Saturday, November 21, 2009

ओखलढुङगाका आमाहरु ढाकाको चोली लगाउने अभियानमा

मंसिर-६/परम्परागत ढाकाको चोली लोप हुदैं गएपछि ओखलढुङगाका आमाहरु ढाकाको चोली लगाउने अभियान शुरु गरेका छन् । ओखलढुङगाका पोकली गाम्नाङटार रगनी टारकेरावारस्ीलगायतका आमाहरुले ढाकाको चोली लगाउने अभियान शुरु गरेका हुन् । लोप हुदै गइरहेको ढाकाको चोलीलाई बचाउन जिल्लाभरी नै यो अभियानलाई साचालन गर्ने उमादेवी आमा समुह पोकलीकी अध्यक्ष लक्ष्मी गौतमले बताउनु भयो । हाल एक दर्जन गाविसमा यो ढाका चोली अभियान लागू भइसकेको छ । उनीहरुले महिलासम्वन्धी कार्यक्रम गोष्ठी बैठक छलफल विहे पास्नीजस्ता कार्यक्रममा अनिवार्यरुपमा ढाकाको चोली लगाउनु पर्ने नियम बताएका छन् । आमाहरुको यो अभियानले जिल्लाका सास्कृतिक पहिरनको जगेर्नामात्र हैन ढाकाचोली उत्पादन र घरेलु उद्योग विकास गर्नसमेत सहयोग पुर्याएका छन् । ढाकाको चोली अनिवार्य लगाउनु पर्ने यो अभियानले गाउँमा ढाकाको कपडा निकै खपत बढेको सरस्वति आमा समुहकी अध्यक्षँ गोमा अधिकारीले बताउनु भयो । ढाकाको चोली र फरियामा ठाँटिएर हिड्ने आमाहरु पुरुषहरुलाईसमेत ढाकाको दौरा सुरुवाल र टोपी लगाउन सुझाव दिने गरेको आमा समुहकी अध्यक्ष अधिकारीले बताउनु भयो ।

No comments:

Post a Comment