Thursday, February 4, 2010

पाँच दिनपछि खोटाङको जयरामघाट-दिक्तेल सडक सुचारु

दमन राई/खोटाङ
माघ-२१/पाँच दिनपछि खोटाङको जयरामघाट-दिक्तेल सडक खुलेको छ । बन्दकर्ता र यातायात व्यवसायी संघ खोटाङका प्रतिनिधिवीच आउदो एक गतेभित्र बार्ताका माध्यायमबाट समस्यको निकास निकाल्ने सहमती भएपछि बन्द यातायात खुलेको हो । बन्द फिर्ता लिइएपछि आजदेखि जयरामबाट सदरमुकाम दिक्तेलमा चामल नुन तेलजस्ता दैनिक उपभोग्यबस्तुको ढुवानी शुरु भएको छ । सिन्डीकेटको माग गर्दै १६ गतेदेखि जयरामघाटका यातायात व्यवसायीले दिक्तेल-जयरामघाट सडक बन्द गरेका थिए । यातायात व्यवसायी संघ खोटाङले अवरुद्ध जयरामघाट-दिक्तेल सडक खुलाउनकालागि बन्दकर्तालाई छलफलका माध्यायमबाट निकास निकाल्नकालागि पत्र पठाएको थियो ।

उनीहरुको सडक बन्दले १६ गतेदेखि जयरामघाटबाट दिक्तेलमा कुनै पनि समान ढुवानी हुन सकेको थिएन । खोटाङ उद्योग बाणिज्य संघ र यातायात व्यवसायी संघले सिन्डीकेट प्रणालीको बिरोध गर्दै आएको छ ।

No comments:

Post a Comment