Tuesday, January 26, 2010

अभियुक्तलाई निर्दोष सावित गरेपछि न्यायधिसमाथि नै कार्बाहीको माग

दमन राई/खोटाङ
माघ-११/सात बर्षपछि अभियुक्तलाई जिल्ला अदालत खोटाङले निर्दाेष सावित गरेपछि मृतकका छोराहरुले न्यायधिसमाथि नै कार्बाहीको माग गरेको छ । जिल्लास्थित बतासे वडानम्बर ८ का लिलानाथ दंगालको हत्याका अभियुक्त यज्ञकुमार राई र मुरारी भुजेललाई अदालतले निर्दाेष सावित गर्दै सफाई दिएपछि जिल्ला न्यायधिस दयानाथ खरेललाई आर्थिक प्रलोभनमा मुद्दा फैसला गरेको भन्दै कार्बाहीको माग गरेका छन् ।
मृतक दंगालका कान्छा छोरा इन्द्रप्रसाद दंगालले अभियुक्तले हत्या गरेको प्रसस्त प्रमाण हुदाँहुदै पनि निर्दोष सावित गरेर अदालतले न्यायिक क्षेत्रको खिल्ली उडाएको आरोप लगाउदै न्यायपरिषदमा कार्बाहीका लागि निवेदन दिएका छन् । हुलाकमार्फत न्यायपरिषदमा निवेदन दिएको आज पिडित दंगालले दिक्तेलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
२०५९ माघ २७ गते ५६ बर्षीय लिलानाथ दंगाललाई सोही गाविस वडानम्बर नौका राई र भुजेलले घाँस काट्न गएको बेला हत्या गरेको प्रमाणहरु खुलेपनि न्यायधिसले घुस खाएर निर्दाेष सावित गरेको पत्रकार सम्मेलनमा उनका छोराहरुले दावी गरका छन् । उनीहरुले न्यायधिस खरेलले ४० लाख रुपैयाँसम्म घुस लिएको हुन सक्ने ठोकुवा गरेका छन् । एमाले जिल्ला संगठन विभाग प्रमुख समेत रहेका जेठो छोरा रामप्रसाद दंगाल शिक्षक पेशामा आवद्ध माइला छोरा कासिनाथ दंगाल र एकीकृत माओवादीका जिल्ला सचिवालय सदस्य तथा दश नम्बर इलाका इन्चार्ज इन्द्र दंगाल आफ्नो बाबुको हत्यारालाई बचाएर न्यायिक क्षेत्रले नै आफुहरुलाई अन्याय गरेको पत्रकार सम्मेलनमा गुनासो गर्नु भएको छ ।
उहाहरुले पत्रकार सम्मेलनमा बाबुको हत्याको अभियोगमा अढाई बर्षअघि पक्राउ परेका राई र भुजेलले नै गरेको टेपरेकर्ड र अदालतमा पटक-पटक विभिन्न पक्षबाट दिइएको बयानसहितको प्रमाणहरु पत्रकार सामु प्रस्तुत गरेका छन् । दंगालको हत्या नै भएको डाक्टर रिपोट भएपनि प्रमाण नपुगेको भन्दै अदालतले विराटनगर कारागारमा रहेका अभियुक्त राई र तारिखमा रहेका भुजेलाई निर्दाेष सावित गर्दै हिजो आइतवार सफाई दिएपछि पिडितहरुले कार्बाहीका माग गरेका हुन्् ।
यता पिडितद्वारा घुस लिएको आरोप लागेका जिल्ला न्यायधिस खरेलले भने अभियुक्तलाई दोषी ठहर् याउने पर्याप्त र कानूनी प्रमाण जुट्न नसकेकाले सफाइ दिएको बताउनु भयो ।
दंगालको हत्याभएपछि ५ बर्षसम्म लगातार आफन्तहरुले १८ पटक प्रहरीमा अनुसन्धानका लागि निवेदन दिएपनि द्वन्द्वको समय भन्दै प्रहरी अनुसन्धानमा नगएको प्रमाण अदालतमा छ ।
न्यायाधिस खरेलले भन्नु भयो-घटनामा प्रभावकारी अनुसन्धान र वयान लिएको प्रमाण देखिदैन् । अभियुक्त राइले अर्का अभियुक्त भुजेलसंग गरेको टेपरेकर्डमा समेत राईले दंगाल मार्ने कुरा गरेको उल्लेख छैन्-न्यायधिसले भन्नु भयो ।
तर अभियुक्त राईले निर्दाेष सावितका लागि पुनरावेदन अदालतमा निवेदन दिएपछि पुनरावेदनले टेपरेडर्क संकास्पद भएको भन्दै राईलाई थुनामा नै राख्न र भुजेललाई तारिखमा छोड्न भनेको थियो ।
माओवादीद्वारा विस्थापित जेठा छोरा दंगालले ६४ सालमा टेप रेकर्डसहित निवेदन दिएपछि अभियुक्त राई र भुजेल ६४ साल साउनमा पक्राउ परेका थिए ।
त्यसबेला प्रहरी प्रशासनको उदासिनताकारण गाविस सचिवले नै मुचुल्का गरेको उहाले बताउनु भयो । न्यायधिस खरेल पनि डाक्टर रिर्पाेटबाट र अन्य प्रमाणहरुबाट दंगालको हत्या नै भएको स्वीकार गर्नु हुन्छ । उहाले भन्नु भयो -प्रहरीको फितलो अनुसन्धानले दोषी पत्ता लगाउन नसकिएको हो । मृतक दंगालका छोराहरुले विभिन्न पत्रपत्रिकामा ६ बर्षअघि प्रकाशित सामाग्रीहरु मानवअधिकार विभिन्न पक्षबाट हत्याबारेमा उल्लेख गरेका सामाग्री र टेपरेकर्डलाइ अदालतले लिपीवद्ध गरेको प्रमाणहरुसहित निवेदन दिएका छन् ।

Sunday, January 24, 2010

चार दललाई कुर्सी उपाहार

दमन राई/खोटाङ
माघ-१०, सत्ता प्राप्तीको हाना थाप र कुर्सीको लुछाचुडीमा लागेको भन्दै एमाले निकट अनेरास्ववियु खोटाङले प्रमुख चार दललाई कुर्सी उपाहार पठाएका छन् । अनेरास्ववियुले एकीकृत नेकपा माओवादी कांग्रेस एमाले र मधेसी जनअधिकार फोरमलाई चन्दा संकलन गरेको पैसाले किनेको चार थान कुर्सी उपाहार पठाएको हो । तोकिएको मितिमा संविधान नबन्दा आईपर्ने सम्भावित संकटलाई मुलकले थेग्न नसक्ने भन्दै अनेरास्ववियुले देशका प्रमुख चार दलहरुको ध्यानाकृष्ट गराउदै ज्ञापनपत्रका साथमा कुर्सी उपाहार पठाएको हो ।

Wednesday, January 20, 2010

खोटाङ हलेसीका महिलाहरुद्धारा तीन सरकारी कार्यलयमा ताला

दमन राई/खोटाङ
माघ-५ /निर्देशिकाअनुकार महिलालाई बजेट विनियोजन नभएको विरोधमा खोटाङ हलेसीका महिलाहरुले गाविसका स्थानीय तीन सरकारी कार्यलयमा ताला लगाएका छन् ।

निर्देशिका अनुशार बजेट नपाएको भन्दै हलेसीका महिलाहरुले ईलाका खाद्य संस्थान कृषि तथा गाविसको कार्यलयमा ताला लगाएका हुन् । महिलाहरुले ताला लगाएपछि तीन ईलाका कार्यलयका दैनिक काम काज ठप्प भएको छ । कार्यलयको कामकाज ठप्प्भएपछि गाविस तथा छिमेकी गाविसका सर्वसाधारण मारमा परेका छन् । उनीहरुले गाउ परिषदको निर्णयसच्याउन माग गर्दै तीन ईलाका कार्यलयमा ताला लगाएको महिला अधिकार माचका उपाध्यक्ष गमिता राईले बताउनु भयो । महिलाहरुले निर्देशिकाले तोकेको भन्दा कम रकम विनियोजन गरेको भन्दै गत पुस- २५ गतेको गाउपरिषदको निर्णय सच्याउन माग गर्दै आएका छन् ।

महिलालाई निर्देशिका अनुशार बजेट नछुट्टयाइएको भन्दै महिलाहरुले पुस-२८ गते बिज्ञाप्तीमार्फत परिषदको निर्णय सच्याउन माग गरेका थियो । महिलाहरुले माघ ३ गतेभित्रमा परिषदको निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने र गाविसको काम काज समेत ठप्प पार्ने चेतावनी दिएका थिए । तर समयसिमा नाघिसक्दा पनि निर्णय नसच्याएको भन्दै महिलाहरुले ईलाका कार्यलयमा ताला लगायका हुन् । महिलाहरुले गत २५ गतेको गाउपरिषदले निर्देशिकाअनुशार आफ्नोलागि बजेट विनियोजन नभएको भन्दै गाउपरिषद बहिस्कार गरेका थिए । महिलाहरु परिषद बहिस्कार गर्दै बाहिरिएपछि पनि परिषदसाचालन भएको थियो ।

Sunday, January 17, 2010

'जनताको एकताले मात्र संविधान निर्माण र शान्ति प्रक्रिया सफल हुन्छ' - प्रचण्ड

दमन राई/खोटाङ
माघ-३/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली जनताको एकताले मात्र संविधान निर्माण र शान्तीप्रकि्रया सफल हुने बताउनु भयो । १८ दिने प्रथम खोटाङ युवा महोत्सवको समापन कार्यक्रमलाई आज सदरमुकाम दिक्तेलस्थित माटिकोरेमा सम्बोधन गर्नु हुदै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकेा हो ।
उहाले संविधान निर्माण र शान्तीप्रकि्रयकाविरुद्ध भइरहेका गतिबिधिबिरुद्ध नेपाली जनताले एकता प्रदर्शन गर्न नसके देशमा ठूलो षडयन्त्र हुने खतरा भएको बताउनु भयो । अहिले देशी विदेशी शक्तीहरुले जनआन्दोलनको उपलव्धीहरुलाई असफल बनाउनमा लागेको बताउनुहुदै अध्यक्ष प्रचण्डले यसलाई तोड्नाकालागी सवैलाई आग्रह गर्नु भयो ।
एक अर्को प्रशंगमा उहाले शान्तीप्रकि्रयले माओवादीलाइ फाईदा पुग्ने देखेर कांग्रेस एमालेको नेतृत्वमा संविधानसभा बिघटनमा लागेको आरोप लगाउनु हुदै अध्यक्ष प्रचण्डले जनताले जसलाई हरायो उसैको सरकार बन्ने बिडम्बनाले देशमा प्रजातन्त्र र लोकतन्त्रको मजाक भएको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा माओवादी पोलिट व्युरो सदस्य गोपाल किराती राष्ट्रिय व्यपार महासंघका अध्यक्ष शिब कट्टेल जनमुक्ती सेनाका डिभिजन कमाण्डर पर्वानालगायतको उपस्थिति रहेको थियो ।
प्रतिभाले फुल्न फलन अव पाउनु पर्छ युवा जागे उठेमात्र नयाँ नेपाल बन्छ भन्ने मूलनाराकासाथ पुस-१५ गते शुरु भएको महोत्सवमा महिला तथा पुरुष भलिबल कराते तेक्वान्दो धनुकाण दौड गायन नृत्यलगायत २७ विधामा प्रतियोगीता भएको थियो । महोत्सवमा जिल्लाबाहेक उदयपुर ओखलढुङगालगायतका हजारौं खेलाडीहरुको सहभागीता रहेको खोटाङ युवा महोत्सवका संयोजक नूरकाजी शैंजुले बताउनु भयो ।

खोटाङमा टेलिफोन सेवाका नाममा ठगिन्छन् सर्वसाधारणहरु

दमन राई/खोटाङ
माघ-१ खोटाङका अधिकांश ग्रामिण भेगका सर्वसाधारणहरु टेलिफोन सेवाका नाममा ठगिने गरेका छन् । टेलिफोन मालिकले टेलिकमले निर्धारण गरेको महसुल भन्दा दोव्वर तेव्वर शुल्क लिएपछि सर्वसाधारण ठगिएका हुन् । ग्रामिणभेगमा टेलिफोन गर्दा शुल्क मनपरी लिने गरेको सर्वसाधारणहरुको गुनासो छ । टेलिकमले अाचल भरीका लागि लोकल बनाएको लामो समय वितिसक्दा पनि अझ टेलिकमले निर्धारण गरेभन्दा दोब्वर रकम लिने गरेको गाउँका सर्वसाधारण्को गुनासो छ । यस्तो समस्या जिल्ल्ााका गाउँ गाउँमा बढि छ । ग्रामिण भेगमा लोकलफोन गर्दा एक मिनेटको प्रतिमिनेट सातदेखि दश रुपैयासम्म तिर्नु परेको सर्वसाधारणको भनाई छ ।
जिल्लाको याम्खामा प्रति मिनेट सात देखि १० रुपैया समेत लिने गरेको पाइएको छ भने डाडाँगाउँमा लोकल फोनको प्रतिमिनेट आठ रुपैका दरले रकम लिने गरेको स्थानीय कृष्ण कार्कीले बताउनु भयो । यस्तै जिल्लाका सुन्तले फाक्टाङ पौवासेरा मौवाबोट देविस्थान छोरम्वु बतासे सुङ्देल दिप्सुङ बाकाचोल खाल्लेखार्मी पाथेकासप्तेश्वर छितापोखरी लगाएतका गाविसमा मनोमानी टेलिफोन शुल्क लिने गरिएको छ । खोटाङको ग्रामिण भेगमा त परै जाओस सदरमुकाम दिक्तेलमा समेत लोकल टेलिफोन गर्दा प्रतिमिनेट सात रुपैया लिने गरेको पाइएको छ । यसवारेमा कुरा उठाउदा फोन मालिकले उल्टै मन परे टेलिफोन गर्नूस मन नपरे नगर्नूस तपाईहरु जस्ता सयौ ग्राहकहरु आउछन् भन्दै धम्क्याउने गरेको सर्वसाधारणको गुनासो छ ।

दुव्र्यवहारप्रति नेपाल महिला संघ खोटाङको ध्यानाकर्षण

पुस-३०/खोटाङ/लिकुवापोखरीका नीरा राईलाई मात्तिम-२ का यादव राईले दुव्र्यवहार गरेका घटनाप्रति नेपाल महिला संघ खोटाङले ध्यानाकर्षण भएको जनाएको छ । सप्तकन्य प्रावि लिकुवापोखरीका प्रधानाध्यापक समेत रहनु भएका राईलाई यादव राईले गत २६ गते मनपरी गाली गलौज गर्दै मार्ने धम्की दिएकोप्रति नेपाल महिला संघले गम्भी ध्यानाकर्षण भएको जनाएको हो ।
संघले आज विज्ञाप्तीमार्फत यस्तो जनाएको हो । नेपाल महिला संघ खोटाङकी सभापती सरस्वति बजिमयले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा मानिसको स्वन्तत्र पुर्वक बाच्न पाउने अधिकारलाई कण्ठीत पार्ने अराजक व्यवहारको भत्स्रना गर्दै दोषीलाई कार्वाही र पिडितलाई न्याय दिलाउन सम्न्धीत निकायसंग माग गरेको छ । पिडित नीरा राई स्थानीय सावित्री अशल शासन क्लवमा आवद्ध हुनु हुन्छ ।
यसअघि घटनाप्रति महिला मानव अधिकार रक्षक साजाल खोटाङ गैरसरकारी संस्था महासंंघ महिला बिभाग अशल शासन जिल्ल्ाा समन्वय समित खोटाङले ध्यनाकर्षण भएको जनाइसकेको छ । गत २८ गते छुट्टाछुट्टै बिज्ञाप्ती प्रकाशित गरी यी संग संगठनले यादव राईलाई कडा कार्बाहीको माग गरेको छ । यी संघसंगठनले दोषीलाई कार्वाही नभए शशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । पिडित महिलाले आफु पिडामा परेको उजुरी प्रहरीचौकी छितापोखरीमा दिए पनि दोषीलाई अहिलेसम्म कार्वाही नभएको गुनासो गर्नु भएको छ । दोषीको खोजी भइरको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

विभिन्न गाविसको गाउ परिषद सम्पन्न

पुस-३०/खोटाङ खार्ताम्छाको गाउ परिषद सकिएको छ । पषिदले विद्युतलाई १२ लाख शिक्षालाई तीन लाख ९२ हजार सडकलाई एक लाख बजेट छुट्याएको छ । यस्तै खानेपानीलाई ९६ हजार सिचाईकालागि ४० हजार गाणतान्त्रीक भ्यु टावर निर्माणकालागि ३ हजार बजेट विनियोजन भएको छ । परिषदले रुपाकोट र हलेसी एफएमलाई समेत बजेट छुट्याएको छ ।
परिषदले खोटाङ युवा महोत्सवमा तेश्रो स्थान प्राप्त गर्ने खार्ताम्छाका महिला भलिबल खेलाडीहरुलाई कदर पत्रसहित सम्मान गर्ने एसएलसि पक्षिामा प्रथम स्थान प्राप्त गर्ने गाविसका छात्रछात्रहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यस्तै दुःखकासाथ छोराहरुलाई डिग्री तह अध्यायन गराउनु हुने खार्ताम्छा-६ का देहेरीलाल बिष्ट र लिला बिष्टलाई सम्मान गर्ने निर्णय भएको गाविस सचिव लेखप्रसाद आचार्यले जानकारी दिनु भयो ।
यसैवीच बुईपाको गाउपरिषद सकिएको छ । परिषदले ग्रामिण सडकलाई १५ लाख शिक्षालाई तीन लाख खोपानीलाई एक लाख लगायतका बजेट विनियोजन गरेको छ ।
यस्तै विद्युतलाई एक लाख संघसस्थालाई दुई लाख ३६ हजार दलित महिलालाई ५० हजार लगायतका बजेट विनियोजन गरेको गाविस सचिव धनबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उता विजयखर्कको गाउ परिषद पनि सकिएको छ । गाविस सचिव केदारनाथ खनालको अध्यक्षतामा योजना अनुगमन समिति निर्माण गर्दै परिषद सकिएको हो । २८ गते नै योजना बाफफाड गरीसकेको पषिदले आज प्रेम खनालको अध्यक्षतामा १५ सदस्यीय ग्रामिण सडक निर्माण उपभोक्ता समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा जैसरी राई सचिव टंक पोखरेल र कोषाध्यक्षमा प्रेम राई रहनु भएको सहकर्मी गोविन्द कटुवालले जनाएका छन् । परिष दगत २६ गतेदेखि शुरु भएको थियो ।