प्रभास साहित्यिक समूहको मासिक प्रकाशन 'शब्दशिखा'को चैत अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले स्व.स्वप्निल स्मृति, दीपा एवाई राई, मनु लोहोरुङ र विष्णु नेम्वाङ सुब्बाको कविता, राजन मुकारुङ र नदीशको गीत, सरिता राई, कृष्णपक्ष र श्रवण खनालको गजल, यल्जी विवशको हाइकू, साहित्यिक समाचार, पुस्तक परिचयको अलवा पदम राईद्वारा अनुदित रुसी लोककथा, विशदबाट कविताकृति, 'धारिला मानिसहरु'को चर्चा र सुमन तण्डुकारद्वारा अनुदित नाकिमाको नेपाल भाषाको कविता पढ्न पाउनुहुनेछ । फेसबूक विशेष यस नवौँ अङ्कका अधिकांश सामगि्रहरु फेसबूकबाट साभार गरिएका हुन् ।Wednesday, April 21, 2010
शब्दशिखाको फेसबूक विशेष चैत अङ्क प्रकाशित
प्रभास साहित्यिक समूहको मासिक प्रकाशन 'शब्दशिखा'को चैत अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले स्व.स्वप्निल स्मृति, दीपा एवाई राई, मनु लोहोरुङ र विष्णु नेम्वाङ सुब्बाको कविता, राजन मुकारुङ र नदीशको गीत, सरिता राई, कृष्णपक्ष र श्रवण खनालको गजल, यल्जी विवशको हाइकू, साहित्यिक समाचार, पुस्तक परिचयको अलवा पदम राईद्वारा अनुदित रुसी लोककथा, विशदबाट कविताकृति, 'धारिला मानिसहरु'को चर्चा र सुमन तण्डुकारद्वारा अनुदित नाकिमाको नेपाल भाषाको कविता पढ्न पाउनुहुनेछ । फेसबूक विशेष यस नवौँ अङ्कका अधिकांश सामगि्रहरु फेसबूकबाट साभार गरिएका हुन् ।Sunday, April 18, 2010
१७ औँ पारिजात दिवस मनाइयो
नाकिमा/काठमाडौंभाउजुको ज्यान मारेको आरोपमा एक जना पक्राउ
बैसाख-५ आफ्नै भाउजुको ज्यान मारेको आरोपमा कुभिन्डेका ताराकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ४५ बर्षीय भाउजु चन्द्रमायाँ तामाङको हत्य गरेको आरोपमा प्रहरीले कुभिन्डे-१ का आरोपित तामाङलाई हिजो पक्राउ गरेको हो । रक्सी पोखिएको निहुमा ताराकुमारले गत ३ गते बेलुका भाउजु चन्द्रमायाँको हत्य गरेका थिए । अभियुक्तलाई नियान्त्रणमा लिइ घटनाकाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
नयाँ वर्षको शुभकामना आदानप्रदानसहित कविता वाचन
४ बैशाख । नव वर्ष २०६७ सालको शुभकामना आदानप्रदान कार्यक्रमसहित खोटाङ महासमाजले कवि गोष्ठी सम्पन्न गरेको छ । सो कार्यक्रममा विश्व दर्शन, चन्द्र चाम्लिङ, मंजु मार्मिका र नाकिमा लगायतका थुप्रै कविहरुले कविता वाचन गरे भने सभासदहरु अस्मिता कार्की, हिरा गुरुङ साहित्यकारहरु डा.विष्णु राई, धनप्रसाद सुवेदी 'श्रमिक' लगायतका विभिन्न खोटाङ्गे महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासमाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको साचालन सो संस्थाका महासचिव मनिप्रसाद राईले गरेका थिए ।
शुभकामना आदान प्रदान गर्दै रुपाकोट सामुदायीक रेडियोद्धारा तेश्रो बार्षिकोत्सव मनाउदै
बैसाख-१ ख्ााेटाङको रुपाकोट सामुदायीक रेडियोले एक आपसमा शुभकामना आदान प्रदान गर्दै आफ्नो तेश्रो बार्षिकोत्सवको मनाइरहेको छ । बार्षिकोत्सवको अवशरमा रेडियोले दिक्तेलको समिक्षालयमा आज शुभकामना आदान प्रदान कार्याक्रम गरेको छ । कार्यक्रममा शुभकामना शन्देशमार्फत
तीन वर्षअघि स्थापना भएको रुपाकोट रेडियोले बिभिन्न समाचार तथा मनोराजनात्मक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको छ । दक्षिण एसियमै सबैभन्दा बढि शेयर सदस्य भएको रेडियो समुदायको आफ्नै लगानीमा स्थापना भएको हो ।
Tuesday, April 13, 2010
नयाँ वर्षको नयाँ बिहानीमा प्रचण्ड निवासमा कविहरु
पानी माग गर्दै खोटाङ रतन्छाका कृषकद्धारा नाग पुजा
चैत्र-३१ लामो समयसम्म पानी नपरेपछि खोटाङ रतन्छाका कृषकहरुले खोलामा गएर नाग पुजा गरेका छन् । उनीहरुले पानीको माग गर्दै बोरीया खोलाको फराँके दहमा पाँच जना नक्छुङहरुद्धारा नागको पुजा गरेका हुन् । उनीहरुले राई संस्कृति अनुशार नागलाई जाँड रक्सी चढाएर पुजा गरेको स्थानीय राजेन्द्र राईले जानकारी दिनु भयो । नाग पुजा गर्नकालागि रतन्छाका दुई सय बढि किसानहरु सहभागी थिए । लामो समयसम्मको खडेरीले त्यस क्षेत्रका हजारौं हेक्टर कृषि योग्य जमिनमा खेती लगाउन सकिएको छैन ।
Saturday, April 10, 2010
खोटाङका साहित्यकर्मीहरुद्धारा सडक साहित्य प्रस्तुत
दमन राई/खोटाङ
चैत्र-२८ तोकिएको समयमा संविधान बनाउन दबाब दिन खोटाङका साहित्यकर्मीहरुले सदरमुकाम दिक्तेलमा सडक साहित्य प्रस्तुत गरेका छन् । राष्ट्रिय वाङमय कला प्रतिष्ठानले आयोजना गरेको सडक साहित्य आन्दोलन अन्तर्गत जिल्लाका डेढ दर्जन साहित्यकर्मीले रचना प्रस्तुत गरेका छन् । सदरमुकाम दिक्तेलको त्रिवेणी चौकमा आयोजित साहित्यिक आन्दोलनमा साहित्यकार विष्णु आभुषण चमा थुलुङ वेदीकुमार राई लगायतका साहित्यकर्मीहरुले रचना सुनाउनु भएको थियो । जनताले चुनेका नेताहरुले संविधान बनाउन बिर्सिएकाले आन्दोलन सुरु गरिएको साहित्यकर्मीहरुले बताएका छन् ।

