Monday, March 29, 2010

खोटाङका दर्जनौं खोलाहरुमा माछा हराउँदै

दमन राई/खोटाङ
चैत्र-१५/बिष तथा करेन्ट लगाएर माछा मार्न थालिएपछि खोटाङका दर्जनौं खोलाहरुमा माछा हराउदै गएका छन् । माछा मार्न जथाभावी करेन्ट तथा बिषको प्रयोग बढेपछि जिल्लाको सावा रावा तावा टुवा साप्सु मेवा दिखुवालगायतका दर्जनौं खोलाहरुमा माछा हराउदै गएको हुन् । अघिल्ला वर्षहरुमा प्रशस्त माछा पाईने यी खोलाहरुमा हिजो आज माछा पाउन छाडिएको दिप्सुङका टेकबहादु राईले बताउनु भयो ।
जथाभावी खोलामा बिष तथा करेन्ट लगाइएपछि माछा माछाका भुरा यसका आहारा र अन्य जलचर समेत नाश भएका छन् ।स्थानीयवासीहरुले खोलाको माछा मार्न करेन्ट बिष किटनाशक औषधि हाल्ने बल्छी जाल थाप्ने गरेका छन् । यसवाहेक बबिस टिम्मुर चुवा एक जातको रुखको बोक्रालाई समेत बिषकोरुपमा प्रयोग गर्ने गरिएको छ । खोलामा जथाभावी माछा मार्न प्रतिबन्ध लगाइएपनि माछा मार्नेक्रम नरोकिएको माछा संरक्षण समितिले जनाएको छ ।

No comments:

Post a Comment