Tuesday, April 13, 2010

नयाँ वर्षको नयाँ बिहानीमा प्रचण्ड निवासमा कविहरु

१ बैशाख । संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि दवाव स्वरुप पारिजात स्मृति केन्द्रले काठमाडौं नयाँबजारस्थित एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड निवासमा स्वयम् प्रचण्डकै उपस्थितिमा कविता वाचन सम्पन्न गरेको छ । बिहान ७ बजेदेखि एक घण्टा चलेको उक्त कविता वाचनमा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्शी, लक्ष्मी माली, बिमला तुम्खेवा लगायतका १५ जना कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम र कविताहरुको प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने संविधान निर्माणको निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेको कुरा बताउनु भयो । साथै उहाँले नयाँ वर्षलाई साँच्चै नयाँ बनाइदिएकोमा पारिजात स्मृति केन्द्रलाई धन्यवाद दिनुभयो । स्मृति केन्द्रले भोलि बिहान एमाले अध्यक्ष झलनाथ खनालको निवासमा कविता सुनाउने कार्यक्रम तय गरेको छ ।

No comments:

Post a Comment