Tuesday, March 23, 2010

खोटाङमा सुधारिएको चुल्होप्रति सर्वसाधारण आकर्षित

दमन राई/खोटाङ
चैत्र-१०/ईन्धनको खपत सस्तो र भान्छा छिटो तयार हुने भएपछि खोटाङका गाउ-गाउका सर्बसाधारण सुधारिएको चुल्होप्रति आकर्षि हुन थालेका छन् । थोरै दाउराले भात तरकारी पकाउन सकिने भएपछि सर्वसाधारणहरु सुधारिएको चुल्होप्रति आकषिृत बनेका हुन् । जिल्लामा एक वर्ष यता सुधारिएको चुल्हो बनाउन थालिएको हो । जिल्लाका नेर्पा दिक्तेल चिउरीडाडा मात्तिम खार्पा खाल्ले अर्खौले बुईपा चिसापानीलगायत १५ गाबिसमा चुल्हो निर्माण कार्यक्रम साचालन भएको छ । जैबिक उर्जा सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका दुई संस्था बाल सेवा समाज नेपाल नेर्पा र हिमाली क्लवले यस्तो अभियान साचालन गरिरहेका छन् । सुधारिएको चुल्हो करिब एक हजारको लागतमा निर्माण हुने भएपछि जिल्लामा यसको माग बढ्दो छ । जिल्लामा अहिले समान सतह फरक सतह र बहुउद्धेश्यीय गरी एक हजार दुई सय बढि घरमा सुधारिएको चुल्हो निर्माण भइसकेको बाल सेवा समाज नेपादल नेर्पाका अध्यक्ष दीपनारायण रिजालले बताउनु भयो । सुधारिएको चुल्होबाट उपयोगी धेरै र कम खर्चमा निर्माण हुने भएकाले पनि माग बढेको उहाँको भनाई छ । सदरमुकाम दिक्तेल भवन गैरामा होटल व्यवसाय गर्दै आउनु भएको सुवास आचार्यकाअनुशार सुधारिएको चुल्हो बनाएपछि चौतर्फी फाईदा भएको बताउनु हुन्छ । सुधारिएको चुल्हो बनाएपछि दाउरा कम लाग्नुकासाथै खाना पकाउन छिटो र धुवारहित भएको उहाँको अनुभव छ ।

No comments:

Post a Comment