमा गर्नु पर्ने आ-आफ्ना सुझाव दिएका थिए । कार्यक्रममा अध्यक्षँ तथा स्थानीय विकास अधिकारी बशन्त कुमार भण्डारीले सरकारको निर्देशिका अनुशार गाविसको परिषद गर्न सचिवहरुलाई निर्देशन दिनु भयो ।

No comments:

Post a Comment