Sunday, June 13, 2010

फेरी साचालन नहुँदा खोटाङमा दैनिक उपभोग्य सामग्रीको अभाव

दमन राई/खोटाङजेठ-, २७ धनकुटा र भोजपुरको सिमाना अरुण नदीमा फेरी साचालन नहुँदा खोटाङ सदरमुकाम दिक्तेलमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । अवरुद्ध फेरीबाट सामान तार्न नसकिएपछि खोटाङमा एक हप्तादेखि चामल दाल नुन तेलजस्ता दैनिक उपभोग्य सामाग्रीको अभाव भएको हो । नदीमा पानीको सतह बढेसंगै फेरी बन्द हुँदा सामान आयात बन्द भएको उद्योग बाणिज्य संघ खोटाङका उपाध्यक्ष राजु लयालुले बताउनुभयो । फेरी नचल्दा धरान धनकुटा भोजपुर हुँदै दिक्तेल आउने सवारी साधन लेगुवामा नै रोकिएका छन् । यो नाकाबाट जिल्लामा दैनिक १५/२० वटा मालबाहक सवारी साधनले दैनिक उपभोग्य सामाग्री ओसार्दै आएको छ ।

Tuesday, June 1, 2010

गणतन्त्र दिवसको अवसरमा जागरण गीत प्रतियोगिता सम्पन्न

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा गृह मन्त्रालय र रेडियो नेपालको आयोजनामा जागरण गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गीत रचनातर्फ तारा थुलुङ 'अथाह' र संगीततर्फ नरेन्द्र प्यासी उत्कृष्ट भएका छन् भने गायनतर्फ क्रमशः रोशना रश्मि, केशव पौडेल, नारायण लामा र राधिका भण्डारी प्रथम, गोविन्द इम्सोङ र सुवास इम्सोङ दोस्रो र रिन्कु जसवालले तेस्रो स्थान प्राप्त गरेका छन् ।