Friday, February 5, 2010

बन्दकर्ताद्धारा पाँच दिनपछि जयरामघाट-दिक्तेल सडक बन्द फिर्ता

दमन राई/खोटाङ
माघ-२२ बन्दकर्ताले पाँच दिनपछि खोटाङको जयरामघाट-दिक्तेल सडक बन्द फिर्ता लिएका छन् । जयरामघाटका बन्दकर्ता र यातायात व्यवसायी संघ खोटाङका प्रतिनिधिवीच आउदो एक गतेसम्ममा बार्ताका माध्यायमबाट समस्यको निकास निकाल्ने सहमती भएपछि बन्द यातायात खुलेको हो । बन्द फिर्ता लिइएपछि जयरामबाट सामान ढुवानी शुरु भएको छ ।

सिन्डीकेटको माग गर्दै १६ गतेदेखि जयरामघाटका यातायात व्यवसायीले यातायात बन्द गरेका थिए । यातायात व्यवसायी संघ खोटाङले अवरुद्ध जयरामघाट-दिक्तेल सडक खुलाउनकालागि बन्दकर्तालाई छलफलका माध्यायमबाट निकास निकाल्नकालागि बुधबार पत्र पठाएको थियो ।

उनीहरुको सडक बन्दले १६ गतेदेखि जयरामघाटबाट दिक्तेलमा कुनै पनि समान ढुवानी हुन सकेको थिएन । खोटाङ उद्योग बाणिज्य संघ र यातायात व्यवसायी संघले सिन्डीकेट प्रणालीको बिरोध गर्दै आएको छ ।

No comments:

Post a Comment