Saturday, February 6, 2010

खोटाङ दोर्पाचिउरीडाडाका आमाहरु बिद्यालय स्थापना गर्ने अभियानमा

दमन राई/खोटाङ
माघ-२४, खोटाङ/दोर्पाचिउरीडाडाका आमाहरु गाउँमा बिद्यालय स्थापना गर्न जुट्ने भएका छन् । शिक्षामा लगानी हाम्रो अभियान भन्ने मूल नाराकासाथ नव प्रगतीशिल आमा समुह दोर्पा चिउरीडाडा-२ दुम्लीले आफ्नो गाउमा बिद्यालय निर्माण गर्ने भएको हो । विद्यालय स्थापनाकालागि आमा समुहले चार वर्ष अघिदेखि मासिक प्रतिव्याक्ती पाचका दरले उठाएर जम्मा भएको ७० हजारको लगानी गर्ने भएको छ । आगामी शैक्षिकसत्रदेखि साचालन हुनेगरी आमा समुहले प्रावि तहको विद्यालय स्थापना गर्ने भएका हुन् । मसिना बालबच्चालाई टाढाको विद्यालयमा पठाउन समस्य भएको भन्दै महिलाहरु आफ्नै गाउमा बिद्यालय स्थापना गर्ने अभियानमा जुटेका आमा समुहका अध्यक्ष माया खड्काले बताउनु भयो । विद्यालय स्थापना गर्नकालागि दोर्पाचिउरीडाडा-२ का कृष्णकुमार राई र तेजबहादुर बुढाथोकीले संयुक्त एक रोपनी जग्गा निशुल्क दिनु भएको छ । आमा समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

आमा समुहमा संगठीत दोर्पाका आमाहरुले आफ्नो कोषमा जम्मा भएको रकम सस्तो व्याजमा लगानी गरिरहेका छन् । समुहमा आवद्ध सदस्यलाई आर्थिक समस्य परेकोबेला त्यही कोषमा जम्मा भएको ऋण दिने व्यवस्था मिलाएको िसंहदेवी प्राबि दोर्पाका प्रधानाध्यपक श्रीराम राईले जानकारी दिनु भयो । गाउमा बाटोघाटो मर्मत तथ सरसफाई गर्दै आएका आमा समुहले सुत्केरी मुटु र मृगौलाका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको आमा समुहका सचिव अंजना राईले बताउनु भयो ।

No comments:

Post a Comment