Wednesday, March 31, 2010

चौथो शृङ्खलामा पारिजात महिला कवि गोष्ठी

नाकिमा/काठमाडौं

१८ चैत्र । पारिजात स्मृति केन्द्रको आयोजनामा 'पारिजात महिला कवि गोष्ठी'को चौथो शृङ्खला सम्पन्न भएको छ । काठमाडौंको रविभवनस्थित रातो घरमा संचालित चौथो शृङ्खलामा कविहरु प्रगति राई, अस्मिता मानन्धर, सुधा त्रिपाठी, हरिमाया भेटवाल, चन्दा थामी, शुशिला प्रधानाङ्ग र लक्ष्मी मालीले आ-आफ्ना कविता सुनाउनुभयो । वाचित कविताहरुमाथि कवि श्रवण मुकारुङ लगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए ।

खोटाङको लेकाली क्षेत्रमा मकै छर्न सकिएन

दमन राई/खोटाङ

चैत्र-१६, समयमै पानी नपरेपछि खोटाङको लेकाली क्षेत्रका सयौं हेक्टर क्षेत्रफल जमिनमा मकै छर्न सकिएको छैन । पानी नपरेपछि लेकाली क्षेत्रका २५ प्रतिशत खेती योग्य जमिनमा मकै छर्न नसकिएको जिल्ला कृषि बिकास कार्यालय खोटाङले जनाएको छ । जिल्लाको मात्तिम खिदिमा छितापोखरी चिसापानी ईन्द्रेणीपोखरीलगायतका लेकाली गाबिसमा मकै छर्न ढिलाई भएको जिल्ला कृषि बिकास कार्यलय खोटाङका प्राबिधिक सहायक शम्भुप्रसाद शाहले बताउनु भयो । फागुनमा छरी सक्नुपर्ने मकै चैत्रमा पनि छर्न नपाउदा यी क्षेत्रका किसान चिन्तित भएका छन् । यस्तै लामो समयसम्मको खडेरीले जिल्लाको दक्षिण-पुर्वी क्षेत्रका दर्जनौं गाबिसका किसानहरुले मकै छर्न पाएका छैनन् । जिल्लाको टेम्मा याम्खा बतासे देबिस्थान मौवाबोटे फाक्टाङ चिसापानी सावाकटहरे बड्कादियाले खोटाङबजार लिच्कीराम्चे गाविसका किसानहरुले मकै छर्न नपाएका लिच्कीराम्चेका स्थानीयवासी रमेश राईले बताउनुभयो । पानी नपरेपछि त्यस क्षेत्रको खेतबारीमा लगाइएको गहु आलु र तोरी मर्न थालेका छन् । यस्तै पानीको अभावमा चैते धान रोप्न नसकिएको र रोपेको धानको बिरुवा मर्न थालेको बड्कादियालेका रबि गेलालले बताउनु भयो ।

Monday, March 29, 2010

खोटाङका दर्जनौं खोलाहरुमा माछा हराउँदै

दमन राई/खोटाङ
चैत्र-१५/बिष तथा करेन्ट लगाएर माछा मार्न थालिएपछि खोटाङका दर्जनौं खोलाहरुमा माछा हराउदै गएका छन् । माछा मार्न जथाभावी करेन्ट तथा बिषको प्रयोग बढेपछि जिल्लाको सावा रावा तावा टुवा साप्सु मेवा दिखुवालगायतका दर्जनौं खोलाहरुमा माछा हराउदै गएको हुन् । अघिल्ला वर्षहरुमा प्रशस्त माछा पाईने यी खोलाहरुमा हिजो आज माछा पाउन छाडिएको दिप्सुङका टेकबहादु राईले बताउनु भयो ।
जथाभावी खोलामा बिष तथा करेन्ट लगाइएपछि माछा माछाका भुरा यसका आहारा र अन्य जलचर समेत नाश भएका छन् ।स्थानीयवासीहरुले खोलाको माछा मार्न करेन्ट बिष किटनाशक औषधि हाल्ने बल्छी जाल थाप्ने गरेका छन् । यसवाहेक बबिस टिम्मुर चुवा एक जातको रुखको बोक्रालाई समेत बिषकोरुपमा प्रयोग गर्ने गरिएको छ । खोलामा जथाभावी माछा मार्न प्रतिबन्ध लगाइएपनि माछा मार्नेक्रम नरोकिएको माछा संरक्षण समितिले जनाएको छ ।

आगलागीमा पाँच लाख बढि क्षती

दमन राई/खोटाङ
चैत्र-१५/खोटाङ जालपा-१ छिप्तीकी धनकुमारी तामाङको घरमा आगलागी हुँदा पाँच लाख बढि क्षती भएको छ । हिजो बेलुका भएको आगलागीमा तामाङको घर र मतान जलेर साँढे पाँच लाख बराबरको धनमाल नष्ट भएको हो ।
आगलागीमा घरमा भएका अन्न लत्ता कपडासमेत नष्ट भएको स्थानीय लक्ष्मी तामाङले जानकारी दिनु भयो । बेलुका सात वजे भएको आगलागीकोकारण भने खुल्न सकेको छैन । स्थानीय रेडक्रस प्रतिनिधि र छिमेकीले आगो नियान्त्रण गर्ने प्रयास गरेपनि सफल नभएको स्थानीय तामाङले बताउनु भयो । आगलागीमा मानवीय क्षती भएको छैन । आगलागीवारे जानकारी नभएको प्रहरीले जनाएको छ ।

Sunday, March 28, 2010

ललितपुर र खोटाङमा एकैसाथ सिर्जना सागर सम्पन्न

१४ चैत्र । २८ जना स्रष्टा/स्रोताको उपस्थितिसहित 'सिर्जना सागर'को १९ औँ श्रृङ्खला सम्पन्न भएको छ । प्रभास साहित्यिक समूह केन्द्र र अखिल नेपाल लेखक सङ्घ ललितपुरको आयोजनामा संचालित सिर्जना वाचन/श्रवनको उक्त मासिक कार्यक्रम हरेक महिनाको दोस्रो शनिबार ललितपुरको लगनखेलस्थित नमूना उ.मा.वि.मा सम्पन्न हुँदै आएको छ ।

यसैगरी खोटाङमा पनि प्रभास साहित्यिक समूह खोटाङको आयोजनामा उस्तै प्रकृतिको कार्यक्रम 'सिर्जना सागर'को पहिलो श्रृङ्खला सम्पन्न भएको छ । सदरमुकाम दिक्तेलस्थित किरात राई विद्यार्थी सङ्घको हलमा सम्पन्न पहिलो श्रृङ्खलामा १९ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।

Friday, March 26, 2010

खोटाङमा एसएलसि दिदै गरेका एक छात्राको ज्यान गयो

दमन राई/खोटाङ
चैत्र-१३/मधुमेहकाकारण खोटाङमा एसएलसि दिदै गरेका एक छात्राको ज्यान भएको छ । मधुमेहकाकारण कालिका माबि नेर्पाका २१ बर्षीय छात्रा सर्मिला गजमेरको ज्यान गएको हो । श्रीमाबि बास्बोटे लफ्याङ केन्द्रबाट एसएलसि परिक्षा दिदै गरेकी छात्रा सर्मिला गजमेरको उपचारकोक्रममा आज बेलुका ज्यान गएको जिल्ला अस्पतालका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश हिमालीले बताउनु भयो । हिजो अंग्रेजी बिषयको परिक्षा दिदै गर्दा रोगले च्यापेपछि छात्रा गजमेर परिक्षा हलबाट एक घण्टाअघि नै बाहिरिएका केन्द्राध्यक्ष शिबहरी ढकालले बताउनु भयो । बिरामी छात्रालाई उपचारकालागि हिजो दिउसो अस्पतालमा भर्ना गरिएको थियो । आजको हवाई जहाज क्या_िन्सल भएपछि गजमेरलाई थप उपचारकालागि अन्यात्र लैजाने प्रयास असफल भएको थियो । अन्यत्र लैजाने प्रयास असफल भएपछि उनको अस्पतालमै फकाईएपछि मृत्यु भएको हो । अस्पतालले गजमेरलाई १५ दिनअघि नै अर्थात गत फागुन २७ गते रिफर गरेको जनाएको छ ।

Tuesday, March 23, 2010

खोटाङको हलेसीमा आज रामनवमी मेला

दमन राई/खोटाङ
चैत्र-११/रामनवमीको अवसरमा खोटाङको हलेसीमा ठूलो रामनवमी मेला लागीरहेको छ । हलेसीमा महादेव र पार्वतीको दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागीरहेको छ । हलेसीमा आज विहानैबाट हजारौ दर्शनार्थीले पूजा आरधाना गरिरहेका छन् । पुर्वको पशुपति मानिने हलेसीमामा अझै हप्ता दिनसम्म रामनवमी मेला लाग्ने बजार व्यवस्थापन समिति अध्यक्ष कमानिसं राईले बताउनु भयो । हलेसीमा तीन चार दिन देखि भक्तजनको घुइचो लाग्दै आएको छ । यस वर्षदेखि हलेसीमा यातायात सुबिधा पुगेपछि दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । महादेव स्थान पार्वती गणेश मन्दीर धर्मद्धार पाप द्धार बसाहा गुफा भैरब स्थानलगायतका दृश्य अवलोकन दर्शन र मेला भर्न हलेसीमा स्वदेश तथा बिदेशबाट दर्शनार्थीको भिड लाग्ने गरेको छ ।

खोटाङमा सुधारिएको चुल्होप्रति सर्वसाधारण आकर्षित

दमन राई/खोटाङ
चैत्र-१०/ईन्धनको खपत सस्तो र भान्छा छिटो तयार हुने भएपछि खोटाङका गाउ-गाउका सर्बसाधारण सुधारिएको चुल्होप्रति आकर्षि हुन थालेका छन् । थोरै दाउराले भात तरकारी पकाउन सकिने भएपछि सर्वसाधारणहरु सुधारिएको चुल्होप्रति आकषिृत बनेका हुन् । जिल्लामा एक वर्ष यता सुधारिएको चुल्हो बनाउन थालिएको हो । जिल्लाका नेर्पा दिक्तेल चिउरीडाडा मात्तिम खार्पा खाल्ले अर्खौले बुईपा चिसापानीलगायत १५ गाबिसमा चुल्हो निर्माण कार्यक्रम साचालन भएको छ । जैबिक उर्जा सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका दुई संस्था बाल सेवा समाज नेपाल नेर्पा र हिमाली क्लवले यस्तो अभियान साचालन गरिरहेका छन् । सुधारिएको चुल्हो करिब एक हजारको लागतमा निर्माण हुने भएपछि जिल्लामा यसको माग बढ्दो छ । जिल्लामा अहिले समान सतह फरक सतह र बहुउद्धेश्यीय गरी एक हजार दुई सय बढि घरमा सुधारिएको चुल्हो निर्माण भइसकेको बाल सेवा समाज नेपादल नेर्पाका अध्यक्ष दीपनारायण रिजालले बताउनु भयो । सुधारिएको चुल्होबाट उपयोगी धेरै र कम खर्चमा निर्माण हुने भएकाले पनि माग बढेको उहाँको भनाई छ । सदरमुकाम दिक्तेल भवन गैरामा होटल व्यवसाय गर्दै आउनु भएको सुवास आचार्यकाअनुशार सुधारिएको चुल्हो बनाएपछि चौतर्फी फाईदा भएको बताउनु हुन्छ । सुधारिएको चुल्हो बनाएपछि दाउरा कम लाग्नुकासाथै खाना पकाउन छिटो र धुवारहित भएको उहाँको अनुभव छ ।

खोटाङको हलेसीमा आज रामनवमी मेला

दमन राई/खोटाङ
चैत्र-११/रामनवमीको अवसरमा खोटाङको हलेसीमा ठूलो रामनवमी मेला लागीरहेको छ । हलेसीमा महादेव र पार्वतीको दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागीरहेको छ ।
हलेसीमा आज विहानैबाट हजारौ दर्शनार्थीले पूजा आरधाना गरिरहेका छन् । पुर्वको पशुपति मानिने हलेसीमामा अझै हप्ता दिनसम्म रामनवमी मेला लाग्ने बजार व्यवस्थापन समिति अध्यक्ष कमानिसं राईले बताउनु भयो । हलेसीमा तीन चार दिन देखि भक्तजनको घुइचो लाग्दै आएको छ । यस वर्षदेखि हलेसीमा यातायात सुबिधा पुगेपछि दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । महादेव स्थान पार्वती गणेश मन्दीर धर्मद्धार पाप द्धार बसाहा गुफा भैरब स्थानलगायतका दृश्य अवलोकन दर्शन र मेला भर्न हलेसीमा स्वदेश तथा बिदेशबाट दर्शनार्थीको भिड लाग्ने गरेको छ ।

Sunday, March 21, 2010

अज्ञात रोगबाट खोटाङमा पाँच दर्जन बिद्यार्थी बिरामी

दमन राई/खोटाङ
चैत्र-७/केही दिनअघिदेखि फैलिएको अज्ञात रोगबाट खोटाङको छितापोखरीस्थित जनसेवा माविका पाँच दर्जन बिद्यार्थी बिरामी परेका छन् । ज्वरो आउने खोकी लाग्नेजस्ता लक्षण देखा परेको रोगबाट बिद्यालयका ६० जना बिद्यार्थी बिरामी परेका हुन् । पहिचान हुन नसकेको रोगकाकारण साचालन भइरहेको बार्षिक परिक्षा समेत प्रभाबित भएको छ । बिरामी परेका १० जना बिद्यार्थी भने परिक्षामा सामेल हुन नसकेको बिद्यालयका शिक्षक पदम खड्काले बताउनु भयो । बिद्यालयकाअनुशार १५ देखि २० वर्ष उमेर समुहका बिद्यार्थी बढि प्रभाबित भएको छ । गम्भीर प्रकृतिका बिरामीको थप उपचारकालागि जिल्ला अस्पताल दिक्तेलमा ल्याउने तयारी भइरहेको छ । स्थानीय स्वास्थ्यसंस्थामा अहेव नहुदा बिरामी बिद्यार्थीको उपचार हुन नसकेको स्थानीय रमेश बिष्फोटले जानकारी दिनु भयो ।