Saturday, November 14, 2009

रुपाकोट रेडियोका हालका गतिविधि

रुपाकोट सूचना तथा साचार सहकारी संस्थाद्वारा संचालित रुपाकोट रेडियोले आपुनै भवन निर्माण गर्दै छ । दिक्तेल मुढे स्थित स्थानीयबासीले निःशुल्क दिएको जग्गामा ५ कोठे एक तल्ले भवनको निर्मण कार्य अन्तिम चरणमा पुगेको छ । वीरबहादुर तामाङ साङमाया तामाङ धनबहादुर तामाङ र कर्णबहादुर तामाङले दिनुभएको ३ रोपनी जग्गामा बनिरहेको भवन निर्माणका लागि संसदीय विकास कोषअन्तर्गत ५ लाख अनुदान प्राप्त भएको छ । आ.व.०६५/६६ मा संविधानसभाका सभासद्हरु अर्जुनकुमार राईबाट रु.५० हजार उषाकला राईबाट रु.५० हजार रामकुमार राईबाट रु.१ लाख दुर्गाजयन्ती राईबाट रु.१ लाख र हरि रोकाबाट रु.१ लाख प्राप्त भएको हो । निर्माणधीन भवन पूरा भएपछि १ महिनाभित्र हात भाडामा रहेको स्थानबाट रेडियो स्टेसन सार्ने तयारी भइरहेको छ ।यसैगरी दिक्तेल बजारमा रहेका सम्पर्क कार्यायलयको काम पनि सार्ने गरी तथा स्टुडियो निर्माण गर्नका लागि अर्को भवन निर्माण कार्यको अभियान सुरु भएको छ । यस भवनका लागि रेडियोका सल्लाहकार मनदुकुमार राईबाट आधा रोपनी जग्गा प्राप्त भइसकेको छ । भवन निर्मण कार्य यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी समुदायबाट सहयोग संकलन कार्य थालिएको छ । समुदायद्वारा संचालित रेडियो भएको हुनाले समुदायको सहयोगमा यो भवन निर्माण हुँदैछ । भवन निर्माणका लागि रु।१ हजार वा सोभन्दामाथि रकम सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम ताम्रपत्रमा लेख्ने र रु।५ सय भन्दा माथि रु।९९९ सहयोग दिनेको नाम माउन्ट प्रेुमिङ गरेर भवनमा राख्ने र सहयोग दिनेको नाम र रकम रेडियोबाट तीन पटकसम्म प्रसारण गरिने भएको छ । यो सहयोग संकलनको कार्य अगाडि बढाउन संचालक समितिका अध्यक्ष बागधन राईको संयोजकतवमा भवन निर्माण सहयोग संकलन मूल समिति गठन भएको छ र डा।विष्णु राईको संयोजकत्वमा काठमाडौंमा पनि सहयोग संकलन समिति गठन भएको छ । यसरी समुदायको सहयोगले नै अर्को भवन निर्माण गर्ने कार्य रुप्ाकोट रेडियोको हालको पहिलो काम बनेको छ ।भवन निर्माण कार्यको साथै विषयगत र भाषागत कार्यक्रम अनुगमन तथा प्रवद्र्धन समितिहरुको गठन जनशक्ति विकासका लागि तालिमहरु भई रहेका छन् । सामुदायिक रेडियो प्रसारक संघले काठमाडौंमा उत्पादन गरेको साझा खबर रुपाकोट रेडियोले भदौ ३ गतेबाट प्रसारण गरिरहेको छ । देशभरिका २२ वटा रेडियोहरुसँग समाचार उत्पादन तथा बजार प्रवद्र्धनका लागिसंलग्न रहेको छ । सामुदायिक रेडियो सहयोग केन्द्र÷नेवापससँग सहकार्य गरी सामुदायिक रेडयोका मापनका आधारहरु बनाउन रुपाकोट रेडियोको सकि्रय रुपमा सहभागी भएको छ र सामुदायिक रेडियो सहयोग केन्द्रको सहकार्यमा रेडियोका रणनीति योजना तथा नीति निर्माण गर्ने काममा पनि जुटेको छ ।यसरी रुपाकोट रेडियो भौतिक र नीतिगत रुपमा आपुनै खुट्टामा उभिनका लागि सकि्रया रहेको छ ।
-रुपाकोट रेडियोको मासिक मुखपत्रको पहलो अंकबाट

No comments:

Post a Comment