पुस-२९/संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आज आह्वान गरेको बन्दले पूर्वााचलको जनजीवन प्रभावित बनेको छ । जनमोर्चाले संघीयताको बिरोधमा गरेको बन्दले पुवी जिल्ला सुनसरी मोरङ झापा धनकुटा तेर् हथुम भोजपुर उदयपुरलगायतका जनजीवन प्रभावित भएको हो । बन्दले आज बिहानैदेखि पुर्वी जिल्लाका बजार पसल यातायात कलकारखाना ठप्प भएका छन् । आज उदयपुरको सदरमुकाम गाईघाटमा बन्द आह्वानकर्ता र बन्द विरोधीबीच सामान्य झडप भएको छ । दुई पक्षबीच झडप हुन नदिन प्रहरी परिचालन गरिएको सहकर्मी उजुर राईले जनाएका छन् । यसैबीच बन्द आह्वान गर्दै हिँडेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले बिहान विराटनगरबाट पक्रेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
Thursday, January 14, 2010
उद्योग बाणिज्य संघ खोटाङद्धारा अर्थ बाणिज्य पत्रकारिता पुरस्कारको घोषणा
पुस-२९/उद्योग बाणिज्य खोटाङले अर्थ बाणिज्य पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बाणिज्य संघको कार्यलयमा पत्रकार भेटघाट गरी संघले पाच हजार राशीको पुरस्कार घोषणा गरेको हो । गएको बैसाखदेखि आगामी फागुन मसान्तसम्ममा जिल्लाका पत्रकारहरुले प्रकाशन/प्रशारण गरेका अर्थ र बाणिज्यसम्बन्धी समाचारका आधारमा पुरस्कार प्रदान गरिने छ । जिल्लाको पत्रकारिता पेशालाई व्यवस्थीत र व्यवसायीक बनाउनकालागि पत्रकारिता पुरस्कार घोषाणा गरेको उद्योग बाणिज्य संघका अध्यक्षँ खुसनारायण शैजुले जानकारी दिनु भयो । हरेक बर्ष दिने पत्रकारिता पुरस्कार सुचना तथा प्रकाशन समितिले छनौट गरी पुरस्कार प्रदान गर्ने छ । कार्यक्रममा उद्योग बाणिज्यसंघ तथा जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको सहकर्मी रकेट राईले जनाएका छन् ।
अर्खौलेमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
पुस-२९, जिल्ला बिकास समिति खोटाङले अर्खौलेमा ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सकेको छ । जिल्ला बिकास समितिले ईलाका नम्बर ५ र ८ को संयुक्त योजना तर्जुमा गोष्ठीकासाथै सार्वजनिक सुनुवाई कायक्रम सकेको हॊ । गोष्ठीले सडकलाई प्रमुख योजनाकारुपमा छनौट गरेको छ । यस्तै सिचाई खानेपानीलगायतका योजनालाई पनि प्रमुख योजनाकारुपमा छनौट गरेको छ ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा ईलाका पशु सेवा केन्द्रबाट औषधि नपाएको कृषि सेवा केन्द्रबाट समयमा मल बीउ नपाएको खोटाङको पश्चिमी क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी राहतको माग गर्नु पर्ने गुनासो उठेका थिए । कार्यक्रममा उपस्थित हुन भएका नेकपा माओवादीका धर्मराज राई कांग्रेसका कुलदीप राई एमालेका उदयबहादुर कार्की र नेकपा एकीकृतका कुमार राईगायतले उठेका जनगुनासोलाई सम्बन्धीत निकायमा पुर् याउने प्रतिबद्धता गर्नु भएको छ । कार्यक्रममा कृषि सेवा केन्द्र हलेसीका प्रमुखबाहेक अन्य ईलाका कार्यलयका प्रतिनिधिहरुको उपस्थिति नरहेको हाम्रा सहकर्मी गोविन्द कटुवालले जनाएका छन् । कार्यक्रको सहजीकरण जिल्ला बिकास समितका कार्यक्रम अधिकृत रबिकिरण आचार्य र नायव सुव्वा नाराण खवासले गर्नु भएको थियो ।
तावाखोला लधु जलविद्युत आयोजना दोस्रोको डिटेल सर्वेक्षण
पुस-२९, खोटाङ तावाखोला लधु जलविद्युत उपभोक्ता संस्था दोस्रो मात्तिमको डिटेल सर्वेक्षण सर्वे सकिएको छ । एक सय ५० उपभोक्ता रहेको संस्थाको बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ईसापको २३ लाख २५ हजार र उपभोक्ताको २७ लाखको लागतमा बिद्युत पुरा हुने उपभोक्ता समितिले जनाएको छ । १८ किलोवाट क्षमता उत्पादन हुने विद्युतको २७ गतेदेखि सर्वे शुरु भएको सचिव अमृत खड्काले जानकारी दिनु भयो । नर्थ ईन्जीनियरिङ काठामाडौंका ईन्जीनयर कृष्ण शर्माले संस्थाको सर्वे गर्नु भएको सहकर्मी पर्शु धिमालले जनाएका छन् ।
ओखलढुङगामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
Monday, January 11, 2010
राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरेकोमा किरात जनवादी वर्कसको ध्यनाकर्षण
दमन राई/खोटाङ
पुस-,२७ राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरेकोमा किरात जनवादी वर्कसको गम्भीर ध्यनाकर्षण भएको जनाएको छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चाको संघीयताबिरुद्धको गतिबिधिप्रति वर्कसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वर्कसका केन्द्रीय सदस्य तथा प्रबक्ता आदिमले आज दिउसो टेलिफोन सम्पर्क गरी राष्ट्रिय जनमोर्चाको संघीयताको बिरोधले देश र देशवासी कसैको हित नगर्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले आफ्नो संघीयताको विरोधलाई नसच्याए किरात गणराज्यभित्रबाट विस्थापित गराउने वर्कसका केन्द्रीय सदस्य तथा प्रबक्ता आदिमले चेतावनी दिनु भयो ।
मल ल्याउने प्रतिबद्धता गरेको हप्ता दिन बितिसक्दा पनि खोटाङमा मल आएन
दमन राई/खोटाङ
पुस-२६, मल ल्याउने प्रतिबद्धता गरेको हप्ता दिन बितिसक्दा पनि खोटाङमा मल आएका छैनन् । जिल्लामा १५ दिनभित्र मल ल्याउने प्रतिवद्धता गरेको हप्ता दिन वितिसक्दा पनि मल नहाएका हुन् । जिल्लाका राजनितिक दल प्रशासन जिल्ला विकास समिति शिक्षा कृषि स्वास्थ्य तथा मालपोतगरी छ वटा कार्यलयले १५ दिनभित्र मल ल्याउने प्रतिबद्धता गरेको मिति नाघिसकेपनि जिल्लामा मल आइपुगेका छैनन् । गएको मंसिर ४ गते दिक्तेलमा भएको गुनस्तरिय विकास योजना र प्रभावकारि सार्वजानिक सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यी कार्यालयहरुले १५ दिनभित्र जिल्लामा रासायनीक मल ल्याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । ४ गते गरिएको।प्रतिवद्धताअनुशार गत १९ गते नै जिल्लामा मल आईपुग्नु पर्ने थियो । तर प्रतिबद्धता गरिएको हप्ता दिन वितिसक्दा पनि खोटाङमा मल ल्याइएको छैन ।
मल केही हप्तामै जिल्लामा आईपुग्ने जिल्ला कृषि बिकास कार्यलयमका प्रमुख श्यामप्रसाद घिमिरेले बताउनु भएको छ । बन्द भौगोलिक बिकटतालगायतका विविध मन्त्रालयको नितीगत समस्यले पनि समयमा मल ल्याउन नसकिएको कार्यलय प्रमुख घिमिरेले बताउनु भयो । बिराटनगरबाट ठेकेदारमार्फत मल ढुवानी शुरु भएकोले केही दिनमै मल आई पुग्ने उहाको भनाई छ ।

