Sunday, April 18, 2010

१७ औँ पारिजात दिवस मनाइयो

नाकिमा/काठमाडौं
५ बैशाख । काठमाडौंको म्हेपीस्थित पारिजात निवासमा स्मृतिसभा गरेर १७ औँ पारिजात दिवस मनाइएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा सम्पन्न सो कार्यक्रममा लक्ष्मी मालीले पारिजातको 'मृत्यु' शीर्षकको कविता वाचन गर्नुभएको थियो भने पद्मरत्न तुलाधर, घनश्याम ढकाल, निनु चपागाई र डा.महेश मास्केले नेपाली साहित्यको मूर्धन्य प्रतिभा पारिजातको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । स्मृतिसभा समापनपछि निर्माणाधिन पारिजातभवनमा राखिएको पारिजातको शालिकमा सुकन्या वाइबा लगायत उपस्थितहरुले माल्यार्पण गरेका थिए ।

No comments:

Post a Comment